default_image

4 years ago

March 26, 2021

भारतमाथि इंग्ल्यान्डको सानदार जित

195 views

0 Bookmark

एजेन्सी – ओपनर जोनी बेयरस्टोको शतक र बेन स्टोक्सको विष्फोटक ब्याटिङको सहयोगमा इंग्ल्यान्डले दोस्रो ओडिआई खेलमा भारतलाई ६ विकेटले पराजित गरेको छ । इंग्ल्यान्डको यो जितसँगै तीन ओडिआई खेलको सिरिज १–१ को बराबरी अवस्थामा पुगेको छ ।

जितको लागि ३ सय ३७ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले ४३.३ ओभरमा ४ विकेट गुमाउँदै सहजै पूरा गर्यो । इंग्ल्यान्डको जितमा जोनी बेयरस्टोले १ सय १२ बलमा ११ चौका र ७ छक्का सहित १ सय २४ रनको उत्कृष्ट शतकीय इनिङ खेले । बेन स्टोक्स ५२ बलमा ४ चौका र १० छक्का सहित ९९ रनमा क्याच आउट भए ।

बेयरस्टोले ९५ बलमा आफ्नो ओडिआई करिअरको ११ औं शतक पूरा गरेका थिए । दोस्रो विकेटका लागि स्टोक्स र जोनी बेयरस्टोले १ सय १७ बलमा १ सय ७५ रनको उत्कृष्ट साझेदारी गरेपछि इंग्ल्यान्डले सहज जित हात पारेको हो । भुवनेश्वर कुमारको ३६ औं ओभरको दोस्रो बलमा स्टोक्स विकेटकिपर ऋषभ पन्तबाट क्याच आउट हुन पुगेपछि शतक बनाउन एक रनले चुकेका थिए ।

ओपनर जेसन रोय र बेयस्टोले पहिलो विकेटका लागि १६.३ ओभरमा १ सय १० रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । रोय रन आउट हुनुअघि ५२ बलमा ७ चौका र १ छक्का सहित ५५ रनको योगदान दिए । जस बटलर शून्यमा बोल्ड आउट भए । जोनी बेयरस्टोलाई ३७ औं ओभरको पहिलो बलमा प्रसिद्ध कृष्णाले विराट कोहलीबाट क्याच आउट गराएका थिए ।

डेब्यू खेल खेलेका लियाम लिभिङस्टोन २१ बलमा १ चौका र २ छक्का सहित २७ रनमा अविजित रहे । डेविड मलान १६ रनमा अविजित रहे । भारतका प्रसिद्ध कृष्णाले २ र भुवनेश्वर कुमारले १ विकेट लिए ।

त्यसअघि महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियम पुणेमा टस हारेर ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ३६ रन बनाएको थियो । भारतका लोकेश राहुलले १ सय १४ बलमा ७ चौका र २ छक्का सहित १ सय ८ रनको शतकीय इनिङ खेले । राहुलको यो ओडिआई करिअरको पाँचौं शतक हो । ऋषभ पन्त ४० बलमा ३ चौका र ७ छक्का सहित ७७ रनमा आउट भए ।

तीव्र गतिका बलर रिसी टोपलीले चौथो ओभरको पाँचौं बलमा शिखर धवनलाई बेन स्टोक्सबाट ४ रनमा क्याच आउट गराएका थिए । युवा तीव्र गतिका बलर साम करणले नवौं ओभरको चौथो बलमा रोहित शर्मालाई आदिल राशिदबाट २५ रनमा क्याच गराउँदै दोस्रो सफलता दिलाए । रोहितले २५ बलमा ५ चौका प्रहार गरे ।

तेस्रो विकेटका लागि लोकेश राहुल र विराट कोहलीले १ सय ४१ बलमा १ सय २१ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । ३२ औं ओभरको अन्तिम बलमा आदिल राशिदले कोहलीलाई विकेटकिपर जस बटलरबाट ६६ रनामा कट विहाइन्ड क्याच गराउँदै साझेदारी तोडेका थिए । कोहलीले ७९ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

चौथो विकेटका लागि राहुल र पन्तले ८० बलमा १ सय १३ रनको उत्कृष्ट साझेदारी गरे । तल्लोक्रममा हार्दिक पान्ड्या १६ बलमा १ चौका र ४ छक्का सहित ३५ रनमा आउट भए । इंग्ल्यान्डका टम करण र रिसी टोपलीले २–२ विकेट लिए । साम करणको नाममा १ विकेट रह्यो । पहिलो खेलमा भारत ६६ रनले विजयी भएको थियो । तेस्रो तथा अन्तिम खेल आइतबार हुने छ ।

May 1, 2025

राजस्थानलाई प्रतिस्पर्धात्मक चुनौती

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ। राजस्थानले टस जित्दै फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा २ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो । मुम्बईले राम्रो सुरुवात गर्यो । ओपनर रायन रिकल्टन र रोहित शर्माले शतकीय […]

May 1, 2025

राजस्थानले टस जित्यो

एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ५० औं खेलमा टस जितेको छ। मुम्बई इन्डियन्ससँगको खेलमा टस जितेर राजस्थानले फिल्डिङ रोजेको छ। मुम्बई अंक तालिकाको तेस्रो र राजस्थान आठौं स्थानमा छ।

May 1, 2025

पुलिस र आर्मी फाइनल खेल्ने

विराटनगर (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब विराटनगरमा जारी मनमोहन (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।  पुलिसले उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ। पुलिसले भारतको आसाम क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। विराटनगरको बैजनाथपुर स्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा पुलिसले १ सय ५५ रनको लक्ष्य २८ ओभरमा पछ्याउनु पर्ने […]

Success

Thank you for your time.