4 years ago
March 26, 2021
एजेन्सी – मध्यक्रमका विकेटकिपर ब्याट्सम्यान लोकेश राहुलको शतककोे सहयोगमा भारतले दोस्रो ओडिआई खेलमा इंग्ल्यान्डलाई ३ सय ३७ रनको विशाल लक्ष्य दिएको छ ।
महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियम पुणेमा टस हारेर ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ३६ रन बनायो । भारतका लोकेश राहुलले १ सय १४ बलमा ७ चौका र २ छक्का सहित १ सय ८ रनको शतकीय इनिङ खेले । राहुलको यो ओडिआई करिअरको पाँचौं शतक हो । ऋषभ पन्त ४० बलमा ३ चौका र ७ छक्का सहित ७७ रनमा आउट भए ।
तीव्र गतिका बलर रिसी टोपलीले चौथो ओभरको पाँचौं बलमा शिखर धवनलाई बेन स्टोक्सबाट ४ रनमा क्याच आउट गराएका थिए । युवा तीव्र गतिका बलर साम करणले नवौं ओभरको चौथो बलमा रोहित शर्मालाई आदिल राशिदबाट २५ रनमा क्याच गराउँदै दोस्रो सफलता दिलाए । रोहितले २५ बलमा ५ चौका प्रहार गरे ।
तेस्रो विकेटका लागि लोकेश राहुल र विराट कोहलीले १ सय ४१ बलमा १ सय २१ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । ३२ औं ओभरको अन्तिम बलमा आदिल राशिदले कोहलीलाई विकेटकिपर जस बटलरबाट ६६ रनामा कट विहाइन्ड क्याच गराउँदै साझेदारी तोडेका थिए । कोहलीले ७९ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।
चौथो विकेटका लागि राहुल र पन्तले ८० बलमा १ सय १३ रनको उत्कृष्ट साझेदारी गरे । तल्लोक्रममा हार्दिक पान्ड्या १६ बलमा १ चौका र ४ छक्का सहित ३५ रनमा आउट भए । इंग्ल्यान्डका टम करण र रिसी टोपलीले २–२ विकेट लिए । साम करणको नाममा १ विकेट रह्यो ।
May 1, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ। राजस्थानले टस जित्दै फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा २ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो । मुम्बईले राम्रो सुरुवात गर्यो । ओपनर रायन रिकल्टन र रोहित शर्माले शतकीय […]
May 1, 2025
एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ५० औं खेलमा टस जितेको छ। मुम्बई इन्डियन्ससँगको खेलमा टस जितेर राजस्थानले फिल्डिङ रोजेको छ। मुम्बई अंक तालिकाको तेस्रो र राजस्थान आठौं स्थानमा छ।
May 1, 2025
विराटनगर (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब विराटनगरमा जारी मनमोहन (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ। पुलिसले उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ। पुलिसले भारतको आसाम क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। विराटनगरको बैजनाथपुर स्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा पुलिसले १ सय ५५ रनको लक्ष्य २८ ओभरमा पछ्याउनु पर्ने […]