default_image

4 years ago

March 26, 2021

बंगलादेशमाथि न्युजिल्यान्डको क्लिनस्विप

112 views

0 Bookmark

एजेन्सी – न्युजिल्यान्डले बंगलादेशविरुद्ध तीन ओडिआई खेलको सिरिजमा क्लिनस्विप गरेको छ । तेस्रो तथा अन्तिम खेलमा शुक्रबार १ सय ६४ रनको फराकिलो अन्तरले पराजित गर्दै न्युजिल्यान्डले क्लिनस्विप गरेको हो ।

जितको लागि ३ सय १९ रनको विशाल विजयी लक्ष्य पछ्याएको बंगलादेश ४२.४ ओभरमा १ सय ५४ रनमा अल आउट भयो । बंगलादेशका मध्यक्रमका ब्याट्सम्यान महमुदूल्लाहले ७३ बलमा ६ चौका र ४ छक्का सहित सर्वाधिक ७६ रनमा अविजित रहे । अन्य ब्याट्सम्यानको प्रदर्शन राम्रो हुन सकेन । लिटन दास र मुश्फिकुर रहिम २१–२१ रनमा आउट भए । न्युजिल्यान्डका तीव्र गतिको बलिङ आक्रामण सामू बंगलादेशका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । न्युजिल्यान्डका तीव्र गतिका बलर म्याट हेनरीले १० ओभरमा २ मेडन सहित २७ रन खर्चेर ४ विकेट लिए । अर्का मध्य गतिका बलर जेम्श निसमले ७.४ ओभरमा १ मेडन सहित २७ रन खर्चेर ५ विकेट लिए । काईल जामिसनको नाममा १ विकेट रह्यो ।

त्यसअघि वेलिंग्टनमा जितेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय १८ रन बनाएको थियो । न्युजिल्यान्डका देभन कन्वेले १ सय १० बलमा १७ चौका सहित १ सय २६ रनको उत्कृष्ट शतकीय इनिङ खेले । डर्याल मिचेल ९२ बलमा ९ चौका र २ छक्का सहित १ सय रनमा अविजित रहे । यी दुबै ब्याट्सम्यानको ओडिआई करिअरमा पहिलो शतक प्रहार गरेका हुन् । कन्वेले ४३ औं ओभरको पाँचौं बलमा तस्किन अहमदलाई चौका प्रहार गर्दै ९५ बलमा करिअरको पहिलो ओडिआई शतक प्रहार गरेका थिए । मिचेलले इनिङको अन्तिम बलमा दुई रन बटुल्दै शतक पूरा गरेका थिए ।

पाँचौं विकेटका लागि कन्वे र मिचेलले १ सय ४७ बलमा १ सय ५९ रनको साझेदारी गर्दै विशाल योगफलमा पुर्याएका थिए । ओपनर माटिन गुप्टिल २६, हेनरी निकोल्स र कप्तान टम लाथम १८–१८ रनमा आउट भए । बंगलादेशका रुबेल होसेनले सर्वाधिक ३ विकेट लिए । सौम्य सरकार, तस्किन अहमद र मुस्ताफिजुर रहमानले १–१ विकेट लिए । ‘प्लेयर अफ द म्याच र सिरिज’ दुबै देभन कन्वे चुनिएका छन् । पहिलो खेलमा न्युजिल्यान्ड ८ विकेट र दोस्रो खेलमा ५ विकेटले विजयी भएको थियो । बंगलादेश र न्युजिल्यान्डबीच थप तीन टि२० आई सिरिज हुने छ । पहिलो खेल आइतबार हुने छ ।

May 1, 2025

राजस्थानलाई प्रतिस्पर्धात्मक चुनौती

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ। राजस्थानले टस जित्दै फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा २ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो । मुम्बईले राम्रो सुरुवात गर्यो । ओपनर रायन रिकल्टन र रोहित शर्माले शतकीय […]

May 1, 2025

राजस्थानले टस जित्यो

एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ५० औं खेलमा टस जितेको छ। मुम्बई इन्डियन्ससँगको खेलमा टस जितेर राजस्थानले फिल्डिङ रोजेको छ। मुम्बई अंक तालिकाको तेस्रो र राजस्थान आठौं स्थानमा छ।

May 1, 2025

पुलिस र आर्मी फाइनल खेल्ने

विराटनगर (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब विराटनगरमा जारी मनमोहन (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।  पुलिसले उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ। पुलिसले भारतको आसाम क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। विराटनगरको बैजनाथपुर स्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा पुलिसले १ सय ५५ रनको लक्ष्य २८ ओभरमा पछ्याउनु पर्ने […]

Success

Thank you for your time.