4 years ago
March 26, 2021
एजेन्सी – श्रीलंका र वेस्टइन्डिजबीचको पहिलो टेष्ट खेल बराबरीमा सकिएको छ । जितको लागि ३ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज दोस्रो इनिङमा ४ विकेट गुमाउँदै २ सय ३६ रन बनाउँदा पाँचौ दिनको खेल सकिएसँगै खेल बराबरीमा सकिएको थियो ।
वेस्टइन्डिजका नक्रुमाह बोनर २ सय ७४ बलमा १३ चौका र १ छक्का सहित १ सय १३ रनमा अविजित रहे । उनको यो टेष्ट करिअरको पहिलो शतक हो । काईल मेयर्स ५२, क्रेग ब्रेथवेट २३ रनमा आउट हुँदा जेसन होल्डर १८ रनमा अविजित रहे । श्रीलंका विश्व फर्नांन्डो र लासिथ एम्बुल्डेनिया २–२ विकेट लिए ।
पहिलो इनिङमा १ सय २ रनले पछि परेको श्रीलंकाले दोस्रो इनिङमा उत्कृष्ट ब्याटिङका साथ ४ सय ७६ रनमा अल आउट भएको थियो । श्रीलंका पाथुम निसान्काले डेब्यू खेलमा २ सय ५२ बलमा ६ चौका सहित १ सय ३ रनको शतकीय इनिङ खेलेका थिए । त्यस्तै निरोशन डिक्वेला १ सय ६३ बलमा ८ चौका सहित ९६ रनमा आउट भए ।
शीर्षक्रमका ओशादा फर्नान्डो १ सय ४९ बलमा ११ चौका सहित ९१ रनमा आउट भए । लाहिरु थिरिमाने ७६ र धनन्जय डी शिल्भा ५० रनमा आउट भए । वेस्टइन्डिजका रहकिम कर्नवाल र केमार रोचले ३–३ विकेट लिए । काईल मेयर्सको नाममा २ विकेट रह्यो ।
पहिलो इनिङमा वेस्टइन्डिज २ सय ७१ रनमा अल आउट भएको थियो । रहकिम कर्नवालले सर्वाधिक ६१ रनको योगदान दिए । जोशुवा डि शिल्भा ४६, काईल मेयर्स ४५ र जोन क्याम्पवेल ४२ रनमा आउट भए । श्रीलंका सुरगां लकमले सर्वाधिक ५ विकेट लिए । श्रीलंका पहिलो इनिङमा १ सय ६९ रनमा अल आउट भएको थियो ।
श्रीलंका ओपनर लाहिरु थिरिमानेले ७० र निरोशन डिक्वेलाले ३२ रन बनाउन बाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । वेस्टइन्डिजका जेसन होल्डरले ५ र केमार रोचले ३ विकेट लिए । दुई टेष्ट सिरिजको दोस्रो खेल सोमबारबाट सुरु हुने छ ।
April 20, 2025
एजेन्सी- रोहित शर्मा र सूर्य कुमार यादवको सानदार साझेदारीमा मुम्बई इण्डियन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सलाई ९ विकेटको फराकिलो अन्तरमा हराएको छ। जितको लागि १ सय ७७ रनको चुनौति पछाएको मुम्बईले १५.४ ओभरमा १ विकेटको नोक्सानीमा लक्ष्य पुरा गर्दै रवाफिलो जित निकाल्यो। ओपनर रायन रिकेल्टन २४ रमा रविन्द्र जडेजाको बलमा आउट भए। […]
April 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सले मुम्बई इण्डियन्सलाई जितको लागि १ सय ७७ रनको चुनौति दिएको छ। वाङखेडे स्टेडियममा मुम्बईले टस जित्यो र फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७६ रन बनायो। पहिलो क्रमका तीन ब्याटर क्रिजमा जम्न टिक्न सकेनन्। ओपनर रचिन रविन्द्र ५ […]
April 20, 2025
एजेन्सी – मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्ससँगको खेलमा टस जितेको छ।मुम्बईले टस जितेर फिल्डिङ रोजेको छ। आइपिएलका दुई सफल टोलीको यस पटकको प्रदर्शन भने सन्तोषजनक छैन। ४ अंकसहित मुम्बई सातौं र चेन्नई नवौ स्थानमा छ।