default_image

4 years ago

March 26, 2021

मोर्गनले बाँकी खेल गुमाउने

88 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डका कप्तान ओईन मोर्गनले भारतविरुद्ध तीन ओडिआई सिरिज अन्तर्गत बाँकी दुई खेल गुमाउने भएका छन् । इंग्ल्यान्ड क्रिकेट बोर्डले मोर्गनले बाँकी खेल गुमाउने पुष्टि गरेको छ ।

मोर्गनको पहिलो खेलमा फिल्डिङको क्रममा दायाँ हातको बुढी र माईली औंलामा चोट लागेको थियो । मोर्गनले गुमाउने भएपछि इंग्ल्यान्डको कप्तानी विकेटकिपर जस बटलरले गर्ने छन् । साम विलिंग्सले दोस्रो खेल गुमाउने निश्चित भएको छ । विलिंग्स अन्तिम खेलमा उपलब्ध हुन सक्ने इंल्यान्डले आशा राखेको छ । विलिंग्सको पहिलो खेलमा फिल्डिङ गर्नेक्रममा काँधमा चोट लागेको थियो ।


मोर्गन बाहिरिदा इंग्ल्यान्डको टोलीमा लिभिङस्टोनले डेब्यू पाउने पक्का भएको छ । त्यस्तै भारतीय टोलीका मध्यक्रमका ब्याट्सम्यान श्रेयस ऐरपनि काँधमा चोटका कारण टोलीबाट बाहिरि सकेका छन् । तीन ओडिआई सिरिजमा भारतले १–० को अग्रता लिएको छ । दोस्रो खेल शुक्रबार हुने छ । तेस्रो खेल आइतबार हुने छ । उत्कृष्ट सुरुवातको बाबजुद इंग्ल्यान्ड पहिलो खेलमा भारतसँग ६६ रनले पराजित भएको थियो । इंग्ल्यान्ड दोस्रो खेलमा जितका साथ सिरिज बराबर गर्ने सोचमा हुने छ । भारत एक खेल अगावै सिरिज जित्ने रणनीतिका साथ मैदान उत्रने छ ।

April 26, 2025

पन्जाबले टस जित्यो

एजेन्सी – पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज कोलकाता नाइट राइडर्सलविरुद्धको खेलमा टस जितेको छ। पन्जाबले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको‌ छ। ८ खेलमा १० अंकसहित पन्जाब पाँचौं र ६ अंकका साथ कोलकाता सातौं स्थानमा छ।

April 25, 2025

हैदराबादसँग चेन्नईको‌ हार

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रवारको‌ नतिजाअघि पुछारका दुई टोलीको भिडन्तमा सनराइजर्स हैदरबादले चेन्नई सुपर किङ्सलेलाई ५ विकेटले हराएको छ। जितको लागि १ सय ५५ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरको ८ बल बाँकी रहँदै विजय प्राप्त गर्यो। टोलीका ब्याटरले सामूहिक प्रदर्शन गरे । इशान किसनलले टोलीका लागि ३४ बलमा ५ चौका र […]

April 25, 2025

सनराइजर्स हैदरबादलाई सामान्य लक्ष्य

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सले सनराइजर्स हैदरबादलाई जितको लागि १ सय ५५ रनको लक्ष्य दिएको छ। सनराइजर्सले टस जितेर चेन्नईलाई ब्याटिङको लागि उतार्यो। चेन्नईले १९ .५ ओभरमा सम्पुर्ण विकेट गुमाउँदै १ सय ५४ रन बनायो। चेन्नईले निराशाजनक ब्याटिङ प्रदर्शन गर्यो। पहिलो पावर प्लेमा ५० रन बनाउँदा ३ विकेट गुमाइसकेको थियो। […]

Success

Thank you for your time.