4 years ago
March 26, 2021
एजेन्सी – शीर्षक्रमका देभन कन्वे र तल्लोक्रमका ब्याट्सम्यान डर्याल मिचेलको शतकमा न्युजिल्यान्डले तेस्रो ओडिआई खेलमा बंगलादेशलाई ३ सय १९ रनको विशाल लक्ष्य दिएको छ ।
वेलिंग्टनमा जितेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय १८ रन बनायो ।कन्वेले १ सय १० बलमा १७ चौका सहित १ सय २६ रनको उत्कृष्ट शतकीय इनिङ खेले । डर्याल मिचेल ९२ बलमा ९ चौका र २ छक्का सहित १ सय रनमा अविजित रहे । यी दुबै ब्याट्सम्यानको ओडिआई करिअरमा पहिलो शतक प्रहार गरेका हुन् ।
कन्वेले ४३ औं ओभरको पाँचौं बलमा तस्किन अहमदलाई चौका प्रहार गर्दै ९५ बलमा करिअरको पहिलो ओडिआई शतक प्रहार गरेका थिए । मिचेलले इनिङको अन्तिम बलमा दुई रन बटुल्दै शतक पूरा गरेका थिए । पाँचौं विकेटका लागि कन्वे र मिचेलले १ सय ४७ बलमा १ सय ५९ रनको साझेदारी गर्दै विशाल योगफलमा पुर्याएका थिए । ओपनर माटिन गुप्टिल २६, हेनरी निकोल्स र कप्तान टम लाथम १८–१८ रनमा आउट भए ।
बंगलादेशका रुबेल होसेनले सर्वाधिक ३ विकेट लिए । सौम्य सरकार, तस्किन अहमद र मुस्ताफिजुर रहमानले १–१ विकेट लिए ।
April 26, 2025
जेन्सी – ओपनर प्रियांस एय्यर र प्रभश्रीमन सिंहको अर्धशतकको मद्दतमा पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) कोलकाता नाइट राइडर्सलाई २ सय २ रनको लक्ष्य दिएको छ। टस जितेर पन्जाबले ब्याटिङ रोजेको थियो। प्रियांसले ६९ र प्रभश्रीमनले सर्वाधिक ८३ रन बनाए । पन्जाब ले ४ विकेटको नोक्सानीमा २ सय १ रन बनाएको छ।
April 26, 2025
एजेन्सी – पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज कोलकाता नाइट राइडर्सलविरुद्धको खेलमा टस जितेको छ। पन्जाबले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। ८ खेलमा १० अंकसहित पन्जाब पाँचौं र ६ अंकका साथ कोलकाता सातौं स्थानमा छ।
April 25, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रवारको नतिजाअघि पुछारका दुई टोलीको भिडन्तमा सनराइजर्स हैदरबादले चेन्नई सुपर किङ्सलेलाई ५ विकेटले हराएको छ। जितको लागि १ सय ५५ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरको ८ बल बाँकी रहँदै विजय प्राप्त गर्यो। टोलीका ब्याटरले सामूहिक प्रदर्शन गरे । इशान किसनलले टोलीका लागि ३४ बलमा ५ चौका र […]