4 years ago
March 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – आक्रामक ब्याट्सम्यान सिद्धान्त लोहनीले सप्तरी प्रिमियर लिगमा बोदे बर्साईन थन्डर्सबाट तिलाठी कोईलाडीविरुद्ध उत्कृष्ट शतक प्रहार गरेका छन् ।
सप्तरीमा टस जितेर पहिला ब्याटिङ थालेको बोदेले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८५ रन बनाएको थियो । बोदेका कप्तान समेत रहेका सिद्धान्त लोहनी ४९ बलमा १२ चौका र ६ छक्का सहित १ सय रनमा अविजित रहे । अभिनाश कर्ण १०, राहुल मण्डल १७, योगेन्द्रसिंह कार्की १५, नारायण जोशी १९ र विशाल शुश्लिङ १४ रनमा आउट भए । तिलाठीका आदिल अन्सारी, चित्र बहादुर विष्टले २-२ विकेट लिए । दीपेन्द्रसिंह ऐरी र राशिद खानले १-१ विकेट लिए । तिलाठीको कप्तानी दीपेन्द्रले गरेका छन् ।
यसअघि बुधबार युवा विकेटकिपर अनिल कुमार शाहले बजाज खडक वारियर्सबाट रुपनी राईडर्सविरुद्ध ६४ बलमा १२ चौका र ७ छक्का सहित १ सय १३ रनको शतकीय इनिङ खेलेका थिए । मंगलबार अनिलले बोदे बर्साईन् थन्डर्सविरुद्ध अनिलले ५० बलमा ७ चौका र ८ छक्का सहित १ सय रनमा अविजित थिए ।
बुधबार सम्म समान तिन खेलमा दुई जित र एक हार बेहोरेका बजाज खडक वारियर्स, रुपनी राईडर्स र तिलाठी कोईलाडी क्रमशः पहिलो, दोश्रो र तेश्रो स्थानमा रहेका छन् । एक जित हात पारेको टिभीएस किंग्स चौथो र जितविहिन बोदे बर्साईन थन्डर्स पाँचौ स्थानमा छ ।
April 21, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज शीर्षस्थानमा रहेको गुजरात टाइटन्सले छैटौं जित निकालेको छ। कोलकाता नाइट राइडर्सलाई ३९ रनले हराउँदै गुजरातले १२ अंक बनायो। जितको लागि १ सय ९९ रनको चुनौति पछाएको कोलकाता २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५८ रनमा समेटियो। कोलकाताले पहिलो पावर प्लेमा ४५ रन मात्र जोड्दा २ विकेट […]
April 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कर्पोरेट महिलाहरुको लागि आयोजना गरिने क्रिकेट प्रतियोगिता ‘शी स्ट्राइक्स’ को तेस्रो संस्करण यसै साता हुने भएको छ। ९ वटा कर्पोरेट टोलीहरुको सहभागितामा बैशाख १२ र १३ गतेका सिन्धुली बिपि राजमार्गमा पर्ने मुलकोटस्थित क्वालिटी बिच रिसोर्टमा क्रिकेट हुने सोमवार आयोजक एन इभेन्ट्सले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ। सहभागी टोलीलाई ३ समूहमा विभाजन गरिएको […]
April 21, 2025
एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्सलाई जितको लागि १ सय ९९ रनको चुनौति दिएको छ। टस जितेर कोलकाताले पहिले गुजरातलाई ब्याटिङको लागि मैदानमा उतार्यो। गुजरातले कोलकाताका बलरहरुलाई निरिह बनाउँदै सानदार सुरुवात गर्यो। गुजरातले २० ओभरमा २ विकेट गुमाउँदै १ सय ९८ रन बनायो। ओपनर साइ सुदर्शन र कप्तान शुभमन गीलले […]