default_image

4 years ago

March 25, 2021

सन्दीपले इंग्ल्यान्डको टि२० ब्लास्ट खेल्ने

107 views

0 Bookmark

एजेन्सी – नेपाली लेगस्पिनर सन्दीप लामिछानेले इंग्ल्यान्डको विश्व चर्चित घरेलु टि२० ब्लास्ट क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् ।

इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले आयोजना गर्ने यस चर्चित प्रतियोगिता सन्दीपले वोर्सेस्टरशायर र्यापिड्सबाट खेल्ने वोर्सेस्टरशायर काउन्टी क्रिकेट क्लबले जनाएको छ । टि२० ब्लास्ट २०२१ आगमी जुन ९ देखि १८ सेप्टेम्बर सम्म हुने कार्यक्रम छ ।

सन्दीपले इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ (एक सय बलको खेल) क्रिकेट प्रतियोगितामा ओभल इन्भीनसिभल्सबाट खेल्ने छन् । गतवर्ष ड्राफ्टमा सन्दीपलाई ओभल इन्भिन्सिबल्स १ लाख पाउन्ड (१ करोड ५० लाख नेपाली बराबर) मूल्यमा आबद्ध गरेको थियो । तर कोरोना महामारीको कारण उक्त वर्ष ‘द हन्ड्रेड’ हुन सकेन । उक्त प्रतियोगिता यो वर्ष हुँदैछ ।

सन्दीपले इन्डियन प्रिमियर लिग, बिग ब्यास लिग, क्वारेवियन प्रिमियर लिग, टि२० क्यानडा, अफगानिस्तान प्रिमियर लिग, पाकिस्तान सुपर लिग लगातका विश्व चर्चित टि२० फ्रेन्चाइज लिग खेली सकेका छन् । २०२१ को आइपिएलमा भने सन्दीपलाई कुनैपनि टोलीले अक्सनमा खरिद गरेका थिएनन् ।

April 27, 2025

लखनउलाई मुम्बईको चुनौतीपूर्ण लक्ष्य

एजेन्सी – ओपनर रायन रिकोन्टन र सूर्यकुमार यादवको अर्धशतकमा मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जायन्ट्सलाई २ सय १६ रनको चुनौती पेश गरेको छ। लेखनउले टस जितेर फिल्डिङ रोजेको थियो। मुम्बईले ७ विकेटको नोक्सानीमा २ सय १५ रन बनाएको छ । पछिल्ला खेलमा उत्कृष्ट प्रदर्शन गरिरहेका ओपनर रोहित शर्मा १२ रन बनाएर […]

April 26, 2025

पन्जाबका दुई खेलाडीको अर्धशतक

जेन्सी – ओपनर प्रियांस एय्यर र प्रभश्रीमन सिंहको अर्धशतकको मद्दतमा पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) कोलकाता नाइट राइडर्सलाई‌ २ सय २ रनको लक्ष्य दिएको छ। टस जितेर पन्जाबले ब्याटिङ रोजेको थियो। प्रियांसले ६९ र प्रभश्रीमनले सर्वाधिक ८३ रन बनाए । पन्जाब ले ४ विकेटको नोक्सानीमा २ सय १ रन बनाएको छ।

April 26, 2025

पन्जाबले टस जित्यो

एजेन्सी – पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज कोलकाता नाइट राइडर्सलविरुद्धको खेलमा टस जितेको छ। पन्जाबले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको‌ छ। ८ खेलमा १० अंकसहित पन्जाब पाँचौं र ६ अंकका साथ कोलकाता सातौं स्थानमा छ।

Success

Thank you for your time.