default_image

4 years ago

March 24, 2021

श्रेयसले इंग्ल्यान्डविरुद्ध बाँकी खेल गुमाउने

125 views

0 Bookmark

एजेन्सी – भारतीय क्रिकेट टोलीका मध्यक्रमका युवा ब्याट्सम्यान श्रेयस ऐरले इंग्ल्यान्डविरुद्ध बाँकी दुई खेल गुमाउने भएका छन् । मंगलबार इंल्यान्डविरुद्ध पहिलो खेलमा फिल्डिङको क्रममा ऐरको बायाँ हातको काँधमा चोट लागेको थियो ।

तीव्र गतिका बलर शार्दूल ठाकुरको आठौं ओभरको चौथो बलमा जोनी बेयरस्टोले प्रहार गरेको शट कभरमा रोक्ने क्रममा डाइभ मार्नेक्रममा ऐरको बायाँ काँधमा चोट लागेको थियो । श्रेयस ऐरले अप्रिल ९ देखि सुरु हुने इन्डियन प्रिमियर लिग (आइपिएल) को सुरुवाती खेल गुमाउने उच्च सम्भावना छ । इंग्ल्यान्डसँगको तीन ओडिआई सिरिज अन्तर्गत दोस्रो खेल शुक्रबार र तेस्रो खेल आइतबार हुने छ ।

ऐरको स्थान बाँकी दुई खेलमा सूर्य कुमार यादवले लिने सम्भावना देखिन्छ । मुम्बई इन्डियन्सबाट आइपिएल खेल्ने सूर्यले इंग्ल्यान्डसँग पाँच टि२० आई सिरिज अन्तर्गत चौथो खेलमा डेब्यू गर्दै उत्कृष्ट अर्धशतक प्रहार गरेका थिए । आक्रामक ब्याट्सम्यान सूर्य ओडिआई डेब्यूको प्रतीक्षामा छन् । घरेलु क्रिकेट ऐर र सूर्यले मुम्बईबाट खेल्ने गर्दछन् ।


दिल्लीका कप्तान ऐरले सुरुवाती आइपिएल गुमाएमा ठूलो झट्का लाग्ने छ । ऐर उपलब्ध नभए विकेटकिपर तथा उपकप्तान ऋषभ पन्तले कप्तानी गर्न सक्ने सक्छन् । स्टिभ स्मिथ, अजिंक्या रहाने, शिखर धवन र रविचन्द्रन आश्विन पनि कप्तानको विकल्पमा छन् । आइपिएलमा दिल्लीले पहिलो खेल अप्रिल १० मा चेन्नई सुपर किंग्ससँग खेल्दै सुरुवात गर्ने छ ।

April 27, 2025

आरसिबी शीर्षस्थानमा उक्लियो

एजेन्सी – रोयल च्यालेन्जर्स बैगलुरू (आरसिबी) इण्डियन प्रिमियर लिग (आइपिएल) को शीर्ष स्थानमा उक्लिएको छ। दिल्ली क्यापिटल्सलाई आज ६ विकेटले आरसिबी अंक तालिकाको शीर्षस्थानमा उक्लिएको हो । जितको लागि १ सय ६३ रनको चुनौति आरसिबीले १८.३ ओभरमा ४ विकेटको नोक्सानीमा पूरा गर्यो।‌ आरसिबीले सुरूवात खराब गर्यो। २६ रन मात्र जोड्दा ३ विकेट गुमायो। ओपनर ज्याकब […]

April 27, 2025

आरसिबीलाई दिल्लीको मध्यम लक्ष्य

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज रोयल च्यालेन्जर्स बैंगलुरु‌ (आरसिबी) लाई १ सय ६३ रनको मध्यम लक्ष्य दिएको छ। टस जितेर आरसिबीले फिल्डिङ रोजेको थियो। दिल्लीले ८ विकेटको नोक्सानीमा १ सय ६२ रन बनाएको छ।दिल्लीले खुलेर ब्याटिङ गर्न सकेन । टोलीका लागि केएल राहुलले सर्वाधिक ४१ रन बनाए। ओपनर अभिषेक पोरेलले […]

April 27, 2025

मुम्बई दोस्रो स्थानमा उक्लियो

एजेन्सी – जसप्रति बुमराह र ट्रेन्ट बोल्टले ७ विकेट लिएपछि मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) आज लखनउ सुपर जायन्ट्सलाई ५४ रनले हराएको छ। जितसँगै मुम्बई अंक तालिकाको दोस्रो स्थानमा पुगेको छ।‌२ सय १६ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा सबै विकेट गुमाएर १ सय ६१ रन मात्र बनाउन सक्यो। लखनउका लागि आयुष बोधानीले सर्वाधिक […]

Success

Thank you for your time.