4 years ago
March 24, 2021
एजेन्सी – मंगलबार भारतीय क्रिकेट टोलीका अलराउन्डर क्रुनाल पान्ड्याले इंग्ल्यान्डविरुद्ध ओडिआई क्रिकेटमा डेब्यू गरे । भारतीय क्रिकेट टोलीका प्रमुख अलराउन्डर हार्दिक पान्ड्या दाई क्रुनालले डेब्यू मात्र गरेनन् एक यादगार र कीर्तिमानी प्रदर्शन गरे ।
भारत पहिलो खेलमा ६६ रनले विजयी हुँदै तीन ओडिआई सिरिजमा १–० को अग्रता लिएको छ । महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियम पुणेमा टस हारेर पहिला ब्याटिङ थालेको भारतले ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय १७ रन बनाएको थियो । जसक्रममा डेब्यू खेल खेलेका क्रुनाल पान्ड्याले ३१ बलमा ७ चौका र २ छक्का सहित ५८ रनमा अविजित रहे । जसक्रममा क्रुनालले मात्र २६ बलमा अर्धशतक पूरा गरेका थिए । जुन ओडिआईमा डेब्यू खेलमा बनेको सर्वाधिक छिटो अर्धशतक थियो ।
एउटा संयोग मान्नुपर्छ क्रुनाललाई आफ्ना भाई हार्दिकले डेब्यू क्याप दिएका थिए । जुन पान्ड्या दाजुभाईको सानैदेखिसँगै भारतीय क्रिकेट टोलीबाट खेल्ने सपना पूरा भएको क्षण थियो । हार्दिकले अंगालोमार्दै दाईलाई डेब्यू क्याप दिए । सन् २०१८ मा क्रुनालले भारतको टि२० टोलीमा डेब्यू गरेका थिए । इन्डियन प्रिमियर लिग(आइपिएल) मा मुम्बई इन्डिन्यसबाटसँगै खेल्ने स्टार दुई दाजुभाई मंगलबार ओडिआई खेलमा पनि खेले । डेब्यू क्याप पाएपछि क्रुनालले आफ्नो क्याप स्वर्गिय बुबा हिमान्शु पान्ड्यालाई सम्झदै आकशतर्फ फर्काउदै लगाएका थिए । केहि समय टिममेट (टोलीको कुराकानी) पछि क्रुनालले हार्दिकसँग पुनः अंगालो मार्दै भावुक बनेका थिए ।
हार्दिक ४१ औं ओभरको तेस्रो बलमा आउट भएपछि क्रुनाल ब्याटिङका लागि मैदान छिरेका थिए । भाई आउट भएपनि दाईले त्यस्तै प्रदर्शन गरे । देब्रे हाते क्रुनालले आक्रामक ब्याटिङ गर्दै ४९ औं ओभरको पहिलो बलमा एक रन बटुल्दै डेब्यू खेलमै अर्धशतक बनाए । उनले अभिनन्दन (सेलिब्रेशन) बुबालाई सम्झदै आकाशतर्फ ब्याट उठाएका थिए । इनिङपछि भने मैदानमा क्रुनाल आफ्नो बुबालाई सम्झदै हार्दिकसँग अंगालो मारेर लामो समय रोई रहे । हार्दिकले सम्झाउन खोजेपनि आफै भावुक बनेका थिए । हार्दिकको अंगालोमा क्रुनालको आशु भने थामिएका थिएनन् । दाजुभाई अंगालो मार्दै लामो समय निकै भावुक बनेका थिए । क्रुनाललाई सम्हाल्न हार्दिकलाई केहि समय लागेको थियो । उनको बुबाको गत जुलाईमा मृत्यु भएको थियो ।
बलिङतर्फ कुनालले एक विकेट लिएका थिए । खेलपछि दुबै दाजुभाईले स्वर्गिय बुबालाई सम्झ्दै ट्वीट लेखेका छन् । सामाजिक सञ्जाल ट्विटरमा क्रुनालले खेलपछि लेखेका छन्, हरेक बलमा पापा तपाईं मेरो सधै मुटु र मनमा हुनुन्थ्यो । मैले तपाईंको उपस्थिति महसुस गरेपछि आशु थाम्न सकेन । त्यसैमा थपेका छन्, म तपाईंको लागि गर्व गर्छु । यो तपाईंको लागि हो पापा । हामीले गर्ने सबै तपाईंको लागि पापा । हार्दिकले ट्विट गर्दै भनेका छन्, पापा गर्व हुने छ । तपाईंमाथि हाँस्दै हुनुन्छ । तपाईं संसारमा योग्य हुनुन्छ । म तिम्रो लागि खुसी हुन सक्दिन भाई । यो पापाको लागि हो ।
क्रुनालले अघिल्लो महिना सम्पन्न लिष्ट ए मान्यता प्राप्त लोकप्रिय विजय हजारे ट्रफीमा बरोडाबाट खेल्दै उत्कृष्ट प्रदर्शन गरेपछि ओडिआई खेलमा डेब्यूको ढोका खुलेको थियो । आइपिएल र घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेपछि क्रुनालले २०१८ नोभेम्बरमा वेस्टइन्डिजविरुद्ध कोलकातामा टि२० आईमा डेब्यू गरेका थिए । यस सिजनको विजय हजारेमा क्रुनालले ५ खेलमा २ शतक र २ अर्धशतक सहित ३ सय ८८ रन बनाएका थिए ।
एउटा अर्को संयोग हार्दिक दायाँ (दाइने) र क्रुनाल बायाँ (देब्रे) हाते खेलाडी हुन् । हार्दिकले तीव्र गतिमा बलिङ गर्दछन् भने क्रुनालले स्पिन । २०१६ मा भारतीय टोलीमा डेब्यू गरेका हार्दिक विश्वकै वर्तमान समयमा एक सर्वोत्कृष्ट अलराउन्डर हुन् । दुबै दाजुभाईको ब्याटिङ शैली एकै किसिमको पाइन्छ । दुबै आक्रामक ब्याटिङका लागि परिचित छन् । हार्दिकले सानो उमेरमा आफ्नो दाजुभाई पनि युसुफ पठान र इरफान पठान जस्तै भारतीय टोलीबाटसँगै खेल्दै टोलीलाई जिताउने सपना रहेको बताएका थिए । जुन मंगलबार सपना पूरा भएको छ । यी दुईभाइले लामो यात्रा गर्न क्रुनालले बलिङमा केहि सुधार गर्नुपर्ने हुन्छ । क्रुनालले स्पिन बलिङमा सुधार गरेको खण्डमा भने दाजुभाईले भारतीय टोलीमा लामो यात्रा गर्ने देखिन्छ ।
April 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी क्रिकेट विश्वकप लिग टुको स्कटल्याण्ड सिरिजको लागि खेलाडी छनौट प्रक्रिया ‘द कोर क्याम्प’ बाट गर्ने भएको छ। प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताबाट क्यानले कुल ५२ खेलाडी छनोट गरेको थियो। जसमा यु १९ राष्ट्रिय टोलीका खेलाडी पनि सामेल छन्। द कोर क्याम्पको लागि ५२ खेलाडीलाई निलो टिम, हरियो […]
April 21, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज शीर्षस्थानमा रहेको गुजरात टाइटन्सले छैटौं जित निकालेको छ। कोलकाता नाइट राइडर्सलाई ३९ रनले हराउँदै गुजरातले १२ अंक बनायो। जितको लागि १ सय ९९ रनको चुनौति पछाएको कोलकाता २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५८ रनमा समेटियो। कोलकाताले पहिलो पावर प्लेमा ४५ रन मात्र जोड्दा २ विकेट […]
April 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कर्पोरेट महिलाहरुको लागि आयोजना गरिने क्रिकेट प्रतियोगिता ‘शी स्ट्राइक्स’ को तेस्रो संस्करण यसै साता हुने भएको छ। ९ वटा कर्पोरेट टोलीहरुको सहभागितामा बैशाख १२ र १३ गतेका सिन्धुली बिपि राजमार्गमा पर्ने मुलकोटस्थित क्वालिटी बिच रिसोर्टमा क्रिकेट हुने सोमवार आयोजक एन इभेन्ट्सले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ। सहभागी टोलीलाई ३ समूहमा विभाजन गरिएको […]