4 years ago
March 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका युवा विकेटकिपर ब्याट्सम्यान अनिल कुमार शाहले सप्तरी प्रिमियर लिगमा बजाज खडक वारियर्सबाट रुपनी राईडर्सविरुद्ध शतक प्रहार गरेका छन् । जारी प्रतियोगितामा अनिलको यो दोस्रो शतक हो ।
राज रंगशाला राजविराजमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको बजाजले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९४ रन बनाएको थियो । अनिलले ६४ बलमा १२ चौका र ७ छक्का सहित १ सय १३ रनको शतकीय इनिङ खेले । कप्तान विवेक यादवले २३ बलमा ४ चौका र ४ छक्का सहित ५६ रनमा अविजित रहे । जितका लागि १ सय ९५ रनको विजयी लक्ष्य पछ्याएको रुपनी १७ ओभरमा १ सय ५ रनमा अल आउट भयो ।
तल्लोक्रमका ब्याट्सम्यान फिर्दोस अन्सारीले ३२ बलमा ८ चौका र २ छक्का सहित सर्वाधिक ५४ रन बनाए । मंगलबार अनिलले बोदे बर्साईन् थन्डर्सविरुद्ध अनिलले ५० बलमा ७ चौका र ८ छक्का सहित १ सय रनमा अविजित थिए ।
April 25, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रवारको नतिजाअघि पुछारका दुई टोलीको भिडन्तमा सनराइजर्स हैदरबादले चेन्नई सुपर किङ्सलेलाई ५ विकेटले हराएको छ। जितको लागि १ सय ५५ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरको ८ बल बाँकी रहँदै विजय प्राप्त गर्यो। टोलीका ब्याटरले सामूहिक प्रदर्शन गरे । इशान किसनलले टोलीका लागि ३४ बलमा ५ चौका र […]
April 25, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सले सनराइजर्स हैदरबादलाई जितको लागि १ सय ५५ रनको लक्ष्य दिएको छ। सनराइजर्सले टस जितेर चेन्नईलाई ब्याटिङको लागि उतार्यो। चेन्नईले १९ .५ ओभरमा सम्पुर्ण विकेट गुमाउँदै १ सय ५४ रन बनायो। चेन्नईले निराशाजनक ब्याटिङ प्रदर्शन गर्यो। पहिलो पावर प्लेमा ५० रन बनाउँदा ३ विकेट गुमाइसकेको थियो। […]
April 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले महिला टि ट्वान्टी विश्वकप एसिया क्वालिफायरका लागि १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ। टोलीको कप्तानमा इन्दु बर्मा र उप कप्तानमा यु-१९ टोली कप्तान पूजा महतो छिन् । पछिल्लो पटक युगाण्डा सिरिज खेलेको टोलीमा केहि परिवर्तन यो पटक गरिएको छ। कविता कुँवर चोट मुक्त भएर टोलीमा फर्किएकी […]