default_image

8 years ago

October 15, 2016

विश्व कप छनोटमा पुग्न असफल नेपालले एसिया कप खेल्ने

115 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – महिला विश्व कपको ग्लोबल छनोटमा पुग्न असफल भएपनि नेपाल एसिया कप खेल्न पाउने भएको छ । आइसीसी महिला विश्वकप २०१७ को एसियाली छनोटमा शनिबार थाइल्यान्डले हङकङलाई ७ विकेटले हराएपछि नेपाल छनोटको दोस्रो स्थानमा रह्यो र एसिया कप खेल्ने मौका पाउने भएको हो । थाइल्यान्डले हहङकङलाई हराउनु अघि नेपालले चीनलाई ४ विकेटले पराजित गरेको थियो ।

14670769_10154493504682165_6688453846668474837_n
एसिया कप आगामी नोभेम्बर र डिसेमबरमा थाइल्यान्डमा हुनेछ । जसमा टेष्ट खेल्ने भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसँगै आयोजकको रुपमा थाइल्यान्डले सोझो प्रवेश पाएका छन् । विश्वकपको एसियाली छनोटमा दोस्रो भएपनि नेपालले पनि मौका पाएको हो ।
थाइल्यान्ड १० अंक सहित एसियाली छनोटमा पहिलो भएको थियो । अब टोलीले श्रीलंकाको कोलम्बोमा हुने ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्नेछ । दोस्रो भएको खेलले ६ खेलमा ३ जित र यत्तिनै हार बेहोरेको थियो ।

March 16, 2025

पिएम कप – एपिएफले कर्णालीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]

March 16, 2025

वर्षाका कारण नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]

March 16, 2025

पिएम कप – लुम्बिनीले बागमतीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा बागमती प्रदेशलाई हराएको छ । आइतवार दाङमा भएको खेलमा लुम्बिनीले बागमतीमाथी ४८ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बागमती २२.५ ओभरमा ६७ रनमा समेटियो । बागमतीका लागि कप्तान पुथु बास्कोटाले सर्वाधिक १५ रन जोडे […]

Success

Thank you for your time.