default_image

8 years ago

October 15, 2016

नेपालको एसिया कपमा छनोट हुने सम्भावना बलियो

94 views

0 Bookmark

हाम्रो खेलकुद – नेपालले हंगकंगमा जारी आई.सी.सी. वोमन्स वर्ल्ड कप क्वालिफाइङ्ग सिरिज अन्तर्गत अन्तिम खेलमा चीनलाई ४ विकेटले पराजित गर्यो।

तस्बिर: हंगकंग क्रिकेट

तस्बिर: हंगकंग क्रिकेट

जितसंगै नेपालले अंक तालिकामा ६ अंक जोड्दै दोश्रो स्थानमा उक्लिन सफल भयो। आज हुने दोश्रो खेलमा थाईल्याण्डले हंगकंगलाइ हराएको खण्डमा नेपालले दोश्रो स्थनमा रहेर प्रतियोगिता टुंग्याउने छ।

वुमन्स एसिया कप क्रिकेट २०१६मा थाईल्याण्डमा आयोजना हुने कार्यक्रम रहेको छ। ६ राष्ट्र सम्मिलित उक्त प्रतियोगितामा आयोजकको हैसियताले थाइल्यान्डले पनि उक्त प्रतियोगिता खेल्नेछ। विश्व कपको एसियाली छनोटमा उसले शीर्षस्थान हात पारे दोस्रो स्थानमा रहने टिमले एसिया कप खेल्न पाउने आईसीसीले जनाएको छ।

नेपालले दोश्रो स्थानमा रहेर प्रतियोगिता टुंग्याएमा भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र थाईल्याण्ड संग एसिया कपमा सहभागिता जनाउने छ

December 22, 2024

यु १९ महिला एसिया कप – बंगलादेशलाई हराउँदै भारत च्याम्पियन

एजेन्सी – मलेसियामा भएको एसिसी यु १९ महिला एसिया कपमा बंगलादेशलाई पराजित गर्दै भारत च्याम्पियन भएको छ । पहिलो पटक आयोजना भएको यस एसिया कपमा आइतवार भएको फाइनलमा भारत भारतले बंगलादेश यु १९ लाई ४१ रनले पराजित गरेको हो । भारल यु १९ ले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको बंगलादेशले १८.३ ओभरमा अल […]

December 22, 2024

कुवेतमाथि रोमान्चक जितसँगै युएई च्याम्पियन

एजेन्सी – घरेलु टोली युएईले गल्फ टी-२० च्याम्पियनसिपको फाइनलमा कुवेतमाथि २ रनको रोमान्चक जित निकाल्दै उपाधि जितेको छ । १ सय ५४ रनको लक्ष्य पछ्याएको कुवेत १९.३ ओभरमा १ सय ५१ रनमा अल आउट भयो । कुवेतलाई अन्तिम पाँच बलमा च्याम्पियन बन्न तीन रन चाहिँएको अवस्थामा युएईका मोहम्मद जवादुल्लाहले लगातार दुई विकेट लिदै च्याम्पियन बनाए […]

December 21, 2024

जनकपुरका ललितले पाए बाइक

काठमाडौं(हाम्रो खेलकुद) – जनकपुर बोल्ट्सका स्पिनर ललितनारायण राजवंशीले नेपाल प्रिमियर लिग (एनपिएल)मा बाइक पाएका छन् । प्रतियोगिताको उत्कृष्ट बलर हुदै ललितले बाइक पाएका हुन् । शनिवार सम्पन्न लिगमा ललित आबद्ध जनकपुर च्याम्पियन भएको थियो । जनकपुरलाई च्याम्पियन बनाउँन ललितले १७ विकेट लिएका थिए । १० खेलमा ४० ओभर गरेका ललितले २ सय १३ रन खर्चिदैं […]

Success

Thank you for your time.