default_image

8 years ago

October 15, 2016

महिला विश्वकप छनोटको अन्तिम खेलमा नेपाल विजयी, चीन ४ विकेटले पराजित

90 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी महिला विश्वकप एसिया छनोटबाट बाहिरिसकेको नेपालले आफ्नो अन्तिम खेलमा चीनलाई ४ विकेटले हराएको छ । ८६ रनको लक्ष्य पछ्याएको नेपालले १७.३ ओभरमा ६ विकेट गुमाएर ८८ रन बनाएको थियो । चीनलाई पहिलो खेलमा पनि नेपालले हराएको थियो ।

maxresdefault
पूर्व कप्तान नेरी थापा र सीता मगरको ब्याटिङमा नेपालले लक्ष्य प्राप्त गरेको थियो । ओपनर सीताले २४ बलमा १ चौकासहित २० रन बनाइन् । नेरीले २७ बलमा १ चौका साथ २२ रन जोडिन् । कप्तान रुविना क्षेत्रीले अविजित १३ , इन्दु बर्माले १० रन बनाइकी थिइन् ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको चीनले निर्धातिर २० ओभरमा ७ विकेट गुमाएर ८५ रन बनाएको थियो । चीनका लागि ओपनर जो मियो र फेगफेग सङबाहेक चाइ युडियनले दोहोरो अंकमा रन बनाएका थिए । सङले सर्वाधिक ३४ रन तथा मियोले १८ रन बनाइकी थिइन् । याडियनले १० रन जोडिन् ।
नेपालका लागि कप्तान रुविना क्षेत्रीले २ विकेट लिइन् । ४ ओभर बलिङ गरेकी उनले १० रन मात्र खर्चेकी थिइन् । रुविना प्लेयर अफ दि म्याच चुनिएकी थिइन् । निर्मला शाही र करुणा भण्डारीले समान १ विकेट लिएकी थिइन् ।

11401572_1164534380239610_1283334784919083331_n
नेपालले आफ्ना ६ मध्ये ३ मा जित र ३ मा हार बेहोर्दै छनोटको यात्रा टुंगाएको छ । शुक्रबार थाइल्यान्डसँग १ विकेटको हारसँगै नेपाल छनोटबाट बाहिरिएको थियो । थाइल्यान्डसँगको दुवै खेल हारेको नेपाल अर्को खेलमा हङकङ पराजित भएको थियो । चीनलाई दुवै खेलमा हराएको नेपालले अर्को एउटा खेलमा हङकङमाथि जित निकालेको थियो ।

March 16, 2025

पिएम कप – एपिएफले कर्णालीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]

March 16, 2025

वर्षाका कारण नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]

March 16, 2025

पिएम कप – लुम्बिनीले बागमतीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा बागमती प्रदेशलाई हराएको छ । आइतवार दाङमा भएको खेलमा लुम्बिनीले बागमतीमाथी ४८ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बागमती २२.५ ओभरमा ६७ रनमा समेटियो । बागमतीका लागि कप्तान पुथु बास्कोटाले सर्वाधिक १५ रन जोडे […]

Success

Thank you for your time.