8 years ago
October 15, 2016
काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी महिला विश्वकप एसिया छनोटबाट बाहिरिसकेको नेपालले आफ्नो अन्तिम खेलमा चीनविरुद्ध ८६ रनको लक्ष्य पछइरहेको छ । शनिबार टस जितेर ब्याटिङ गरेको चीनले निर्धातिर २० ओभरमा ७ विकेट गुमाएर ८५ रन बनाएको थियो ।
चीनका लागि ओपनर जो मियो र फेगफेग सङबाहेक चाइ युडियनले दोहोरो अंकमा रन बनाएका थिए । सङले सर्वाधिक ३४ रन तथा मियोले १८ रन बनाइकी थिइन् । याडियनले १० रन जोडिन् ।
नेपालका लागि कप्तान रुविना क्षेत्रीले २ विकेट लिइन् । ४ ओभर बलिङ गरेकी उनले १० रन मात्र खर्चेकी थिइन् । निर्मला शाही र करुणा भण्डारीले समान १ विकेट लिएकी थिइन् ।
नेपालले अघिल्ला ५ मध्ये ३ खेलमा पराजित भएको थियो । शुक्रबार थाइल्यान्डसँग १ विकेटको हारसँगै नेपाल छनोटबाट बाहिरिएको थियो । नेपालले चीनसँगको पहिलो खेल जितेको थियो ।
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा बागमती प्रदेशलाई हराएको छ । आइतवार दाङमा भएको खेलमा लुम्बिनीले बागमतीमाथी ४८ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बागमती २२.५ ओभरमा ६७ रनमा समेटियो । बागमतीका लागि कप्तान पुथु बास्कोटाले सर्वाधिक १५ रन जोडे […]