default_image

4 years ago

March 18, 2021

भारतलाई राहुलको चिन्ता

222 views

0 Bookmark

एजेन्सी – भारत र इंग्ल्यान्डबीचको चौथो टि२० आई खेल आज हुँदै छ । खेल बेलुका ७:१५ नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा सुरु हुने छ । पाँच टि२० आई सिरिजमा इंग्ल्यान्डले २–१ को अग्रता लिएको छ ।

पहिलो खेलमा इंग्ल्यान्ड ८ विकेटले विजयी भएको थियो । दोस्रो टि२० आई ७ विकेटले पराजित भएको इंग्ल्यान्डले तेस्रो टि२० खेलमा ८ विकेटले विजयी हुँदै सिरिजमा अग्रता लिएको थियो । इंग्ल्यान्ड चौथो खेलमा जितका साथ सिरिज एक खेल अगावै जित्ने सोचमा हुने छ । यता भारत चौथो खेलमा जित निकाल्दै सिरिज बराबरी बनाउन खोज्ने छ ।

भारतका कप्तान विराट कोहली राम्रो लयमा छन् । कोहलीले दोस्रो टि२० खेलमा ७३ र चौथो खेलमा ७७ रनको अविजित इनिङ खेलेका थिए । विराटको लयलाई रोक्न इंग्ल्यान्डका बलरलाई प्रमुख चुनौती हुने छ । विराटले उत्कृष्ट प्रर्दशन गर्दा टोलीका प्रमुख ओपनर लोकेश राहुलको भने सुरुवाती तीन खेलमा प्रर्दशन खराब छ । पहिलो खेलमा एक रनमा आउट भएका राहुलले दोस्रो र तेस्रो खेलमा खाता खोल्न सकेनन् । भारतले राहुलमाथि विश्वास गर्दै आजको खेलमा पनि मौका दिन सक्छ ।

भारतको यस सिरिजको मुख्य उदेश्य आगमी अक्टोबर नोभेम्बरमा घरेलु मैदानमा हुने टि२० विश्वकपको तयारी हुने छ । त्यसैले भारत सिरिजको नतिजा भन्दा विश्वकप केन्द्रित हुने छ । राहुलले पछिल्लो दुई वर्षमा लगातार उत्कृष्ट प्रर्दशन गर्दै आएका थिए । टि२० आई वरियतामा चौथो स्थानमा रहेका राहुलको खराब लयले भारतलाई चिन्ता थपेको छ । चौथो खेलमा राहुललाई मौका दिने वा नदिनेमा कोहलीलाई पनि निर्णय लिन कठिन पर्ने देखिन्छ । कप्तान विराट कोहलीले आफ्नो प्रमुख रोजाईको ओपनर रहेको बताउँदै आएका छन् ।

राहुललाई बेन्चमा राखेको खण्डमा सूर्यकुमार यादवले मौका पाउने छन् । राहुल बेन्चमा बस्दा रोहित र ईशान किशनले ओपनिङ गर्ने छन् । दोस्रो खेलमा डेब्यूमै अर्धशतक बनाउँदै ईशान प्लेयर अफ द म्याच चुनिएका थिए । तेस्रो खेलमा ४ रनमा आउट भएका थिए । सूर्यलाई भने तेस्रो खेलमा बेन्चमा राखेको थियो । दोस्रो डेब्यू गरेपनि ब्याटिङ गर्ने मौका पाएनन् । भारतका तीव्र गतिका बलर भुवनेश्वर कुमार र शार्दूल ठाकुर तेस्रो खेलमा विकेट विहिन बनेका थिए ।

यी दुई तीव्र गतिका बलरलाई उत्कृष्ट प्रर्दशन गर्न आवश्यक देखिन्छ । स्पिनर वासिन्टन सुन्दर र युजभेन्द्र चहलले लगातार राम्रो प्रर्दशन गर्दै आएका छन् । तेस्रो खेलमा इंग्ल्यान्डका ओपनर तथा विकेटकिपर जस बटलरले ८३ रनको उत्कृष्ट विजयी इनिङ खेलेका थिए । सुरुवाती दुबै खेलमा राम्रो प्रर्दशन गर्न नसकेपनि तेस्रो खेलमा उत्कृष्ट इनिङ खेल्दै लयमा फर्किएको संकेत दिएका छन् । जेयस रोय राम्रो लयमा छन् । डेविड मलानलाई ठूलो इनिङ खेल्न आवश्यक छ ।

कप्तान ओईन मोर्गन, जोनी बेयरस्टो, बेन स्टोक्स र साम करण टोलीमा हुँदा ब्याटिङमा बलियो र गहिराई छ । तेस्रो खेलमा दुबै ओपनरलाई आउट गरेका तीव्र गतिका बलर मार्कवुड भारतलाई टाउको दुखाई बन्न सक्छन् । उनले तेस्रो खेलमा तीन विकेट लिएका थिए । तीव्र गतिका बलर जोफ्रा आर्चर अर्का प्रमुख हतियार हुन् । क्रिस जोर्डन, साम करण र बेन स्टोक्सले हुँदा इंग्ल्यान्डको तीव्र गतिको बलिङ युनिट उत्कृष्ट छ । सुरुवाती तीन खेलमा टस जित्ने टोली विजयी भएका छन् । त्यसैले चौथो खेलमा टस निकै महत्वपूर्ण हुने छ ।

April 6, 2025

आइपिएलमा गुजरातलाई तेस्रो जित

एजेन्सी – गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा तेस्रो जित हासिल गरेको छ । सनराइजर्स हैदराबादलाई ७ विकेटको हार चखाउँदै गुजरात ६ अंक सहित अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। जितको लागि १ सय ५३ रनको लक्ष्य पछ्याएको गुजरातले १६.४ ओभरमा मात्र ३ विकेट गुमाएर जित हात पारेको हो। गुजरातको सुरुवात कमजोर रहयो। १६ […]

April 6, 2025

हैदराबादद्वारा गुजरातलाई सहज लक्ष्य

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादले गुजरात टाइटन्सलाई जितको लागि १ सय ५३ रनको सहज चुनौती दिएको छ। राजीव गान्धी इन्टरनेशनल स्टेडियममा टस जितेर गुजरातले फिल्डिङ रोज्यो। पहिलो ब्याटिङ गरेको सनराइजर्सले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५२ रन जोड्यो। सनराइजर्सले खराब सुरूवात गर्यो। दुई ओपनर ट्राभिस हेड र अभिषेक शर्मा […]

April 6, 2025

गुजरातले टस जित्यो

एजेन्सी – इण्डियन प्रिमियर लिग आइपिएलमा आज सनराइजर्स हैदराबादले गुजरात टाइटन्सको सामना गर्दैछ। टस जितेर गुजरातले पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। अंक तालिकाको पुछारमा रहेको सनराइजर्स जितको दबाबमा रहेको छ। यो सिजन जितबाट सुरूवात गरेपनि यसपछि लगातर ३ हार बेहोरेको छ। जसको कारण प्ले अफ यात्रा कठिन बन्दै गएको छ। उसँग मात्र २ अंक […]

Success

Thank you for your time.