4 years ago
March 18, 2021
एजेन्सी – भारतले वेस्टइन्डिज लेजेन्ड्सलाई १२ रनले पराजित गर्दै रोड सेफ्टी विश्व टि२० सिरिजको फाइनमा पुगेको छ । बुधबार राती सम्पन्न पहिलो सेमिफाइनलमा भारतले वेस्टइन्डिजलाई हराउँदै फाइनलमा स्थान बनाएको हो ।
जितको लागि २ सय १९ रनको विशाल विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ६ रन बनायो । वेस्टइन्डिजका ओपनर ड्वेन स्मिथले ३६ बलमा ९ चौका र २ छक्का सहित सर्वाधिक ६३ रनको योगदान दिए । नरसिंह देओनाराइनले ४४ बलमा ५ चौका र २ छक्का सहित ५९ रन बनाए । तेस्रो विकेटका लागि नरसिंह र ड्वेनले ९९ रनको उत्कृष्ट साझेदारी गरेका थिए ।
कप्तान ब्रायन लारा २८ बलमा ४ चौका र २ छक्का सहित ४६ रन बनाए । अन्य ब्याट्सम्यानले भने राम्रो प्रर्दशन गर्न सकेनन् । भारतका विनय कुमारले सर्वाधिक २ विकेट लिए । प्रज्ञान ओझा, मनप्रीत गोने र इरफान पठानले १–१ विकेट लिए ।
त्यसअघि सहिद वीर नारायण सिंह इन्टरनेशनल स्टेडियम रायपुरमा निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय १८ रन बनाएको थियो । भारतका कप्तान सचिन तेन्दुलकरले ४२ बलमा ६ चौका र ३ छक्का सहित ६५ रनमा क्याच आउट भए । युसुफ पठानले २० बलमा २ चौका र ३ छक्का सहित ३७ रनमा अविजित रहे । युवराज सिंह २० बलमा १ चौका र ६ छक्का सहित ४९ रनमा अविजित रहे ।
ओपनर सचिन र विरेन्द्र सहवागले ५.३ ओभरमा ५६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । सहवागलाई टिनो बेस्टले क्रिक एडवार्ड्सबाट ३५ रनमा कट एण्ड बोल्ड आउट गर्दै वेस्टइन्डिजलाई पहिलो सफलता दिलाएका थिए । सहवागले १७ बलमा ५ चौका र १ छक्का प्रहार गरे ।
मोहम्मद कैफ २१ बलमा २ चौका र २ छक्का सहित २७ रनमा आउट भए । वेस्टइन्डिजका टिनो विष्टले सर्वाधिक २ विकेट लिए । रयान अस्टिन १ विकेट लिए ।
दोस्रो सेमिफाइनलमा शुक्रबार श्रीलंका र दक्षिण अफ्रिका लेजेन्ड्सबीच प्रतिस्पर्धा हुने छ । फाइनलमा आइतबार हुने छ ।
April 6, 2025
एजेन्सी – गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा तेस्रो जित हासिल गरेको छ । सनराइजर्स हैदराबादलाई ७ विकेटको हार चखाउँदै गुजरात ६ अंक सहित अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। जितको लागि १ सय ५३ रनको लक्ष्य पछ्याएको गुजरातले १६.४ ओभरमा मात्र ३ विकेट गुमाएर जित हात पारेको हो। गुजरातको सुरुवात कमजोर रहयो। १६ […]
April 6, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादले गुजरात टाइटन्सलाई जितको लागि १ सय ५३ रनको सहज चुनौती दिएको छ। राजीव गान्धी इन्टरनेशनल स्टेडियममा टस जितेर गुजरातले फिल्डिङ रोज्यो। पहिलो ब्याटिङ गरेको सनराइजर्सले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५२ रन जोड्यो। सनराइजर्सले खराब सुरूवात गर्यो। दुई ओपनर ट्राभिस हेड र अभिषेक शर्मा […]
April 6, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग आइपिएलमा आज सनराइजर्स हैदराबादले गुजरात टाइटन्सको सामना गर्दैछ। टस जितेर गुजरातले पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। अंक तालिकाको पुछारमा रहेको सनराइजर्स जितको दबाबमा रहेको छ। यो सिजन जितबाट सुरूवात गरेपनि यसपछि लगातर ३ हार बेहोरेको छ। जसको कारण प्ले अफ यात्रा कठिन बन्दै गएको छ। उसँग मात्र २ अंक […]