default_image

4 years ago

March 17, 2021

जिम्बावेमाथि अफगानिस्तानको सहज जित

104 views

0 Bookmark

एजेन्सी – लेगस्पिनर राशिद खान र युवा ब्याट्सम्यान रहमानुल्लाह गुर्बाजको उत्कृष्ट प्रर्दशनमा अफगानिस्तानले पहिलो टि२० खेलमा जिम्बावेलाई ४८ रनले पराजित गरेको छ ।

जितका लागि १ सय ९९ रनको विजयी लक्ष्य पछ्याएको जिम्बावेले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५० रन बनायो । जिम्बावेका ओपनर तिनशे कामुन्हुकम्वेले ३७ बलमा ४ चौका सहित सर्वाधिक ४४ रनको योगदान दिए ।

सन विलियम्स र सिकन्दर राजा २२–२२ रनमा आउट भए । अन्यले भने राम्रो प्रर्दशन गर्न सकेनन् । अफगानिस्तानका राशिद खानले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । अफगानिस्तानका कारिम जान्त र फरीद मलिकले २–२ विकेट लिए ।

त्यसअघि शेख जायद जायद स्टेडियम आबूधाबी टस हारेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९८ रन बनाएको थियो । अफगानिस्तानका ओपनर रहमानुल्लाह गुर्बाजले ४५ बलमा ६ चौका र ७ छक्का सहित ८७ रनको उत्कृष्ट इनिङ खेले ।

कप्तान अस्गर अफगानले ३८ बलमा ६ चौका र २ छक्का सहित ५५ रन बनाए । करिम जान्त २६ रनमा आउट भए । जिम्बावेका मुर्जाबानी र रिचर्ड नगारवा २–२ विकेट लिए । योसँगै तीन टि२० आई सिरिजमा अफगानिस्तानले १–० को अग्रता लिएको छ । दोस्रो टि२० खेलमा शुक्रबार हुने छ ।

April 6, 2025

आइपिएलमा गुजरातलाई तेस्रो जित

एजेन्सी – गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा तेस्रो जित हासिल गरेको छ । सनराइजर्स हैदराबादलाई ७ विकेटको हार चखाउँदै गुजरात ६ अंक सहित अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। जितको लागि १ सय ५३ रनको लक्ष्य पछ्याएको गुजरातले १६.४ ओभरमा मात्र ३ विकेट गुमाएर जित हात पारेको हो। गुजरातको सुरुवात कमजोर रहयो। १६ […]

April 6, 2025

हैदराबादद्वारा गुजरातलाई सहज लक्ष्य

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादले गुजरात टाइटन्सलाई जितको लागि १ सय ५३ रनको सहज चुनौती दिएको छ। राजीव गान्धी इन्टरनेशनल स्टेडियममा टस जितेर गुजरातले फिल्डिङ रोज्यो। पहिलो ब्याटिङ गरेको सनराइजर्सले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५२ रन जोड्यो। सनराइजर्सले खराब सुरूवात गर्यो। दुई ओपनर ट्राभिस हेड र अभिषेक शर्मा […]

April 6, 2025

गुजरातले टस जित्यो

एजेन्सी – इण्डियन प्रिमियर लिग आइपिएलमा आज सनराइजर्स हैदराबादले गुजरात टाइटन्सको सामना गर्दैछ। टस जितेर गुजरातले पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। अंक तालिकाको पुछारमा रहेको सनराइजर्स जितको दबाबमा रहेको छ। यो सिजन जितबाट सुरूवात गरेपनि यसपछि लगातर ३ हार बेहोरेको छ। जसको कारण प्ले अफ यात्रा कठिन बन्दै गएको छ। उसँग मात्र २ अंक […]

Success

Thank you for your time.