default_image

4 years ago

March 16, 2021

बटलर चम्कँदा भारतमाथि इंग्ल्यान्डको सहज जित

89 views

0 Bookmark

एजेन्सी – ओपनर तथा विकेटकिपर जस बटलरले उत्कृष्ट ब्याटिङ गरेपछि इंग्ल्यान्डले तेस्रो टि२० खेलमा घरेलु टोली भारतलाई ८ विकेटले पराजित गरेको छ । योसँगै इंग्ल्यान्डले पाँच टि२० आई सिरिजमा २–१ को अग्रता लिएको छ ।

जितको लागि १ सय ५७ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले १८.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । इंग्ल्यान्डलाई सहज जित दिलाउन जस बटलर ५२ बलमा ५ चौका र ४ छक्का सहित ८३ रनमा अविजित रहे । यो बटलरको टि२० आई करिअरको सर्वोत्कृष्ट प्रर्दशन हो । जोनी बेयरस्टो २८ बलमा ५ चौका सहित ४० रनमा अविजित रहे । तेस्रो विकेटका लागि बटलर र बेयरस्टोले ७७ रनको अविजित साझेदारी गर्दै सहज जित दिलाए । बेयरस्टोलेले शार्दूल ठाकुरलाई लगातार दुई चौका प्रहार गर्दै खेल जिताएका थिए । ओपनर जेसन रोय ९ र डेविड मलान १८ रनमा आउट भए । भारतका स्पिनर युजभेन्द्र चहल र वासिन्टन सुन्दरले १–१ विकेट लिए ।

त्यसअघि नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो । कप्तान विराट कोहली ४६ बलमा ८ चौका र ४ छक्का सहित ७७ रनमा अविजित रहे पनि जितको लागि पर्याप्त भएन । कोहलीको यो लगातार दोस्रो अर्धशतक हो । दोस्रो खेलमा कोहलीले ७३ रनको विजयी इनिङ खेलेका थिए । हार्दिक पान्ड्या १५ बलमा २ छक्का सहित १७ रनमा आउट भए । छैटौं विकेटका लागि विराट र हार्दिकले ३५ बलमा ७० रनको उत्कृष्ट साझेदारी गरेका थिए ।

सुरुवाती दुबै खेलमा खराब प्रर्दशन गरेका ओपनर लोकेश राहुल (केएल) तेस्रो खेलमा पनि शून्यमा आउट भए । तेस्रो ओभरको तेस्रो बलमा तीव्र गतिका बलर मार्क वुडले राहुललाई शून्यमा बोल्ड आउट गरे । राहुल पहिलो खेलमा एक र दोस्रो खेलमा शून्यमा आउट भएका थिए । पाँचौं ओभरको चौथो बलमा रोहित शर्मालाई वुडलेनै जोफ्रा आर्चरबाट १५ रनमा क्याच गराउँदै इंग्ल्यान्डलाई राम्रो सुरुवात दिलाए । रोहितले १७ बलमा २ चौका प्रहार गरे ।

छैटौं ओभरको दोस्रो बलमा युवा ब्याट्सम्यान ईशान किशनलाई क्रिस जोर्डनले विकेटकिपर जस बटलरबाट ४ रनमा क्याच आउट गराए । ऋषभ पन्त १२ औं ओभरको पहिलो बलमा २५ रनमा रन आउट हुन पुगेपछि भारत दबाबमा परेको थियो । पन्तले २० बलमा ३ चौका प्रहार गरे । १५ औं ओभरको तेस्रो बलमा मार्क वुडले श्रेयस ऐरलाई डेविड मलानबाट ९ रनमा क्याच आउट गराएपछि भारत ८६–५ को कमजोर अवस्थामा पुगेको थियो । तर कोहली र हार्दिकले उत्कृष्ट साझेदारी गर्दै इनिङ उकासे ।

इंग्ल्यान्डका तीव्र गतिका बलर मार्कवुडले ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए । क्रिस जोर्डनले ४ ओभरमा १ मेडन सहित ३५ रन खर्चेर २ विकेट लिए ।


पहिलो खेलमा इंग्ल्यान्ड ८ विकेटले विजयी हुँदा दोस्रो खेलमा ७ विकेटले पराजित भएको थियो । चौथो खेल बिहिबार हुने छ ।

April 6, 2025

आइपिएलमा गुजरातलाई तेस्रो जित

एजेन्सी – गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा तेस्रो जित हासिल गरेको छ । सनराइजर्स हैदराबादलाई ७ विकेटको हार चखाउँदै गुजरात ६ अंक सहित अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। जितको लागि १ सय ५३ रनको लक्ष्य पछ्याएको गुजरातले १६.४ ओभरमा मात्र ३ विकेट गुमाएर जित हात पारेको हो। गुजरातको सुरुवात कमजोर रहयो। १६ […]

April 6, 2025

हैदराबादद्वारा गुजरातलाई सहज लक्ष्य

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादले गुजरात टाइटन्सलाई जितको लागि १ सय ५३ रनको सहज चुनौती दिएको छ। राजीव गान्धी इन्टरनेशनल स्टेडियममा टस जितेर गुजरातले फिल्डिङ रोज्यो। पहिलो ब्याटिङ गरेको सनराइजर्सले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५२ रन जोड्यो। सनराइजर्सले खराब सुरूवात गर्यो। दुई ओपनर ट्राभिस हेड र अभिषेक शर्मा […]

April 6, 2025

गुजरातले टस जित्यो

एजेन्सी – इण्डियन प्रिमियर लिग आइपिएलमा आज सनराइजर्स हैदराबादले गुजरात टाइटन्सको सामना गर्दैछ। टस जितेर गुजरातले पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। अंक तालिकाको पुछारमा रहेको सनराइजर्स जितको दबाबमा रहेको छ। यो सिजन जितबाट सुरूवात गरेपनि यसपछि लगातर ३ हार बेहोरेको छ। जसको कारण प्ले अफ यात्रा कठिन बन्दै गएको छ। उसँग मात्र २ अंक […]

Success

Thank you for your time.