4 years ago
March 16, 2021
एजेन्सी – मुम्बई इन्डियन्सका स्टार ब्याट्सम्यान सूर्य कुमार यादव र ईशान किशनले आइतबार भारतबाट इंग्ल्यान्डविरुद्ध दोस्रो टि२० आई खेलमा डेब्यू गरे ।
सूर्यले डेब्यू खेलमा ब्याटिङ गर्ने मौका नपाएपनि किशन ‘प्लेयर अफ द म्याच’ प्रर्दशन गरे । जितको लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याउने क्रममा भारतले १७.५ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको थियो । जसक्रममा किशनले ३२ बलमा ५ चौका र ४ छक्का सहित ५६ रनको इनिङ खेलेका थिए ।
सूर्य र किशनको डेब्यूले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सर्वाधिक सफल फ्रेन्चाइज टोली मुम्बई इन्डियन्सलाई २०२२ को मेगा अक्सनमा घाटा लाग्ने छ । रोहित शर्मा कप्तान रहेको साविक विजेता तथा पाँच पटकको च्याम्पियन मुम्बईलाई सूर्य र किशन दुवै प्रमुख खेलाडी हुन् । २०२० को उपाधि जिताउन यी दुवै युवा खेलाडीको प्रर्दशन उत्कृष्ट रहेको थियो ।
आइपिएल मेगा अक्सनमा एउटा टोलीले बढीमा पाँच खेलाडी रिटेन वा राइट टु म्याच (आरटिएम) माध्यमबाट टोलीमा राख्न पाउँछ । त्यसमा रिटेन वा आरटिएम बढीमा तीन खेलाडीमा प्रयोग गर्न पाइन्छ । एक टोलीले कम्तिमा २ र बढीमा ३ भारतीय टोलीबाट खेलेको (क्याप्ड) खेलाडी मेगा अक्सन अघि राख्न पाउँछ । एक टोलीले बढीमा दुई अनक्याप्ड खेलाडी वा विदेशी खेलाडीलाई राख्न पाउँछन् । अब सूर्य र किशन अनक्याप्डमा मानिँदैनन् ।
मुम्बईले तीन क्याप्ड खेलाडीमा जस्प्रित बुमराह, रोहित शर्मा र हार्दिक पान्ड्यालाई रिटेन गर्नेमा सम्भावना बढी देखिन्छ । ईशान किशन, सूर्यकुमार यादव र क्रुनाल पान्ड्यालाई फुकुवा गर्ने सम्भावना देखिन्छ । भारतीय टोलीमा डेब्यू नभएको भए किशन र सूर्य दुवैलाई राख्न सक्थ्यो । रिटेन हुने पाँच मध्य बढीमा एउटा टोलीले दुईमात्र विदेशी खेलाडी राख्न पाउँछन् । त्यसैको कारण मुम्बईलाई आइपिएल २०२२ को मेगा अक्सनमा ठूलो घाटा पुग्ने भएको छ ।
विदेशी खेलाडी मुम्बईमा काइरन पोलार्ड र ट्रेन्ट बोल्टको सम्भावना बढी देखिन्छ । पाँच बाहेक अन्य सबै विदेशी खेलाडी मेगा अक्सनअघि फुकुवा गर्नुपर्ने हुन्छ । अक्सनमा किशन र सूर्य दुवै उच्च मूल्यमा बिक्ने छन् । मुम्बईले यी दुई खेलाडीलाई फुकुवा गरेर पुनः ल्याउन अक्सनमा करोडौं खर्चिनुपर्ने हुन्छ ।
हाल सूर्यले एक सिजनको ३ करोड २० लाख र ईशानले ६ करोड २० लाख रुपैयाँ पाउँछन् । आइपिएल २०२१ आगमी अप्रिल ९ देखि भारतका ६ सहरमा सुरु हुँदैछ । मुम्बईले पहिलो खेल आगमी अप्रिल ९ मा रोयल च्यालेन्जर्स बेंगलोरसँग खेल्दै सुरुवात गर्नेछ ।
मुम्बई २०२१ को टोली :
रोहित शर्मा (कप्तान), काइरन पोलार्ड, हार्दिक पान्ड्या, ट्रेन्ट बोल्ट, क्विन्टन डी कक, सूर्य कुमार यादव, जस्प्रित बुमराह, राहुल चहर, इशान किशन, क्रनाल पान्ड्या, क्रिस लिन, धवल कुलकर्णी, मोहसिन खान, अनुकुल रोय, आदित्य तारा, सौरभ तिवारी, जयन्त यादव, अनोमलप्रित सिंह, नाथन कुल्टर नाइल, एडम मिल्ने, पियुष चवला, जेम्स निसम, युधवीर चरक, मार्को जेनसन र अर्जुन तेन्दुलकर ।
April 6, 2025
एजेन्सी – गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा तेस्रो जित हासिल गरेको छ । सनराइजर्स हैदराबादलाई ७ विकेटको हार चखाउँदै गुजरात ६ अंक सहित अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। जितको लागि १ सय ५३ रनको लक्ष्य पछ्याएको गुजरातले १६.४ ओभरमा मात्र ३ विकेट गुमाएर जित हात पारेको हो। गुजरातको सुरुवात कमजोर रहयो। १६ […]
April 6, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादले गुजरात टाइटन्सलाई जितको लागि १ सय ५३ रनको सहज चुनौती दिएको छ। राजीव गान्धी इन्टरनेशनल स्टेडियममा टस जितेर गुजरातले फिल्डिङ रोज्यो। पहिलो ब्याटिङ गरेको सनराइजर्सले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५२ रन जोड्यो। सनराइजर्सले खराब सुरूवात गर्यो। दुई ओपनर ट्राभिस हेड र अभिषेक शर्मा […]
April 6, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग आइपिएलमा आज सनराइजर्स हैदराबादले गुजरात टाइटन्सको सामना गर्दैछ। टस जितेर गुजरातले पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। अंक तालिकाको पुछारमा रहेको सनराइजर्स जितको दबाबमा रहेको छ। यो सिजन जितबाट सुरूवात गरेपनि यसपछि लगातर ३ हार बेहोरेको छ। जसको कारण प्ले अफ यात्रा कठिन बन्दै गएको छ। उसँग मात्र २ अंक […]