4 years ago
March 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला क्रिकेट टोली तथा प्रदेश एककी कप्तान रुविना क्षेत्री बेलबासेको उत्कृष्ट शतकको सहयोगमा मिलन क्रिकेट क्लबले प्रथम उप मेयर कप टि२० महिला क्रिकेट प्रतियोगिता–२०७७ को उपाधि जितेको छ ।
सोमबार झापाको काकड्भित्ता सरस्वती मैदानमा भएको फाइनलमा मिलन क्रिकेट क्लबले कैलाली क्रिकेट टोलीलाई ८० रनले हराउँदै उपाधि जितेको छ ।
टस जितेर पहिला ब्याटिङ रोजेको मिलन क्रिकेट क्लबले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो । कप्तान रुविना क्षेत्रीले ६९ बलमा १७ चौका र ३ छक्का सहित १ सय ७ रनको शतकीय इनिङ खेलेकी थिइन् । अप्सरी बेगमले १७ बलमा ४ चौका सहित २३ रनको योगदान दिइन् । काजल श्रेष्ठ शून्य, रोमा थापा १२ र लाखिता राजवंशी १ रनमा आउट भइन् । भट्टले ३, कविता कुँवर र सुरु पुनले १–१ विकेट लिए ।
जितका लागि १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको कैलाली ७७ रनमा अल आउट भएको थियो । डली भट्ट २९ बलमा २ छक्का र १ चौका सहित सर्वाधिक २४ रन बनाइन् । आश्मा पुलामी १७ र सोभा रोकाया १० रनमा आउट भए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । मिलन क्रिकेट क्लबका एलिसा खदियाले सर्वाधिक ४ विकेट लिइन् । रुविना क्षेत्री र निग्मा तामाङले २–२ विकेट लिए । संगिता राई र निशा शाहले १–१ विकेट लिए ।
मिलन क्रिकेट क्लबमा प्रदेश १ को टोली र कैलालीमा सुदूरपश्चिमका खेलाडी खेलेका थिए । ललितपुर मेयर कप महिला टि२० क्रिकेट प्रतियोगिता तयारीको रुपमा यस प्रतियोगिता आयोजना गरिएको थियो । पाँच खेलको प्रतियोगितामा मिलन क्लबले सबै खेल जितेको छ । प्रतियोगितामा रुविना क्षेत्री सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनले नगद १० हजार प्राप्त गरिन् । उत्कृष्ट ब्याटर रुविना र बलर एलिसा खदिया घोेषित भए । दुबैले ५–५ हजार प्राप्त गरे ।
गत पुषमा दाङको लमहीमा सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगितामा नेपाल एपिएफ क्लबलाई हराउँदै प्रदेश एक च्याम्पियन बनेको थियो । ललितपुर मेयर कपमा प्रदेश एक, एपिएफ, सेमिफाइनलबाट बाहिरिएका लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेशसँगै ललितपुर मेयर–११ को गरि पाँच टोली हुने छन् । ललितपुर मेयर–११ को टोलीमा प्रधानमन्त्री महिला टि२० क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने प्रदेश दुई, बागमती, गण्डकी र कर्णालीबाट खेलाडी मिलेर बनाइने छ ।
ललितपुर मेयर कपको विजेताले ५ लाख र उप विजेताले ३ लाख प्राप्त गर्ने छन् । प्रतियोगिता औपचारिक मिति घोषणा नभएपनि चैत ७ वा ८ गते देखि सुरु गर्ने तयारी छ ।
April 6, 2025
एजेन्सी – गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा तेस्रो जित हासिल गरेको छ । सनराइजर्स हैदराबादलाई ७ विकेटको हार चखाउँदै गुजरात ६ अंक सहित अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। जितको लागि १ सय ५३ रनको लक्ष्य पछ्याएको गुजरातले १६.४ ओभरमा मात्र ३ विकेट गुमाएर जित हात पारेको हो। गुजरातको सुरुवात कमजोर रहयो। १६ […]
April 6, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादले गुजरात टाइटन्सलाई जितको लागि १ सय ५३ रनको सहज चुनौती दिएको छ। राजीव गान्धी इन्टरनेशनल स्टेडियममा टस जितेर गुजरातले फिल्डिङ रोज्यो। पहिलो ब्याटिङ गरेको सनराइजर्सले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५२ रन जोड्यो। सनराइजर्सले खराब सुरूवात गर्यो। दुई ओपनर ट्राभिस हेड र अभिषेक शर्मा […]
April 6, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग आइपिएलमा आज सनराइजर्स हैदराबादले गुजरात टाइटन्सको सामना गर्दैछ। टस जितेर गुजरातले पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। अंक तालिकाको पुछारमा रहेको सनराइजर्स जितको दबाबमा रहेको छ। यो सिजन जितबाट सुरूवात गरेपनि यसपछि लगातर ३ हार बेहोरेको छ। जसको कारण प्ले अफ यात्रा कठिन बन्दै गएको छ। उसँग मात्र २ अंक […]