4 years ago
March 15, 2021
एजेन्सी – युवा ओपनर पृथ्वी शाले भारतीय क्रिकेट टोलीबाट बाहिर (ड्रप) भएपछि घरेलु क्रिकेटमा कीर्तिमानी प्रर्दशनका साथ पूनरागमनको संकेत दिएका छन् ।
गत डिसेम्बरमा अष्ट्रेलिया भ्रमणमा शाले पहिलो टेष्टमा खराब प्रर्दशन गर्दै शून्य र ४ रनमा आउट भएपछि भारतले उनलाई टोली बाहिर राखेको थियो । उनको स्थान लिएका अर्का युवा ब्याट्सम्यान सुभमन गिलले उच्च प्रर्दशन गरेपछि शा भारतीय टोली बाहिर रहेका थिए । इंग्ल्यान्ड भ्रमणमा शालाई भारतले टोलीमा राखेन ।
यता २१ वर्षिय पृथ्वीले भारतको ५० ओभरको सर्वाधिक ठूलो र लोकप्रिय राष्ट्रिय प्रतियोगिता विजय हजारे ट्रफीमा कीर्तिमानी प्रर्दशन गरेका छन् । कप्तान पृथ्वीले आफ्नो उच्च प्रर्दशनमा फाइनलमा उत्तर प्रदेशलाई ६ विकेटले हराउँदै आइतबार मुम्बईलाई च्याम्पियन बनाएका थिए । सन् २०१८ मा भारतीय यू१९ टोलीलाई विश्वकप च्याम्पियन बनाएका शाले २१ वर्षकै उमेरमा राष्ट्रिय प्रतियोगिता पनि उपाधि दिलाएका हुन् ।
पृथ्वी एक संस्करणको विजय हजारे ट्रफी इतिहासकै सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । उनले ८ खेलमा ८ सय २७ रन बनाउँदै यस कीर्तिमान कायम गरेका हुन् । विजय हजारेको इतिहासमा एकै संस्करणमा एक ब्याट्सम्यानले पहिलो पटक ८ सय भन्दा माथि बनाएका हुन् ।
यसअघि यस प्रतियोगितामा सर्वाधिक रन बनाउने कीर्तिमान कर्नाटका ओपनर देभदत्त पाडिक्कलको नाममा थियो । उनले एकै संस्करणमा ७ सय ३७ रन बनाएका थिए ।
मुम्बईबाट पुडुचेरीवरुद्ध दोहोरो शतकका साथ कीर्तिमान बनाएका थिए । पृथ्वी शा ले १ सय ५२ बलमा ३१ चौका र ५ छक्का सहित २ सय २७ रनको अविजित दोहोरो शतकीय इनिङ खेले । जुन विजय हजारे ट्रफी इतिहासै सर्वाधिक उच्च व्यक्तिगत स्कोर हो ।
April 6, 2025
एजेन्सी – गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा तेस्रो जित हासिल गरेको छ । सनराइजर्स हैदराबादलाई ७ विकेटको हार चखाउँदै गुजरात ६ अंक सहित अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। जितको लागि १ सय ५३ रनको लक्ष्य पछ्याएको गुजरातले १६.४ ओभरमा मात्र ३ विकेट गुमाएर जित हात पारेको हो। गुजरातको सुरुवात कमजोर रहयो। १६ […]
April 6, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादले गुजरात टाइटन्सलाई जितको लागि १ सय ५३ रनको सहज चुनौती दिएको छ। राजीव गान्धी इन्टरनेशनल स्टेडियममा टस जितेर गुजरातले फिल्डिङ रोज्यो। पहिलो ब्याटिङ गरेको सनराइजर्सले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५२ रन जोड्यो। सनराइजर्सले खराब सुरूवात गर्यो। दुई ओपनर ट्राभिस हेड र अभिषेक शर्मा […]
April 6, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग आइपिएलमा आज सनराइजर्स हैदराबादले गुजरात टाइटन्सको सामना गर्दैछ। टस जितेर गुजरातले पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। अंक तालिकाको पुछारमा रहेको सनराइजर्स जितको दबाबमा रहेको छ। यो सिजन जितबाट सुरूवात गरेपनि यसपछि लगातर ३ हार बेहोरेको छ। जसको कारण प्ले अफ यात्रा कठिन बन्दै गएको छ। उसँग मात्र २ अंक […]