default_image

8 years ago

October 14, 2016

महिला विश्वकपमा नेपाल १ विकेटले पराजित, अघि बढ्ने सम्भावना टुंगियो

253 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – करुणा भण्डारीले लगातार दोस्रो खेलमा उच्च प्रदर्शन गरेपनि नेपाल हङकङमामा जारी आइसिसी महिला विश्वकप छनोटमा शुक्रबार नेपाल थाइल्यान्डसँग १ विकेटले पराजित भएको छ । १ सय ९ रनको लक्ष्य पछ्याएको थाइल्यान्डले ९ विकेटको क्षति ८ बलअघि प्राप्त गरेको थियो । यो हारसँगै महिला विश्वकप ग्लोबल छनोटमा पुग्ने नेपालको सम्भावना टुंगिएको छ ।

nepali-woman-team

थाइल्यान्डले ५ खेलमा ८ अंक जोडेको छ । ४ अंकसहित हङकङ दोस्रो र नेपाल तेस्रो स्थानमा छन् । चीनको २ अंक छ । चारमध्ये शीर्ष टोली ग्लोबल छनोटमा पुग्नेछ । हङकङ क्रिकेट क्लबको मैदानमा एकै ओभरमा ३ विकेट लिएकी करुणाले ४ ओभरमा ४ विकेट लिइएकी थिइन् । ७.२ ओभरमा १ विकेटको क्षेतिमा ५० रन बनाइसकेको थाइल्यान्डको एउटै ओभरमा करुणाले ३ विकेट लिएपछि दबाबमा परेको थियो ।

करुणाले आठौं ओभरको तेस्रो, चौथो र अन्तिम बलमा विकेट लिइकी थिइन् । त्यसअघि थाइल्यान्डका लागि ओपनर नाताकान चान्तम र सिरिन्त्रा सेनग्साकारोटले पहिलो विकेटका लागि २६ रनको साझेदारी गरेका थिए । २३ रन बनाइकी चान्तमको विकेट निर्मला शाहीले लिएकी थिइन् । १६ रन बनाएकी सेनाग्साकारोट, नाताया बोचाथाम (७), रातनापोर्न पादुनग्र्लेड (०), नानापाट कोचारोनिकाइ (०) को विकेट करुणाले लिएकी थिइन् । तर, पछिल्लो क्रममा आएकी चानिदा सुथिरुङले अविजित २७ रन बनाएपछि नेपाल पराजित भएको थियो । सीता रानामगरले सोनारिक तिपोच (६) र नारुमोल चाइवाइ (३) र को विकेट लिइन् । कप्तान रुविना क्षेत्रिले पनि २ विकेट लिइकी थिइन् । बिहीबार नेपालले हङकङलाई प्लेयर अफ दी म्याच बनेकी करुणाले ३ विकेट लिनुका साथै अविजित १९ रन बनाएकी थिइन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८ रन बनाएको छ । नेपाली टोलीकी पूर्व कप्तान नेरी थापाले उच्च अविजित ३२ रन बनाइन् । २४ बल खेलेकी उनले ३ चौका र १ छक्का प्रहार गरेकी थिइन् । इन्दु बर्माले ३६ बलमा ३ चौकासहित २६ रन जोडिन् । २० बल खेलेकी निर्मलाले २ चौका साथ २० रन बनाइन् । ओपनर ज्योती पाण्डेले रनआउट हुनुअघि १३ रन जोडिन् । अर्की ओपनर रोशनी बोहराले भने २ रनमा बनाइन् । कप्तान रुविनाले अविजित १० रन जोड्ने क्रममा एक छक्का प्रहार गरिन् । थाइल्यान्डका लागि चानिदा सुथिरुङले २ र सिलिपोर्न लाउमीले १ विकेट लिएकी थिइन् ।

March 16, 2025

पिएम कप – एपिएफले कर्णालीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]

March 16, 2025

वर्षाका कारण नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]

March 16, 2025

पिएम कप – लुम्बिनीले बागमतीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा बागमती प्रदेशलाई हराएको छ । आइतवार दाङमा भएको खेलमा लुम्बिनीले बागमतीमाथी ४८ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बागमती २२.५ ओभरमा ६७ रनमा समेटियो । बागमतीका लागि कप्तान पुथु बास्कोटाले सर्वाधिक १५ रन जोडे […]

Success

Thank you for your time.