4 years ago
March 15, 2021
एजेन्सी – मध्यक्रमका ब्याट्सम्यान डरेन ब्राभोको शतकमा घरेलु टोली वेस्टइन्डिजले श्रीलंकाविरुद्ध तीन खेलको ओडिआई सिरिज क्लिनस्विप गरेको छ । आइतबार राती सम्पन्न तेस्रो ओडिआई खेलमा वेस्टइन्डिजले श्रीलंकालाई ५ विकेटले हराउँदै ३–० ले सिरिज जितेको हो ।
जितका लागि २ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले ४८.३ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । वेस्टइन्डिजका डरेन ब्राभोले १ सय ३२ बलमा ५ चौका र ४ छक्का सहित १ सय २ रनको शतकीय इनिङ खेले । ब्राभोको यो ओडिआई करिअरको चौथो शतक हो ।
ओपनर शाई होपले ७२ बलमा ३ चौका र २ छक्का सहित ६४ रनमा आउट भए । कप्तान काइरन पोलार्ड ४२ बलमा ४ चौका र १ छक्का सहित ५३ रनमा अविजित रहे । एभिन लुइस १३, निकोलस पुरन १५ र जेसन मोहम्मद ८ रनमा आउट भए । श्रीलंका सुरुगां लकमलले सर्वाधिक २ विकेट लिए । वानिन्दु हसरंगा डी शिल्भा, थिसेरा परेरा र दनुष्का गुणथिलाका ले १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको श्रीलंकाले ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ७४ रन बनाएको थियो । श्रीलंका वानिन्दु हसरंगा डी शिल्भा ६० बलमा ७ चौका र ३ छक्का सहित सर्वाधिक ८० रनमा अविजित रहे । एशेन बान्डारा ७४ बलमा ३ चौका र १ छक्का सहित ५५ रनमा अविजित रहे । सातौं विकेटका लागि हसरंगा डी शिल्भा र बान्डाराले १ सय २३ रनको अविजित साझेदारी गरेका थिए ।
ओपनर दनुष्का गुणथिलाका ३६, कप्तान दिमुथ करुणारत्ने ३१, पथम निसान्का २४, दीनेश चान्डिमल १६ र दसुन सनका २२ रनमा आउट भए । वेस्टइन्डिजका अकिल होसिनले १० ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए ।
पहिलो खेलमा वेस्टइन्डिज ८ विकेट र दोस्रो खेलमा ५ विकेटले विजयी भएको थियो । अव वेस्टइन्डिज र श्रीलंकाबीच दुई टेष्ट सिरिज हुने छ । पहिलो टेष्ट २१ मार्चदेखि सुरु हुने छ ।
April 6, 2025
एजेन्सी – गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा तेस्रो जित हासिल गरेको छ । सनराइजर्स हैदराबादलाई ७ विकेटको हार चखाउँदै गुजरात ६ अंक सहित अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। जितको लागि १ सय ५३ रनको लक्ष्य पछ्याएको गुजरातले १६.४ ओभरमा मात्र ३ विकेट गुमाएर जित हात पारेको हो। गुजरातको सुरुवात कमजोर रहयो। १६ […]
April 6, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादले गुजरात टाइटन्सलाई जितको लागि १ सय ५३ रनको सहज चुनौती दिएको छ। राजीव गान्धी इन्टरनेशनल स्टेडियममा टस जितेर गुजरातले फिल्डिङ रोज्यो। पहिलो ब्याटिङ गरेको सनराइजर्सले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५२ रन जोड्यो। सनराइजर्सले खराब सुरूवात गर्यो। दुई ओपनर ट्राभिस हेड र अभिषेक शर्मा […]
April 6, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग आइपिएलमा आज सनराइजर्स हैदराबादले गुजरात टाइटन्सको सामना गर्दैछ। टस जितेर गुजरातले पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। अंक तालिकाको पुछारमा रहेको सनराइजर्स जितको दबाबमा रहेको छ। यो सिजन जितबाट सुरूवात गरेपनि यसपछि लगातर ३ हार बेहोरेको छ। जसको कारण प्ले अफ यात्रा कठिन बन्दै गएको छ। उसँग मात्र २ अंक […]