4 years ago
March 14, 2021
एजेन्सी – कप्तान तिलकरत्ने दिलशानको उत्कृष्ट अलराउन्ड प्रर्दशनमा श्रीलंका लेजेन्ड्स रोड सेफ्टी विश्व टि२० सिरिजको सेमिफाइनलमा पुगेको छ ।
श्रीलंका लेजेन्ड्सले आइतबार इंग्ल्यान्ड लेजेन्ड्सलाई ६ विकेटले पराजित गर्दै शीर्षस्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएको हो । जितको लागि ७९ रनको सामान्य विजयी लक्ष्य श्रीलंका लेजेन्ड्सले ७.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । कप्तान तिलकरत्ने दिलशानले विष्फोटक ब्याटिङ गर्दै २६ बलमा ११ चौका र १ छक्का सहित ६१ रनमा अविजित रहे । इंग्ल्यान्डका मोन्टी पेनेसरले ४ ओभरमा २६ रन खर्चेर ४ विकेट लिए ।
त्यसअघि सहिद वीर नारायण सिंह इन्टरनेशनल स्टेडियम रायपुरमा टस हारेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्ड लेजेन्ड्सले २० ओभरमा ९ विकेट गुमाउँदै ७८ रन बनाएको थियो । क्रिस ट्रेमलेट १० बलमा ३ छक्का सहित सर्वाधिक २२ रन बनाए । जिम ट्राटनले १८ रन बनाउन बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । श्रीलंका दिलशानले ४ ओभरमा १ मेडन सहित ६ रन खर्चेर ४ विकेट लिए । रंगना हेराथले २ विकेट लिए ।
श्रीलंका लेजेन्ड्स ६ खेलमा ५ मा जित र १ मा हार सहित २० अंकका साथ शीर्ष स्थानमा लिग अन्त्य गरेको छ । भारत ६ खेलमा ५ मा जित र १ मा हार सहित समान २० अंकका साथ दोस्रो स्थानमा रह्यो । यी दुबै टोली सेमिफाइनलमा पुगि सकेका छन् । दक्षिण अफ्रिका ५ खेलमा ३ मा जित र २ मा हार सहित १२ अंकका साथ तेस्रो स्थानमा छ । इंग्ल्यान्ड लेजेन्ड्स ५ खेलमा ३ मा जित र २ मा हार सहित १२ अंकका साथ चौथो स्थानमा छ । वेस्टइन्डिज ५ खेलमा ३ मा हार र २ मा जित सहित पाँचौं स्थानमा छ । बंगलादेश ५ खेलमा १ मा जित र ४ मा हार सहित पुछारमा छ ।
April 6, 2025
एजेन्सी – गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा तेस्रो जित हासिल गरेको छ । सनराइजर्स हैदराबादलाई ७ विकेटको हार चखाउँदै गुजरात ६ अंक सहित अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। जितको लागि १ सय ५३ रनको लक्ष्य पछ्याएको गुजरातले १६.४ ओभरमा मात्र ३ विकेट गुमाएर जित हात पारेको हो। गुजरातको सुरुवात कमजोर रहयो। १६ […]
April 6, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादले गुजरात टाइटन्सलाई जितको लागि १ सय ५३ रनको सहज चुनौती दिएको छ। राजीव गान्धी इन्टरनेशनल स्टेडियममा टस जितेर गुजरातले फिल्डिङ रोज्यो। पहिलो ब्याटिङ गरेको सनराइजर्सले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५२ रन जोड्यो। सनराइजर्सले खराब सुरूवात गर्यो। दुई ओपनर ट्राभिस हेड र अभिषेक शर्मा […]
April 6, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग आइपिएलमा आज सनराइजर्स हैदराबादले गुजरात टाइटन्सको सामना गर्दैछ। टस जितेर गुजरातले पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। अंक तालिकाको पुछारमा रहेको सनराइजर्स जितको दबाबमा रहेको छ। यो सिजन जितबाट सुरूवात गरेपनि यसपछि लगातर ३ हार बेहोरेको छ। जसको कारण प्ले अफ यात्रा कठिन बन्दै गएको छ। उसँग मात्र २ अंक […]