default_image

4 years ago

March 14, 2021

भारतलाई इंग्ल्यान्डको प्रतिस्पर्धात्मक लक्ष्य

102 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डले दोस्रो टि२० आई खेलमा घरेलु टोली भारतलाई १ सय ६५ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६४ रन बनायो ।

पहिलो ओभरको तेस्रो बलमै तीव्र गतिका बलर भुवनेश्वर कुमारले ओपनर जस बटलरलाई शून्यमा एलबिडब्लू आउट गर्दै भारतलाई पहिलो सफता दिलाएका थिए । दोस्रो विकेटका लागि जेसन रोय र डेविड मलानले ६३ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । स्पिनर युजभेन्द्र चहलले नवौं ओभरको दोस्रो बलमा मलानलाई २४ रनमा एलबिडब्लू आउट गर्दै साझेदारी तोडेका थिए । मलानले २३ बलमा ४ चौका प्रहार गरे ।

वासिन्टन सुन्दरको १२ औं ओभरको पहिलो बलमा ठूलो सट खेल्ने धुनमा ओपनर जेसन रोय ४६ रनमा भुवनेश्वरबाट समातिन पुगे । रोयले ३५ बलमा ४ चौका र २ छक्का प्रहार गरे । सुन्दरकै १४ औं ओभरको पाँचौं बलमा जोनी बेयरस्टो सूर्य कुमार यादवबाट २० रनमा क्याच आउट भए । बेयरस्टोले १५ बलमा १ चौका र १ छक्का प्रहार गरे ।

कप्तान ओईन मोर्गन २० बलमा ४ चौका सहित २८ रनमा आउट भए । बेन स्टोक्स २१ बलमा १ चौका सहित २४ रनमा क्याच आउट भए । इंग्ल्यान्डका साम करन ६ रनमा अविजित रहे ।

भारतका स्पिनर वासिन्टन सुन्दरले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । तीव्र गतिका बलर शार्दूल ठाकुरले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । युजभेन्द्र चहल र भुवनेश्वर कुमारले १–१ विकेट लिए ।

April 6, 2025

आइपिएलमा गुजरातलाई तेस्रो जित

एजेन्सी – गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा तेस्रो जित हासिल गरेको छ । सनराइजर्स हैदराबादलाई ७ विकेटको हार चखाउँदै गुजरात ६ अंक सहित अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। जितको लागि १ सय ५३ रनको लक्ष्य पछ्याएको गुजरातले १६.४ ओभरमा मात्र ३ विकेट गुमाएर जित हात पारेको हो। गुजरातको सुरुवात कमजोर रहयो। १६ […]

April 6, 2025

हैदराबादद्वारा गुजरातलाई सहज लक्ष्य

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादले गुजरात टाइटन्सलाई जितको लागि १ सय ५३ रनको सहज चुनौती दिएको छ। राजीव गान्धी इन्टरनेशनल स्टेडियममा टस जितेर गुजरातले फिल्डिङ रोज्यो। पहिलो ब्याटिङ गरेको सनराइजर्सले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५२ रन जोड्यो। सनराइजर्सले खराब सुरूवात गर्यो। दुई ओपनर ट्राभिस हेड र अभिषेक शर्मा […]

April 6, 2025

गुजरातले टस जित्यो

एजेन्सी – इण्डियन प्रिमियर लिग आइपिएलमा आज सनराइजर्स हैदराबादले गुजरात टाइटन्सको सामना गर्दैछ। टस जितेर गुजरातले पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। अंक तालिकाको पुछारमा रहेको सनराइजर्स जितको दबाबमा रहेको छ। यो सिजन जितबाट सुरूवात गरेपनि यसपछि लगातर ३ हार बेहोरेको छ। जसको कारण प्ले अफ यात्रा कठिन बन्दै गएको छ। उसँग मात्र २ अंक […]

Success

Thank you for your time.