8 years ago
October 14, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले हङकङमामा जारी आइसिसी महिला विश्वकप छनोटका दौरान एकपछि अर्को खेलमा प्रदर्शनमा सुधार गरिरहेको छ । आफ्नो पाँचौं तथा थाइल्यान्डविरुद्ध शुक्रबारको खेलमा नेपालले ब्याटिङमा सुधार गर्दै सय रन नघाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८ रन बनाएको छ ।
नेपाली टोलीकी पूर्व कप्तान नेरी थापाले उच्च अविजित ३२ रन बनाइन् । २५ बल खेलेकी उनले ३ चौका र १ छक्का प्रहार गरेकी थिइन् । इन्दु बर्माले ३६ बलमा ३ चौकासहित २६ रन जोडिन् । २० बल खेलेकी निर्मलाकुमारीले २ चौका साथ २० रन बनाइन् । ओपनर ज्योती पाण्डेले रनआउट हुनुअघि १३ रन जोडिन् । अर्की ओपनर रोशनी बोहराले भने २ रनमा बनाइन् । कप्तान रुविना क्षेत्रीले अविजित १० रन जोड्ने क्रममा एक छक्का प्रहार गरिन् ।
एसियाबाट आइसिसी महिला विश्वकप ग्लोबल छनोटमा पुग्नका लागि थाइल्यान्डसँगको खेल महत्वपूर्ण छ । अघिल्ला ४ मध्ये दुई खेल जितेको नेपालले थाइल्यान्डलाई हराउन सके ग्लोबल छनोटमा पुग्ने सम्भावना जीवित रहनेछ । थाइल्यान्डसँगको खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । त्यो खेलमा नेपालले ७६ रन मात्र बनाउन सकेको थियो । थाइल्यान्डका लागि चानिदा सुथिरुङले २ र सिलिपोर्न लाउमीले १ विकेट लिएकी थिइन् ।
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा बागमती प्रदेशलाई हराएको छ । आइतवार दाङमा भएको खेलमा लुम्बिनीले बागमतीमाथी ४८ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बागमती २२.५ ओभरमा ६७ रनमा समेटियो । बागमतीका लागि कप्तान पुथु बास्कोटाले सर्वाधिक १५ रन जोडे […]