4 years ago
March 14, 2021
एजेन्सी – इंग्ल्यान्डसँगको दोस्रो टि२० खेलमा भारतका दुई स्टार ब्याट्सम्यान सूर्यकुमार यादव र ईशान किशनले डेब्यू गरेका छन् । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा भारतका कप्तान विराट कोहलीले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् ।
इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सबाट खेल्ने ईशान किशन र सूर्य कुमार यादवले भारतका लागि पहिलो खेल खेल्दै छैनन् । सूर्यको डेब्यू निकै प्रतीक्षाको रुपमा रहँदै आएको थियो । भारतले आजको खेलमा दुई परिवर्तन गरेको छ ।
कप्तान विराट कोहलीले ओपनर शिखर धवन र अलराउन्डर अक्षर पटेलको स्थानमा सूर्य र किशनलाई डेब्यू गराएका छन् । आइपिएल स्टार सूर्य र किशनले भारतीय घरेलु क्रिकेटमा पनि निरन्तर उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । इंग्ल्यान्डले एक परिवर्तन गरेको छ । तीव्र गतिका बलर मार्क वुडको स्थानमा टम करन खेलेका छन् ।
मैदानको चारैतर्फ सट प्रहार गर्न सिपालु ३० वर्षिय सूर्य आक्रामक र ठूला सटका लागि परिचित छन् । सूर्यले लगातार भारतीय क्रिकेट र आइपिएलमा उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । सूर्य मौका नपाएर ओझेलमा परेका एक उत्कृष्ट ब्याट्सम्यानको रुपमा भारतीय क्रिकेटमा परिचित नाम हुन् । गत आइपिएलमा मुम्बईलाई च्याम्पियन बनाउन सूर्यले १५ इनिङमा ४ सय ८० रन बनाएका थिए । धेरैले सूर्यलाई भारतीय एवी डिभिलियर्स पनि भन्ने गर्दछन् ।
२२ वर्षिय बायाँ हाते विकेटककिपर ब्याट्सम्यान इशन किशन पनि ठूला सट र इनिङको लागि परिचित छन् । किशनले १३ इनिङमा ४ पटक अविजित रहँदै कुल ५ सय १६ रन बनाएका थए । जसमा ५ अर्धशतक सामेल थियो । उक्त सिजनमा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी बनेका उनले कुल ३० छक्का प्रहार गरेका थिए ।
पहिलो खेलमा इंग्ल्यान्ड ८ विकेटले विजयी हुँदै पाँच टि२० आई सिरिजमा १-० को अग्रता लिएको छ । यी दुई टोलीबीच १५ टि२० आई खेल भएको छ । इंग्ल्यान्ड ८ खेलमा विजयी हुँदा ७ खेलमा पराजित भएको छ । पछिल्ला पाँच टि२० खेलमा ३ खेलमा भारत विजयी हुँदा २ खेलमा पराजित भएको छ ।
भारतको प्लेइङ ११ : लोकेश राहुल, सूर्य कुमार यादव, विराट कोहली (कप्तान), श्रेयस ऐर, ऋषभ पन्त, हार्दिक पान्ड्या, वासिन्टन सुन्दर, ईशान किशन, भुवनेश्वर कुमार, शार्दुल ठाकुर र युजभेन्द्र चहल ।
इंग्ल्यान्डको प्लेइङ ११ : जेसन रोय, जस बटलर (विकेटकिपर), डेविड मलान, जोनी बेयरस्टो, ओईन मोर्गन (कप्तान), बेन स्टोक्स, साम करन, जोफ्रा आर्चर, क्रिस जोर्डन, आदिल राशिद र टम करन ।
April 6, 2025
एजेन्सी – गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा तेस्रो जित हासिल गरेको छ । सनराइजर्स हैदराबादलाई ७ विकेटको हार चखाउँदै गुजरात ६ अंक सहित अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। जितको लागि १ सय ५३ रनको लक्ष्य पछ्याएको गुजरातले १६.४ ओभरमा मात्र ३ विकेट गुमाएर जित हात पारेको हो। गुजरातको सुरुवात कमजोर रहयो। १६ […]
April 6, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादले गुजरात टाइटन्सलाई जितको लागि १ सय ५३ रनको सहज चुनौती दिएको छ। राजीव गान्धी इन्टरनेशनल स्टेडियममा टस जितेर गुजरातले फिल्डिङ रोज्यो। पहिलो ब्याटिङ गरेको सनराइजर्सले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५२ रन जोड्यो। सनराइजर्सले खराब सुरूवात गर्यो। दुई ओपनर ट्राभिस हेड र अभिषेक शर्मा […]
April 6, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग आइपिएलमा आज सनराइजर्स हैदराबादले गुजरात टाइटन्सको सामना गर्दैछ। टस जितेर गुजरातले पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। अंक तालिकाको पुछारमा रहेको सनराइजर्स जितको दबाबमा रहेको छ। यो सिजन जितबाट सुरूवात गरेपनि यसपछि लगातर ३ हार बेहोरेको छ। जसको कारण प्ले अफ यात्रा कठिन बन्दै गएको छ। उसँग मात्र २ अंक […]