4 years ago
March 14, 2021
एजेन्सी – युवा लेगस्पिनर राशिद खानको उत्कृष्ट कीर्तिमानी बलिङको सहयोगमा अफगानिस्तानले दोस्रो टेष्ट खेलमा जिम्बावेलाई ६ विकेटले पराजित गरेको छ ।
योसँगै दुई टेष्ट खेलको सिरिज १-१ को बराबरीमा सकिएको छ । जितको लागि १ सय ८ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले २६.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । अफगानिस्तानका रहमत शाहले ५८ र इब्राहिम जद्रानले २९ रनको योगदान दिए । जिम्बावेका रायल बुर्ल र मुर्जाबानीले २-२ विकेट लिए ।
फलोअनमा परेको जिम्बावेले दोस्रो इनिङमा ३ सय ६५ रनमा अल आउट भयो । कप्तान शन विलियम्स ३ सय ९ बलमा १३ चौका र १ छक्का सहित १ सय ५१ रनमा अविजित रहे ।
डोनाल्ड तिरिपानो २ सय ५८ बलमा १६ चौका सहित ९५ रनमा आउट भए । आठौं विकेटका लागि शन र डोनाल्डले १ सय ८७ रनको उत्कृष्ट साझेदारी गरेका थिए । अफगानिस्तानका राशिद खानले ७ विकेट लिए । राशिद खानले दोस्रो टेष्टमा समग्रमा ९९.२ ओभर बलिङ गर्दै १ सय ३७ रन खर्चेर ११ विकेट लिएका थिए । जुन २१ औं शताब्दीमा गरेको सर्वाधिक धेरै बलिङ पर्दछ ।
त्यसअघि जिम्बावे पहिलो इनिङमा २ सय ८७ रनमा अल आउट हुँदै फलोअनमा परेको थियो । जिम्बावेका सिकन्दर राजाले सर्वाधिक ८५ रन बनाए । अफगानिस्तानका राशिद खानले ४ र अमिर हम्जाले ३ विकेट लिए ।
शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले पहिलो इनिङमा ५४५-४ को अवस्थामा इनिङ समाप्तिको घोषणा गरेको थियो । अफगानिस्तानका हशमतुल्लाह शाहिदी ४ सय ४३ बलमा २१ चौका र १ छक्का सहित २ सय रनमा अविजित रहे । समग्रमा अफगानिस्तानबाट टेष्टमा शतक प्रहार गर्ने उनी तेस्रो खेलाडी हुन् ।
कप्तान अस्गर अफगान २ सय ५७ बलमा १४ चौका र २ छक्का सहित १ सय ६४ रनमा आउट भए । अफगानको पनि टेष्ट करिअरको पहिलो शतक हो । चौथो विकेटका लागि हशमतुल्लाह शाहिदी र अस्गर अफगानले ३ सय ७ रनको उत्कृष्ट साझेदारी गरेपछि अफगानिस्तान पहिलो इनिङमा आफ्नो टेष्ट इतिहासकै सर्वाधिक योगफल हो । उक्त साझेदारी अफगानिस्तानबाट टेष्टमा बनेको सर्वाधिक पर्दछ ।
इब्राहिम जद्रान १ सय ३० बलमा ८ चौका सहित ७२ रनमा क्याच आउट भए । जावेद अहमद ४ र रहमात शाह २३ रनमा आउट भए । नसिर जमाल ५५ रनमा अविजित रहे । जिम्बावेका रयान र्बुल, मुर्जाबानी र भिक्टर न्याउची १–१ विकेट लिए ।
पहिलो टेष्टमा जिम्बावे १० विकेटले विजयी भएकोा थियो । जिम्बावेका कप्तान शन विलियम्स प्लेयर अफ द सिरिज भए ।
April 6, 2025
एजेन्सी – गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा तेस्रो जित हासिल गरेको छ । सनराइजर्स हैदराबादलाई ७ विकेटको हार चखाउँदै गुजरात ६ अंक सहित अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। जितको लागि १ सय ५३ रनको लक्ष्य पछ्याएको गुजरातले १६.४ ओभरमा मात्र ३ विकेट गुमाएर जित हात पारेको हो। गुजरातको सुरुवात कमजोर रहयो। १६ […]
April 6, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादले गुजरात टाइटन्सलाई जितको लागि १ सय ५३ रनको सहज चुनौती दिएको छ। राजीव गान्धी इन्टरनेशनल स्टेडियममा टस जितेर गुजरातले फिल्डिङ रोज्यो। पहिलो ब्याटिङ गरेको सनराइजर्सले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५२ रन जोड्यो। सनराइजर्सले खराब सुरूवात गर्यो। दुई ओपनर ट्राभिस हेड र अभिषेक शर्मा […]
April 6, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग आइपिएलमा आज सनराइजर्स हैदराबादले गुजरात टाइटन्सको सामना गर्दैछ। टस जितेर गुजरातले पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। अंक तालिकाको पुछारमा रहेको सनराइजर्स जितको दबाबमा रहेको छ। यो सिजन जितबाट सुरूवात गरेपनि यसपछि लगातर ३ हार बेहोरेको छ। जसको कारण प्ले अफ यात्रा कठिन बन्दै गएको छ। उसँग मात्र २ अंक […]