4 years ago
March 16, 2021
भुपेन्द्र जिसी, काठमाडौं
नेपाली क्रिकेटमा ब्याटिङ सबैभन्दा ठूलो चिन्ताको विषय हो । महिला होस् वा पुरुष, उमेर समूह होस् वा सिनियर सबै अन्तर्राष्ट्रिय प्रतियोगितामा हारको कारण कमजोर ब्याटिङ नै रहँदै आएको छ ।
नेपाली क्रिकेटमा शतक कमै मात्रमा देखिन्छ । व्यक्तिगत अर्धशतकका लागि नै खेलाडीहरु संघर्ष गरेको देखिन्छ । तर पछिल्ला समय अर्धशतकको संख्या बढ्दो छ । शनिबार सम्पन्न काठमाडौं मेयर कप–२०७७ एकदिवसिय क्रिकेट लिगको समग्र प्रर्दशन हेर्दा नेपाली क्रिकेटमा ब्याटिङ सुधारको संकेत देखाउछ । काठमाडौं मेयर कपमा कुल ३ शतक र १५ अर्धशतक बने । दुई शतक एकै खेलमा बनेका थिए । शतक हान्ने सबै खेलाडी राष्ट्रिय टोलीका प्रमुख मध्यका थिए ।
मेयर कपको लिगको नवौं खेलमा बागमती प्रदेश र आर्मीबीचको खेलमा दुई शतक बनेको थियो । उक्त खेलमा कुल ५ सय २२ रन बनेको थियो । पारस खड्काले १ सय १९ रनको शतकीय इनिङ खेलेपछि बागमती ४९.४ ओभरमा २ सय ६६ रनमा अल आउट भएको थियो । २ सय ६७ रनको विजयी लक्ष्य पछ्याएको आर्मी ४७.१ ओभरमा २ सय ५६ रनमा अल आउट भएको थियो । एक समय ७९–४ को कमजोर अवस्थाबाट कप्तान विनोद भण्डारीले १ सय १९ रनको उत्कृष्ट शतकीय इनिङ खेल्दै कडा प्रतिस्पर्धा दिएका थिए । नेपाली घरेलु क्रिकेटमा एकै खेलको दुवै इनिङमा शतक बनेको सायद यो पहिलो अवसर थियो ।
पुलिसले प्रस्तुत गरेको २ सय ५९ रनको लक्ष्य एपिएफले २ बल अगाडि ९ विकेटको क्षतिमा पूरा गर्यो । जुन घरेलु क्रिकेटको एक उत्कृष्ट सफलतापूर्वक पूरा गरेको ठूलो लक्ष्यमा पर्छ । उक्त खेलमा एपिएफका सुबास खकुरेल, सन्दीप जोरा, सुमित महर्जन र आसिफ शेखले राम्रो प्रर्दशन गरे । दीपेन्द्रसिंह ऐरीको १ सय ४० रनको शतकीय इनिङ खेर गएको थियो ।
मेयर कपको पहिलो खेलमै नेपाल एपिएफ क्लबले नेपाल आर्मी क्लबले २ सय ३६ रनको विजयी लक्ष्य २ बल अगाडि ९ विकेटको क्षतिमा पूरा गरेको थियो । एक समय ८६–६ को कमजोर अवस्थाबाट एपिएफले उत्कृष्ट प्रर्दशनका साथ उक्त लक्ष्य पूरा गरेको थियो । शीर्षक्रमका ब्याट्सम्यान चल्न नसक्दा तल्लोक्रमका ब्याट्सम्यानको उत्कृष्ट प्रर्दशनमा राम्रो योगफलको आधार तय गर्न सकेको थियो ।
ब्याट्सम्यानले राम्रो ब्याटिङको श्रेय टियु क्रिकेट मैदानको पिचलाई दिएका छन् । आर्मीविरुद्ध शतक हानेपछि पिच निकै राम्रो रहेको पारसको जवाफ थियो । ‘प्रतियोगिताभर पिच एकदमै राम्रो छ । राम्रो पिच हुँदा बराबर प्रतिस्पर्धा हुन्छ भन्ने सन्देश देखिएको छ । हामी जहिल्यै पनि टियुको मैदानबारे आलोचना गर्छौ । यसको श्रेय मैदानका कर्मचारीलाई दिनुपर्छ’, पारसले शतकपछि भनेका थिए । पारसले यो किसिमको पिच आगामी दिनमा पनि देख्न पाउने आशा राखे ।
टियुको पिच राम्रो हुनुमा लकडाउनको कारण राम्रोसँग पिचले विश्राम पाएको र काम गर्न पाएको मैदानका ग्राउन्ड्सम्यान विशन मण्डल बताउँछन् । ‘ब्याटिङ र बलिङ दुवै पिच राम्रो भएको छ । लकडाउन भएपनि पिचमा काम गरिरहेका थियौं । घाँस रोप्यौं । लकडाउनले गर्दा पिचलाई पहिला विश्राम (रेष्ट) थिएन । अहिले विश्राम पायो । जसले धेर विश्राम पाएपछि राम्रो हुन पुगेको हो’, मण्डलले भने ।
टियुको मैदानको तारिफ चलि रहँदा मुलपानी मैदानको चर्को आलोचना भयो । मुलपानीमा यो स्तरको खेल खेलाउनै नहुने धेरैको तर्क छ । मुलपानीमा लिगका चार खेल भए । दुई खेलमा एक सय रन पनि कट्न सकेन । मुलपानीको पहिलो खेलमै बागमती प्रदेशले पुलिसले प्रस्तुत गरेको ७३ रनको लक्ष्य पछ्याउने क्रममा २७.२ ओभरमा ७० रनमा अल आउट भएको थियो ।
मुलपानीमा मेयर–११ ले बागमती प्रदेशविरुद्ध ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४४ रन बनाएको थियो । उक्त लक्ष्य पछ्याउने क्रममा बागमती ३४.३ ओभरमा १ सय ५० रनमा अल आउट भएको थियो । मुलपानीमा आर्मी पुलिससँग ८७ रनमै अल आउट भएको थियो । पुलिसले उक्त लक्ष्य ७ विकेट गुमाउँदै १९ औं ओभरमा भेट्टाएको थियो ।
नेपाली ब्याटिङ सुधारको लागि पिचको स्तरको महत्व मेयरकपबाट क्यान प्रष्ट हुनुपर्छ । मुलपानीमा खेल गराएर झारा टार्नेकाम क्यानले बन्द गर्नुपर्छ । साँच्चै नेपाली क्रिकेटको विकाश गर्ने हो भने घरेलु संरचना देखि प्रतियोगिता लगायतक सबै कुरामा क्यानले सुधार गर्न आवश्यक देखिन्छ ।
अघिल्लो महिना प्रधानमन्त्री कप खेलेको हुँदा पनि खेलाडीमा धेरै सुधार देखिएको थियो । प्रधानमन्त्री कपको गल्तिबाट सिक्दै मेयर कपमा केहि खेलाडीले राम्रो प्रर्दशन गरे । यसले खेलाडीमा खेलको अनुभवको महत्व प्रष्ट पार्छ । केहि हदसम्म प्रशिक्षक डेभ ह्वाटमोरको प्रभाव झल्किन्छ । डेढ महिना देखि विश्वकप विजेता प्रशिक्षक ह्वाटमोर नेपालमा छन् ।
प्रधानमन्त्री कपको समयमा नेपाल आएका उनी झन्डै एक महिना नेपाली खेलाडीसँग बन्द प्रशिक्षणमा रहे । पहिलो र दोस्रो चरणमा क्यानले बन्द प्रशिक्षण गराएको थियो । पहिलो चरणका खेलाडीले एक साता र दोस्रो चरणको बन्द प्रशिक्षणमा खेलाडीले दुई साता अभ्यास गरे । खेल पछि उनले दुवै टोलीका खेलाडीसँग भेटर सल्लाह र सुझाव दिइरहेका थिए ।
तत्कालको लागि नेपालको अन्तर्राष्ट्रिय खेल नहुँदा खेलाडीलाई व्यस्त राख्ने घरेलु क्रिकेट नै प्रमुख आधार हो । क्यान यी दुई प्रतियोगितामा मात्र समिति रहनु हुँदैन । जति धेरै खेलाडीले खेलको अनुभव लिदै जान्छन् त्यतिनै प्रर्दशनमा निखारता आउँछ । त्यसको लागि क्यानले निजि र सरकारी दुवै क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न आवश्यक देखिन्छ ।
राष्ट्रिय स्तरको दुई चार वटा प्रतियोगिताले मात्र नेपाली क्रिकेट आफ्नो सफताको शिखर भने चढ्न सक्दैन । त्यसको लागि ग्रासरुट विकास र उमेर समूहको प्रतियोगितालाई पनि विशेष ध्यान दिन आवश्यक देखिन्छ । क्यानले उमेर समूह देखि सिनियर सम्मका खेलाडीलाई वर्षभर व्यस्त राख्ने कार्यक्रम ल्याउन आवश्यक देखिन्छ ।
February 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा १ खेल अगावै उपाधी जित्ने लक्ष्यमा थाइल्याण्ड नेदरल्याण्ड्ससँग खेल्दैछ । दुईबीचको खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा दिउँसो १२ः१५ बजे सुरु हुनेछ । सिरिजमा थाइल्याण्ड पाँचौ जित निकाल्दै सिरिज जित्ने लक्ष्यमा छ । थाइल्याण्डले नेपाल र नेदरल्याण्ड्ससँग खेलेका दुवै खेलमा जित हासिल गरेको थियो । नेदरल्याण्ड्सलाई भने […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]