4 years ago
March 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब कप्तान विनोद भण्डारीले काठमाडौं मेयर कप–२०७७ एकदिवसिय क्रिकेट लिगमा बागमती प्रदेशविरुद्ध आक्रामक शतक प्रहार गरेका छन् ।
टियु मैदानमा जितको लागि २ सय ६७ रनको विजयी लक्ष्य पछ्याउने क्रममा कप्तान विनोदले उत्कृष्ट शतक प्रहार गर्दै टोलीलाई जिततर्फ अघि बढाएका छन् । विनोदले ९६ बलमा ८ चौका र ५ छक्का सहित शतक प्रहार गरेका छन् । विनोदले ४२ औं ओभरको चौथो बलमा स्पिनर अरियो पौडेललाई लङअङतर्फ बल प्रहार गर्दै सिंगलका साथ शतक पूरा गरेका थिए । आर्मीले ४२ ओभरमा ७ विकेट गुमाउँदै २ सय ३३ रन बनाएको छ ।
विनोदले अघिल्लो महिना सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशविरुद्ध १ सय ११ रनको अविजित शतकीय इनिङ खेलेका थिए । घरेलु क्रिकेटका विनोदको यो तेस्रो शतक हो ।
लोकेश ३८ बलमा ७ चौका र १ छक्का सहित ४६ रनमा आउट भए । हरि चौहान ९, रोहित कुमार पौडेल १५, कुशल मल्ल शून्य, राजेश ९ रनमा आउट भए । स्पिनर अरियो पौडेल र रामनरेश गिरीले २–२ विकेट लिए । नन्दन यादव, पारस खड्का र सोनु देवकोटाले १–१ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको बागमती ४९.४ ओभरमा २ सय ६६ रनमा अल आउट भएको थियो । बागमतीका पारस खड्काले १ सय ३३ बलमा ११ चौका र २ छक्का सहित १ सय १९ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।
April 4, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जायन्ट्सकाविरुद्ध मुम्बई इण्डियन्सले टस जितेको छ । अटल बिहारी वाजपेयी ऐकना क्रिकेट स्टेडियममा पाहुना टोली मुम्बईका कप्तान हार्दिक पाण्ड्याले टस जितेर बलिङ रोजेका हुन् । मुम्बई पछिल्लो खेलमा कोलकाता नाइट राइडर्सलाई पराजित गरेर लखनउको घरेलु मैदानमा पुगेको छ । लखनउ पञ्जाब किंग्ससँग पराजित भएको थियो । […]
April 4, 2025
एजेन्सी – क्यानाडा क्रिकेट टोलीका कप्तान निकोलस किर्तनलाई बार्बाडोसमा प्रहरीले पक्राउ गरेको छ । नर्थ अमेरिकन कपको तयारीमा रहेका किर्तनलाई बार्बाडोस प्रहरीले गत आइतवार हिरासतमा लिएको बताइएको छ । ‘क्रिकेट क्यानडालाई राष्ट्रिय टोलीका खेलाडी निकोलस किर्टनमाथि लागेको आरोप र हिरासतबारे जानकारी गराइएको छ,’बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ हामी स्थितिको निगरानी गरिरहेका छौं र […]
April 4, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज मुम्बई इण्डियन्स र लखनउ सुपर जायन्ट्सबीच खेल हुँदैछ । अटल बिहारी वाजपेयी ऐकना क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार शुक्रबार बेलुका ७ः४५ बजे सुरु हुनेछ । मुम्बई पछिल्लो खेलमा कोलकाता नाइटराइडर्सलाई पराजित गरेर लखनउको घरेलु मैदानमा पुगेको छ । लखनउ पञ्जाब किंग्ससँग पराजित भएको थियो । समान ३ […]