default_image

4 years ago

March 11, 2021

एपिएफ काठमाडौं मेयर कपको फाइनलमा

93 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब काठमाडौं मेयर कप–२०७७ एकदिवसिय क्रिकेट लिगको फाइनलमा पुगेको छ । बिहिबार एपिएफले सन्दीप लामिछाने कप्तान रहेको काठमाडौं मेयर–११ लाई ७ विकेटले हराउँदै एपिएफ फाइनलमा पुगेको हो ।

जितको लागि १ सय ७८ रनको विजयी लक्ष्य पछ्याएको एपिएफले ४४.१ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । एपिएफको जितमा कप्तान शरद भेषावकर १ सय १८ बलमा ५ चौका र १ छक्का सहित ६१ रनमा अविजित रहे । युवा ब्याट्सम्यान सन्दीप जोरा ७९ बलमा ९ चौका सहित ६२ रनमा अविजित रहे । चौथो विकेटका लागि शरद र सन्दीपले १ सय २१ रनको अविजित उत्कृष्ट शतकीय साझेदारी गरेपछि सहज जितका साथ एपिएफ फाइनलमा पुगेको हो ।

ओपनर शंकर राना ४९ बलमा ५ चौका सहित ३१ रनमा आउट भए । आसिफ शेख शून्य र भुवन कार्कीले ११ रन बनाए । अनिल खरेल, अनुज चनारा र सन्दीप लामिछानेले १–१ विकेट लिए ।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको मेयर–११ ४८.५ ओभरमा १ सय ७७ रनमा अल आउट भयो । मेयर–११ का युवा ब्याट्सम्यान सन्दीप रजालीले ८३ बलमा ५ चौका सहित सर्वाधिक ४८ रनको योगदान दिए । हरि शंकर शाहले ५७ बलमा २ चौका र २ छक्का सहित ३६ रन बनाए । अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् ।

अभिनाश बोहराले तेस्रो ओभरको पहिलो बलमा ओपनर विपिन रावललाई ४ रनमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाए । दशौं ओभरको चौथो बलमा खडक बोहरा १३ रनमा रन आउट हुन पुगे । बोहराले २७ बलमा १ चौका प्रहार गरे ।

तेस्रो विकेटका लागि सन्दीप रजाली र हरि शंकर शाहले ६५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । तर २८ औं ओभरको दोस्रो बलमा रजालीलाई कमलसिंह ऐरीले बोल्ड आउट गरेपछि मेयर–११ एकपछि अर्को विकेट गुमाउँदै समेटिएको हो ।

सौरभ खनाल र सिद्धान्त लोहनी ८–८ रनमा क्याच आउट भए । सन्दीप लामिछानेले ११, विक्रम भुषाल २०, नारायण जोशी ४ र अनिल खरेल २ रनमा आउट भए । अनुज चनारा ८ रनमा अविजित रहे । मेयर ११ ले १५ अतिरिक्त रन पाएको थियो ।

एपिएफका तीव्र गतिका बलर अभिनाश बोहराले ८.५ ओभरमा ४१ रन खर्चेर ३ विकेट लिए । कमलसिंह ऐरीले १० ओभरमा ३ मेडन सहित २५ रन खर्चेर ३ विकेट लिए । शरद भेषावकर, भुवन कार्की र वसन्त रेग्मीले १–१ विकेट लिए ।

एपिएफले शनिबार उपाधिको लागि नेपाल पुलिस क्लबसँग खेल्ने छ । पुलिस ४ खेलमा ३ मा जित र १ मा हार सहित फाइनलमा पुगि सकेको छ । प्रधानमन्त्री कपको विजेता आर्मी, बागमती प्रदेश र मेयर ११ लिग चरणबाटै बाहिरिएका छन् ।

April 4, 2025

मुम्बईले टस जित्यो

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जायन्ट्सकाविरुद्ध मुम्बई इण्डियन्सले टस जितेको छ । अटल बिहारी वाजपेयी ऐकना क्रिकेट स्टेडियममा पाहुना टोली मुम्बईका कप्तान हार्दिक पाण्ड्याले टस जितेर बलिङ रोजेका हुन् । मुम्बई पछिल्लो खेलमा कोलकाता नाइट राइडर्सलाई पराजित गरेर लखनउको घरेलु मैदानमा पुगेको छ । लखनउ पञ्जाब किंग्ससँग पराजित भएको थियो । […]

April 4, 2025

क्यानडाका कप्तान प्रहरी हिरासतमा

एजेन्सी – क्यानाडा क्रिकेट टोलीका कप्तान निकोलस किर्तनलाई बार्बाडोसमा प्रहरीले पक्राउ गरेको छ । नर्थ अमेरिकन कपको तयारीमा रहेका किर्तनलाई बार्बाडोस प्रहरीले गत आइतवार हिरासतमा लिएको बताइएको छ । ‘क्रिकेट क्यानडालाई राष्ट्रिय टोलीका खेलाडी निकोलस किर्टनमाथि लागेको आरोप र हिरासतबारे जानकारी गराइएको छ,’बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ हामी स्थितिको निगरानी गरिरहेका छौं र […]

April 4, 2025

आइपिएलमा मुम्बई र लखनउ खेल्दै

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज मुम्बई इण्डियन्स र लखनउ सुपर जायन्ट्सबीच खेल हुँदैछ । अटल बिहारी वाजपेयी ऐकना क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार शुक्रबार बेलुका ७ः४५ बजे सुरु हुनेछ । मुम्बई पछिल्लो खेलमा कोलकाता नाइटराइडर्सलाई पराजित गरेर लखनउको घरेलु मैदानमा पुगेको छ । लखनउ पञ्जाब किंग्ससँग पराजित भएको थियो । समान ३ […]

Success

Thank you for your time.