default_image

8 years ago

October 13, 2016

महिला विश्वकप छनोटमा नेपालको अर्को जित, करुणाको भूमिका महत्वपूर्ण

103 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले हङकङमा जारी आइसिसी महिला विश्वकप छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ । करुणा भण्डारीको प्रदर्शनबाट प्रेरित नेपालले बिहीबार आयोजक हङकङलाई ६ रनले हराउँदै विश्वकप छनोटको सम्भावना जीवित राखेको छ । यसअघि नेपालले चीनमाथि जित हासिल गरेको थियो । त्यसअघिका दुई खेलमा नेपाल हङकङ र थाइल्यान्डसँग पराजित भएको थियो । प्रतियोगितामा सहभागी सबै टोलीले एक अर्कासँग दुई पटक खेल्नुपर्ने भएकाले आज पुनः नेपाल र हङकङबीच प्रतिस्पर्धा भएको थियो । यी दुई टोलीको पहिलो भेटमा हङकङ ६ विकेटले विजयी भएको थियो । ४ खेलमा नेपालको अंक ४ छ ।

14680752_10154486610427165_5371891079729043848_n
कमजोर ब्याटिङ गर्नाका वावजुद नेपालले ७५ रनको झिनो स्कोरको बचाउ गरेको थियो । ७६ रनको लक्ष्य पछ्याएको हङकङले १७.४ ओभरमा सबै विकेट गुमाएर ६९ रनमात्र बनाउन सकेको थियो । हङकङलाई लक्ष्यमा पुग्नबाट रोक्ने क्रममा करुणाको भूमिका महत्वपूर्ण रह्यो । ४ ओभर बलिङ गरेकी करुणाले १७ रन खर्चेर ३ विकेट लिएकी थिइन् । करुणा प्लेयर अफ दी म्याच चुनिएकी थिइन् । सरिता मगरले ४ ओभरमा १५ रन दिएर २ विकेट लिइन् भने कप्तान रुविना क्षेत्री, निर्मलाकुमारी र सवनम राईले पनि समान १ विकेट हात पारे ।
हङकङका लागि तीन खेलाडीले मात्र दोहोरो आकडामा रन जोड्न सके । कारे चानले १८, कप्तान मारिको हिलले १३ र किनु गिलले १० रन बनाइन् ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालको प्रदर्शन पनि कमजोर रह्यो । ब्याटिङमा पनि करुणाले सबैभन्दा बढी स्कोर गरिन् । २७ बलमा उनले २ चौकाका सात उच्च १९ रन बनाइन् । इन्दु बर्माले १५, ज्योति पाण्डेले ११ र नेरी थापाले १० रन जोडिन् । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । छनोटको अर्को खेलमा चीनले थाइल्यान्डलाई ३ विकेटले हराएको छ । छनोटमा शुक्रबार नेपाल र थाइल्यान्ड तथा हङकङ र चीनबीच प्रतिस्पर्धा हुनेछ । शीर्ष टोली अर्को बर्ष हुने आइसिसी महिला विश्वकप ग्लोबल छनोटमा पुग्नेछ ।

March 16, 2025

पिएम कप – एपिएफले कर्णालीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]

March 16, 2025

वर्षाका कारण नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]

March 16, 2025

पिएम कप – लुम्बिनीले बागमतीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा बागमती प्रदेशलाई हराएको छ । आइतवार दाङमा भएको खेलमा लुम्बिनीले बागमतीमाथी ४८ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बागमती २२.५ ओभरमा ६७ रनमा समेटियो । बागमतीका लागि कप्तान पुथु बास्कोटाले सर्वाधिक १५ रन जोडे […]

Success

Thank you for your time.