default_image

4 years ago

March 11, 2021

थरंगाको उत्कृष्ट ब्याटिङमा श्रीलंका सहज जित

111 views

0 Bookmark

एजेन्सी – शीर्षक्रमका ब्याट्सम्यान तथा विकेटकिपर उपुल थरंगाको उत्कृष्ट ब्याटिङको सहयोगमा श्रीलंका लेजेन्ड्सले रोड सेफ्टी विश्व टि२० सिरिजमा बंगलादेश लेजेन्ड्समाथि ४२ रनको सहज जित हात पारेको छ ।

जितको लागि १ सय ८१ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेश लेजेन्ड्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३८ रन बनायो ।

ओपनर नाजिमुद्दीनले ४१ बलमा ५ चौका र २ छक्का सहित सर्वाधिक ५४ रन बनाए । मेहराब हुसेन २७ र खलिद मसुद २८ रन बनाए । श्रीलंका कप्तान तिलकरत्ने दिलशानले ३ र धम्मिका प्रसादले २ विकेट लिए ।

त्यसअघि रायपुरमा टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंका लिजेन्ड्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८० रन बनाएको थियो । श्रीलंका उपुल थरंगा ४७ बलमा ११ चौका र ५ छक्का सहित ९९ रनमा अविजित रहे । शतक बनाउन अन्तिम बलमा दुई रन आवश्यक हुँदा नन स्ट्राइका नुवान कुलसेकरा दोस्रो रन बटुल्ने क्रममा रन आउट हुन पुगेपछि थरंगा शतक बनाउन एक रनले चुकेका थिए । ओपनर तथा कप्तान तिलकरत्ने दिलशान ३३, सनथ जयसूर्या ४, चमेरा शिल्भा २४ र महरुफ १२ रनमा आउट भए । बंगलादेशका मोहम्मद शारिफ, राजिन सालेह र मोहमम्द रफिकले १–१ विकेट लिए ।

श्रीलंका ५ खेलमा ४ मा जित र १ मा हार सहित शीर्षस्थानमा छ । बंगलादेश ३ खेलमानै पराजित हुँदै पुछारमा छ । श्रीलंकाले आइतबार इंग्ल्यान्ड र बंगलादेशले शुक्रबार वेस्टइन्डिजसँग खेल्ने छ ।

April 4, 2025

मुम्बईले टस जित्यो

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जायन्ट्सकाविरुद्ध मुम्बई इण्डियन्सले टस जितेको छ । अटल बिहारी वाजपेयी ऐकना क्रिकेट स्टेडियममा पाहुना टोली मुम्बईका कप्तान हार्दिक पाण्ड्याले टस जितेर बलिङ रोजेका हुन् । मुम्बई पछिल्लो खेलमा कोलकाता नाइट राइडर्सलाई पराजित गरेर लखनउको घरेलु मैदानमा पुगेको छ । लखनउ पञ्जाब किंग्ससँग पराजित भएको थियो । […]

April 4, 2025

क्यानडाका कप्तान प्रहरी हिरासतमा

एजेन्सी – क्यानाडा क्रिकेट टोलीका कप्तान निकोलस किर्तनलाई बार्बाडोसमा प्रहरीले पक्राउ गरेको छ । नर्थ अमेरिकन कपको तयारीमा रहेका किर्तनलाई बार्बाडोस प्रहरीले गत आइतवार हिरासतमा लिएको बताइएको छ । ‘क्रिकेट क्यानडालाई राष्ट्रिय टोलीका खेलाडी निकोलस किर्टनमाथि लागेको आरोप र हिरासतबारे जानकारी गराइएको छ,’बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ हामी स्थितिको निगरानी गरिरहेका छौं र […]

April 4, 2025

आइपिएलमा मुम्बई र लखनउ खेल्दै

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज मुम्बई इण्डियन्स र लखनउ सुपर जायन्ट्सबीच खेल हुँदैछ । अटल बिहारी वाजपेयी ऐकना क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार शुक्रबार बेलुका ७ः४५ बजे सुरु हुनेछ । मुम्बई पछिल्लो खेलमा कोलकाता नाइटराइडर्सलाई पराजित गरेर लखनउको घरेलु मैदानमा पुगेको छ । लखनउ पञ्जाब किंग्ससँग पराजित भएको थियो । समान ३ […]

Success

Thank you for your time.