4 years ago
March 10, 2021
काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर तथा कप्तान सन्दीप लामिछाने, विपिन खत्री र हरि शंकर शाह चम्कँदा नेपाल पुलिस क्लबले काठमाडौं मेयर कप–२०७७ एकदिवसिय क्रिकेट लिगमा काठमाडौं मेयर–११ लाई १ सय ९८ रनको मध्यम लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको पुलिस ४७.४ ओभरमा १ सय ९७ रनमा अल आउट भयो । पुलिसका योगेन्द्र सिंह कार्कीले ५५ बलमा ४ चौका सहित सर्वाधिक ४० रनको योागदान दिए ।
पुलिसका ओपनर सुनिल धमला र कुशल भुर्तेलले ८.१ ओभरमा ५६ रनको साझेदारी राम्रो सुरुवात दिएपनि त्यसपछिका ब्याट्सम्यान चल्न नसक्दा ठूलो इनिङ बनाउन सकेन । नवौं ओभरको पहिलो बलमा धमलालाई स्पिनर हरि शंकर शाहले विकेटकिपर खडक बहादुर बोहराले २२ रनमा स्टम्पिङ आउट गर्दै पहिलो सफलता दिलाए । धमलाले २४ बलमा ३ चौका र १ छक्का प्रहार गरे । हरिले आफ्नो दोस्रो ओभर अर्थात ११ औं ओभरको पहिलो बलमा कुशललाई ३४ रनमा खडकबाटै स्टम्पिङ आउट गराए । कुशलले २९ बलमा ३ चौका र ३ छक्का प्रहार गरे ।
१६ औं ओभरको दोस्रो बलमा कप्तान सन्दीप लामिछानेले अनिल शाहलाई ६ रनमा खडकबाट क्याच गराए । २३ औं ओभरको चौथो बलमा स्पिनर विपिन खत्रीले दीपेन्द्रसिंह ऐरीलाई २४ रनमा सन्दीपबाट क्याच गराएपछि पुलिस दबाबमा परेको थियो । तल्लोक्रमका सन्दीपले बोल्ड आउट गर्नुअघि पवन सरार्फले ५१ बलमा ३ चौका सहित २८ रन बनाए ।
दीलिप नाथ १२, मन्जित श्रेष्ठ ३, गुल्सन झा ५ र सागर ढकाल ६ रनमा आउट भए । मेयर–११ का स्पिनर विपिन खत्रीले ९ ओभरमा १ मेडन ५४ रन खर्चेर ३ विकेट लिए । कप्तान सन्दीप लामिछानेले १० ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । हरिशंकरले शाहले ९.४ ओभरमा २ मेडन सहित २८ रन खर्चेर ३ विकेट लिए । अनिल खरेलले १ एक विकेट लिए ।
April 4, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जायन्ट्सकाविरुद्ध मुम्बई इण्डियन्सले टस जितेको छ । अटल बिहारी वाजपेयी ऐकना क्रिकेट स्टेडियममा पाहुना टोली मुम्बईका कप्तान हार्दिक पाण्ड्याले टस जितेर बलिङ रोजेका हुन् । मुम्बई पछिल्लो खेलमा कोलकाता नाइट राइडर्सलाई पराजित गरेर लखनउको घरेलु मैदानमा पुगेको छ । लखनउ पञ्जाब किंग्ससँग पराजित भएको थियो । […]
April 4, 2025
एजेन्सी – क्यानाडा क्रिकेट टोलीका कप्तान निकोलस किर्तनलाई बार्बाडोसमा प्रहरीले पक्राउ गरेको छ । नर्थ अमेरिकन कपको तयारीमा रहेका किर्तनलाई बार्बाडोस प्रहरीले गत आइतवार हिरासतमा लिएको बताइएको छ । ‘क्रिकेट क्यानडालाई राष्ट्रिय टोलीका खेलाडी निकोलस किर्टनमाथि लागेको आरोप र हिरासतबारे जानकारी गराइएको छ,’बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ हामी स्थितिको निगरानी गरिरहेका छौं र […]
April 4, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज मुम्बई इण्डियन्स र लखनउ सुपर जायन्ट्सबीच खेल हुँदैछ । अटल बिहारी वाजपेयी ऐकना क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार शुक्रबार बेलुका ७ः४५ बजे सुरु हुनेछ । मुम्बई पछिल्लो खेलमा कोलकाता नाइटराइडर्सलाई पराजित गरेर लखनउको घरेलु मैदानमा पुगेको छ । लखनउ पञ्जाब किंग्ससँग पराजित भएको थियो । समान ३ […]