4 years ago
March 9, 2021
एजेन्सी – कप्तान केविन पिटरसनको उत्कृष्ट ब्याटिङको सहयोगमा इंग्ल्यान्ड लेजेन्ड्सले रोड सेफ्टी विश्व सिरिजमा घरेलु टोली भारत लेजेन्ड्समाथि ६ रनको रोमान्चक जित हात पारेको छ ।
जितको लागि १ सय ८९ रनको विजयी लक्ष्य पछ्याएको भारत लेजेन्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८२ रन बनायो । भारतलाई जितको लागि अन्तिम ६ बलमा १९ रन चाहिँएको थियो । तर तीव्र गतिका बलर रयान साइडबोटमले १२ रन खर्चिदै जित पक्का गराए ।
भारतका अलरान्डर इरफान पठान ३४ बलमा ४ चौका र ५ छक्का सहित ६१ रनमा अविजित रहे । मनप्रीत गोनीले तल्लोक्रममा आक्रामक ब्याटिङ गर्दै १६ बलमा १ चौका र ४ छक्का सहित ३५ रनमा अविजित रहे ।
सचिन तेन्दुलकर ९, विरेन्द्र सहवाग ६ र मोहम्मद कैफ १ रनमा आउट भए । युवराज सिंह २२, एस बद्रिनाथ ८ र युसुफ पठान १७ रनमा आउट भए । इंग्ल्यान्डका मोन्टी पेन्सरले सर्वाधिक ३ विकेट लिए । जेम्स ट्रेडवेल २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्ड लेजेन्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८८ रन बनाएको थियो । इंग्ल्यान्डका कप्तान केविन पिटरसनले ३७ बलमा ६ चौका र ५ छक्का सहित ७५ रनको योगदान दिए । फिल मस्टर्डले १४, डरेन म्याडी २९, क्रिस स्कोफिल्ड र गेविन ह्यामिल्टनले १५–१५ रन बनाए ।
भारतका युसुफ पठानले ३ र इरफान पठानले २ विकेट लिए । भारत लेजेन्ड्सले अव दक्षिण अफ्रिका लेजेन्ड्ससँग शनिबार खेल्ने छ । इंग्ल्यान्ड लेजेन्ड्सले बिहिबार दक्षिण अफ्रिका लेजेन्ड्ससँगै खेल्ने छ ।
April 4, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जायन्ट्सकाविरुद्ध मुम्बई इण्डियन्सले टस जितेको छ । अटल बिहारी वाजपेयी ऐकना क्रिकेट स्टेडियममा पाहुना टोली मुम्बईका कप्तान हार्दिक पाण्ड्याले टस जितेर बलिङ रोजेका हुन् । मुम्बई पछिल्लो खेलमा कोलकाता नाइट राइडर्सलाई पराजित गरेर लखनउको घरेलु मैदानमा पुगेको छ । लखनउ पञ्जाब किंग्ससँग पराजित भएको थियो । […]
April 4, 2025
एजेन्सी – क्यानाडा क्रिकेट टोलीका कप्तान निकोलस किर्तनलाई बार्बाडोसमा प्रहरीले पक्राउ गरेको छ । नर्थ अमेरिकन कपको तयारीमा रहेका किर्तनलाई बार्बाडोस प्रहरीले गत आइतवार हिरासतमा लिएको बताइएको छ । ‘क्रिकेट क्यानडालाई राष्ट्रिय टोलीका खेलाडी निकोलस किर्टनमाथि लागेको आरोप र हिरासतबारे जानकारी गराइएको छ,’बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ हामी स्थितिको निगरानी गरिरहेका छौं र […]
April 4, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज मुम्बई इण्डियन्स र लखनउ सुपर जायन्ट्सबीच खेल हुँदैछ । अटल बिहारी वाजपेयी ऐकना क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार शुक्रबार बेलुका ७ः४५ बजे सुरु हुनेछ । मुम्बई पछिल्लो खेलमा कोलकाता नाइटराइडर्सलाई पराजित गरेर लखनउको घरेलु मैदानमा पुगेको छ । लखनउ पञ्जाब किंग्ससँग पराजित भएको थियो । समान ३ […]