4 years ago
March 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर महानगरपालिले नेपाल क्रिकेट संघ (क्यान) लाई ललितपुर मेयर कप महिला टि२० क्रिकेट प्रतियोगिता आयोजना गर्न २० लाख रुपैयाँ सहयोग गरेको छ ।
मंगलबार एक पत्रकार सम्मेलन गर्दै ललितपुर महानगरपालिकाले ललितपुर महिला मेयर कप आयोजना गर्न क्यानलाई २० लाख रुपैयाँ चेक हस्तान्तरण गरेको छ । क्यानका अध्यक्ष चतुर बहादुर चन्द र ललितपुर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद कोइरालाले मंगलबार सम्झौंता पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौता कार्यक्रममा ललितपुर महानगरपालिका नगर प्रमुख चिरीबाबु महर्जन र उप– प्रमुख गीता सत्याल सहभागी थिईन । प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद कोइरालाले क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई चेक हस्तान्तरण गरेका थिए ।
काठमाडौं मेयर कप–२०७७ पुरुष एकदिवसिय क्रिकेट प्रतियोगिता सकिए लगत्तै चैत्र पहिलो सातादेखि ललितपुर मेयर कप महिला क्रिकेट प्रतियोगिता हुने छ । ललितपुर मेयर कप ५ टोली हुने छन् ।
प्रतियोगितामा गत पुषमा दाङको लमहीमा सम्पन्न प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगिता सेमिफाइनलमा पुगेका चार टोलीहरु प्रदेश एक, नेपाल एपिएफ क्लब, सुदूरपश्चिम र लुम्बिनी प्रदेशसँगै ललितपुर महानगरको एउटा टोली बन्ने छ । ललितपुरको टोलीमा समूह चरणबाटै बाहिरिएका प्रदेश २, बागमती, गण्डकी र कर्णाली प्रदेशबाट खेल्दै उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीहरु छनोट गरि टोली निर्माण हुने छ ।
पुषमा भएको प्रधानमन्त्री महिला कपको फाइनलमा विभागीय टोली एपिएफलाई ६ रनले हराउँदै प्रदेश नम्बर एक इतिहासमा पहिलो पटक राष्ट्रिय च्याम्पियन बनेको थियो ।
April 4, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जायन्ट्सकाविरुद्ध मुम्बई इण्डियन्सले टस जितेको छ । अटल बिहारी वाजपेयी ऐकना क्रिकेट स्टेडियममा पाहुना टोली मुम्बईका कप्तान हार्दिक पाण्ड्याले टस जितेर बलिङ रोजेका हुन् । मुम्बई पछिल्लो खेलमा कोलकाता नाइट राइडर्सलाई पराजित गरेर लखनउको घरेलु मैदानमा पुगेको छ । लखनउ पञ्जाब किंग्ससँग पराजित भएको थियो । […]
April 4, 2025
एजेन्सी – क्यानाडा क्रिकेट टोलीका कप्तान निकोलस किर्तनलाई बार्बाडोसमा प्रहरीले पक्राउ गरेको छ । नर्थ अमेरिकन कपको तयारीमा रहेका किर्तनलाई बार्बाडोस प्रहरीले गत आइतवार हिरासतमा लिएको बताइएको छ । ‘क्रिकेट क्यानडालाई राष्ट्रिय टोलीका खेलाडी निकोलस किर्टनमाथि लागेको आरोप र हिरासतबारे जानकारी गराइएको छ,’बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ हामी स्थितिको निगरानी गरिरहेका छौं र […]
April 4, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज मुम्बई इण्डियन्स र लखनउ सुपर जायन्ट्सबीच खेल हुँदैछ । अटल बिहारी वाजपेयी ऐकना क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार शुक्रबार बेलुका ७ः४५ बजे सुरु हुनेछ । मुम्बई पछिल्लो खेलमा कोलकाता नाइटराइडर्सलाई पराजित गरेर लखनउको घरेलु मैदानमा पुगेको छ । लखनउ पञ्जाब किंग्ससँग पराजित भएको थियो । समान ३ […]