default_image

4 years ago

March 9, 2021

बागमतीविरुद्ध आसिफको उत्कृष्ट अर्धशतक

63 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबका युवा ओपनर आसिफ शेखले काठमाडौं मेयर कप–२०७७ एकदिवसिय क्रिकेट लिगमा बागमती प्रदेशविरुद्ध उत्कृष्ट अर्धशतक प्रहार गरेका छन् ।

जितका लागि २ सय ३४ रनको विजयी लक्ष्य पछ्याएको एपिएफलाई उत्कृष्ट सुरुवात दिलाउने क्रममा आसिफले अर्धशतक पूरा गरेका हुन् । एपिएफले १५ ओभरमा १ विकेट गुमाउँदै ८२ रन बनाएको छ । आसिफ ३६ बलमा ७ चौका र २ छक्का सहित ५० रनमा खेलि रहेका छन् । आसिफलाई शंकर रानाले ४७ बलमा २ चौका सहित २१ रनमा साथ दिएका छन् । आसिफले ३६ बलमा अर्धशतक पूरा गरेका हुन् ।

कप्तान तथा ओपनर शरद भेषावकर तेस्रो ओभरका पहिलो बलमा ४ रनमा क्याच आउट भए । शरदलाई तीव्र गतिका बलर रामनरेश गिरीले गौतम केसीबाट क्याच गराएका थिए । शरद आउट हुँदा एपिएफको कुल १० रन थियो । दोस्रो विकेटका लागि आसिफ र शंकरले ७२ रनको साझेदारी गर्दै टोली टोलीलाई उत्कृष्ट सुरुवात दिलाएका छन् ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको बागमतीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ३३ रन बनाबनाएको थियो ।

April 4, 2025

मुम्बईले टस जित्यो

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जायन्ट्सकाविरुद्ध मुम्बई इण्डियन्सले टस जितेको छ । अटल बिहारी वाजपेयी ऐकना क्रिकेट स्टेडियममा पाहुना टोली मुम्बईका कप्तान हार्दिक पाण्ड्याले टस जितेर बलिङ रोजेका हुन् । मुम्बई पछिल्लो खेलमा कोलकाता नाइट राइडर्सलाई पराजित गरेर लखनउको घरेलु मैदानमा पुगेको छ । लखनउ पञ्जाब किंग्ससँग पराजित भएको थियो । […]

April 4, 2025

क्यानडाका कप्तान प्रहरी हिरासतमा

एजेन्सी – क्यानाडा क्रिकेट टोलीका कप्तान निकोलस किर्तनलाई बार्बाडोसमा प्रहरीले पक्राउ गरेको छ । नर्थ अमेरिकन कपको तयारीमा रहेका किर्तनलाई बार्बाडोस प्रहरीले गत आइतवार हिरासतमा लिएको बताइएको छ । ‘क्रिकेट क्यानडालाई राष्ट्रिय टोलीका खेलाडी निकोलस किर्टनमाथि लागेको आरोप र हिरासतबारे जानकारी गराइएको छ,’बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ हामी स्थितिको निगरानी गरिरहेका छौं र […]

April 4, 2025

आइपिएलमा मुम्बई र लखनउ खेल्दै

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज मुम्बई इण्डियन्स र लखनउ सुपर जायन्ट्सबीच खेल हुँदैछ । अटल बिहारी वाजपेयी ऐकना क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार शुक्रबार बेलुका ७ः४५ बजे सुरु हुनेछ । मुम्बई पछिल्लो खेलमा कोलकाता नाइटराइडर्सलाई पराजित गरेर लखनउको घरेलु मैदानमा पुगेको छ । लखनउ पञ्जाब किंग्ससँग पराजित भएको थियो । समान ३ […]

Success

Thank you for your time.