8 years ago
October 13, 2016
हाम्रो खेलकुद – अष्ट्रेलियाका उपकप्तान डेभिड वार्नरले दोश्रो पारिमा १७३ रन बनाएपनि दक्षिण अफ्रीकाले वन डे सिरिजमा ५-०को जित हासिल गरेको छ।
पहिलो ब्याटिङ्ग गरेर अष्ट्रेलियासामु ३२८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको दक्षिण अफ्रिकाले पहिलोपटक अष्ट्रेलियालाइ सिरिज व्हाइटवास गरेको हो। दक्षिण अफ्रिकाको लागि राइली रुसोले शतक प्रहार गरेका थिए भने जेपी ड्युमिनीले ७३ रन प्रहार गर्दै इनिंग्स सम्हालेका थिए। अष्ट्रेलियाको लागि मिनी र ट्रेमेनले समान ३-३ विकेट लिएका थिए।
जवाफी ब्याटिङ्गमा उत्रेको अष्ट्रेलियाको लागि डेभिड वार्नर बाहेक अन्य कुनै ब्याट्सम्यानले ठुलो स्कोर बनाउन सकेनन।वार्नरले १३६ बलमा २४ चौकको मद्दतले १७३ रन बनाएका थिए। मिचेल मार्श र ट्राभिस हेडले ३५-३५ रन बनाएर साथ् दिन खोजे पनि सफल हुन सकेनन। ४८.२ ओभरमा आलआउट भएको अष्ट्रेलियाले २९६ रन मात्र जोड्न सक्यो र ३१ रनले पराजय बेहोर्यो।
हारसंगै पहिलोपटक पांच खेलको सिरिजमा व्हाइटवास व्यहोरेको अष्ट्रेलियाका डेभिड वार्नर म्यान अफ द म्याच घोषित भए।
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा बागमती प्रदेशलाई हराएको छ । आइतवार दाङमा भएको खेलमा लुम्बिनीले बागमतीमाथी ४८ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बागमती २२.५ ओभरमा ६७ रनमा समेटियो । बागमतीका लागि कप्तान पुथु बास्कोटाले सर्वाधिक १५ रन जोडे […]