default_image

8 years ago

October 13, 2016

नेपाल आज हंगकंग संग पुन: भिड्दै

75 views

0 Bookmark

हाम्रो खेलकुद – हंगकंगमा जारी आई.सी.सी. वोमन्स वर्ल्ड कप क्वालिफाइङ्ग सिरिज अन्तर्गत नेपालले बिहिबार हंगकंग संग खेल्दैछ।

nepal-womens-team-cricket

नेपालले प्रतियोगितामा खेलेको तिन खेलमध्ये एकमा मात्र जित हात पारेको छ। चीनसँग २० रनले विजय भएको नेपालले सुरुका दुइ खेल हंगकंग र थाईल्याण्डसंग पराजित भएको थियो। दोश्रो चरणको खेल अन्तर्गत आज नेपालले हंगकंगसंग खेल्नेछ भने भोलि थाईल्याण्डसंग भिड्नेछ। नेपालले अन्तिम खेलमा चीनको सामना गर्नेछ।

पहिलो दुइ खेलमा ब्याटिङ्गमा केहि कमजोर देखिएको नेपालको प्रदर्शन तेश्रो खेलमा राम्रो रहेको थियो। टोलीबाट पहिलोपटक खेल्दै गरेकी निर्मला शाहीको प्रदर्शन उत्कृष्ट रहेको छ। निर्मलाले ६८ रन बनाउदै हालसम्म प्रतियोगिताको उच्च रन जोडेकी छिन् भने विकेट तर्फ पनि पांच विकेट लिदै दोश्रो नम्बरमा छिन्।

नेपाल अंक तालिकाको तेश्रो स्थानमा छ भने थाईल्याण्ड तिन जितका साथ् पहिलो स्थानमा छ। हंगकंग दोश्रो र चिन चौथो स्थानमा रहेका छन्।

September 20, 2024

युएईको लिग टुमा पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – युएईले आईसीसी क्रिकेट विश्वकप लिग टु मा पहिलो जित हात पारेको छ। युएईले शुक्रवार नामिबियामाथि १ विकेटको जित हात पारेको छ । विन्डोहकमा ३ सय १४ रनको लक्ष्य युएईले ४९.३ ओभरमा ९ विकेट गुमाउँदै पूरा गरेको थियो । युएईका बिष्णु सुकुमारनले सर्वाधिक ९७ रन जोडे । उनले ९० बलमा ८ चौका […]

September 20, 2024

भारत फराकिलो अग्रतातर्फ

एजेन्सी – भारत बंगलादेशविरुद्धको पहिलो टेस्टको दोस्रो इनिङमा फराकिलो अग्रतातर्फ अघि बढेको छ । दोस्रो दिन शुक्रवार को खेल सकिदा भारतले ३ सय ८ रनको अग्रता बनाएको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश टोली भारत भ्रमणमा छ । पाहुना टोलीले १ सय ४९ रन मात्र बनाएपछि पहिलो इनिङमा २ सय २७ रनले पछि […]

September 19, 2024

अश्विनको शतकमा भारत बलियो स्थितिमा

एजेन्सी – अलराउन्डर रविचन्द्रन आश्विनको शतक सहयोगमा भारतले बंगलादेशविरुद्धको पहिलो टेस्टमा बलियो स्थितीमा रहेको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश भारत भ्रमणमा रहेको छ । पहिलो टेस्टमा टस हारेर पहिले ब्याटिङको निम्ता पाएको घरेलु टोलीले पहिलो दिनको खेल सकिदा ६ विकेट गुमाएर ३ सय ३९ रन बनाएको छ । भारतका लागि आश्विन १ […]

Success

Thank you for your time.