8 years ago
October 12, 2016
हाम्रो खेलकुद – हंगकंगमा जारी आई.सी.सी. वोमन्स वर्ल्ड कप क्वालिफाइङ्ग सिरिज अन्तर्गत नेपालले पहिलो जित दर्ता गरेको छ।
मंगलबार भएको खेलमा चिनलाइ २० रनले हराउदै नेपालले प्रतियोगिताको पहिलो विजय हासिल गरेको हो। पहिलो खेलमा आयोजक हंगकंग र दोश्रोमा थाईल्याण्डसंग पराजित भएको नेपालले राम्रो प्रदर्शन गरेको थियो।
पहिलो ब्याटिङ्ग गरेर नेपालले निर्धारित २० ओभरमा ९५ रन बनायो। नेपालका लागि नेरी थापाले सर्वाधिक ३८ रन बनाइन भने निर्मला शाहीले १४ र ज्योति पाण्डेले १० रन जोडिन। अन्य कुनै खेलाडीले दोहोरो अंक छुन सकेनन चीनकी लि यिङ्गजिंगले चार ओभरमा १२ रन खर्चेर पांच विकेट लिएकी थिइन।
जवाफी ब्याटिङ्गमा आएको चीनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ७५ रनमात्र जोड्न सक्यो। चीनका लागि जु वुआनले अविजित ११ र यिङ्गजिंगले अविजित १० रन बनाए। नेपालको लागि सिता राणा मगरले ४ ओभरमा ३ विकेट लिन १६ रन खर्चिन।
नेपालले प्रतियोगिताको दोश्रो राउण्ड अन्तर्गत पहिलो खेल हंगकंगसंग बिहिबार खेल्दैछ।
December 22, 2024
एजेन्सी – घरेलु टोली युएईले गल्फ टी-२० च्याम्पियनसिपको फाइनलमा कुवेतमाथि २ रनको रोमान्चक जित निकाल्दै उपाधि जितेको छ । १ सय ५४ रनको लक्ष्य पछ्याएको कुवेत १९.३ ओभरमा १ सय ५१ रनमा अल आउट भयो । कुवेतलाई अन्तिम पाँच बलमा च्याम्पियन बन्न तीन रन चाहिँएको अवस्थामा युएईका मोहम्मद जवादुल्लाहले लगातार दुई विकेट लिदै च्याम्पियन बनाए […]
December 21, 2024
काठमाडौं(हाम्रो खेलकुद) – जनकपुर बोल्ट्सका स्पिनर ललितनारायण राजवंशीले नेपाल प्रिमियर लिग (एनपिएल)मा बाइक पाएका छन् । प्रतियोगिताको उत्कृष्ट बलर हुदै ललितले बाइक पाएका हुन् । शनिवार सम्पन्न लिगमा ललित आबद्ध जनकपुर च्याम्पियन भएको थियो । जनकपुरलाई च्याम्पियन बनाउँन ललितले १७ विकेट लिएका थिए । १० खेलमा ४० ओभर गरेका ललितले २ सय १३ रन खर्चिदैं […]
December 21, 2024
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली याक्सका विपिन शर्मा नेपाल प्रिमियर लिग (एनपिएल) को उदीयमान खेलाडीको अवार्ड जितेका छन् । ट्यालेन्ट हन्टबाट छनोट भएर कर्णालीबाट एनपिएल खेलेका विपिनले ८ खेलमा १३ विकेट लिएका थिए ।