4 years ago
March 6, 2021
एजेन्सी – भारतले इंग्ल्यान्डलाई चौथो टेष्ट खेलमा २५ रनको इनिङ अन्तरले पराजित गर्दै आइसिसी विश्व टेष्ट च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।
पहिलो इनिङमा १ सय ६० रनले पछि पारेको इंग्ल्यान्ड दोस्रो इनिङमा १ सय ३५ रनमा अल आउट भएपछि इनिङ अन्तरले पराजित भयो । चार टेष्टको सिरिज भारतले ३–१ ले जित्दै फाइनलमा पुगेको छ ।
दोस्रो इनिङमा इंग्ल्यान्डका ड्यान लरेन्सले ९५ बलमा ६ चौका सहित सर्वाधिक ५० रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । कप्तान जो रुटले सर्वाधिक ३० रनमा आउट भए । बेन फोक्स १३ र ओली पोप १५ रनमा आउट भए । इंग्ल्यान्डका ७ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । ज्याक क्रली ५, डोम सिब्ले ३, जोनी बेयरस्टो शून्य र बेन स्टोक्स २ रनमा आउट भए । भारतका स्पिनर रविचन्द्रन आश्विन र अक्षर पटेलले ५–५ विकेट लिए ।
त्यसअघि भारत पहिलो इनिङमा ११४.४ ओभरमा ३ सय ६५ रनमा अल आउट हुँदै १ सय ६० रनको अग्रता लिएको थियो। भारतका विकेटकिपर ऋषभ पन्त १ सय १८ बलमा १३ चौका र २ छक्का सहित १ सय १ रनमा क्याच आउट भए । पन्तले इंग्ल्यान्डका कप्तान जो रुटलाई छक्का प्रहार गर्दै आफ्नो टेष्ट करिअरको तेस्रो शतक पूरा गरेका थिए ।
पन्त जेम्स एन्डरसनको ८५ औं ओभरको पहिलो बलमा रुटबाट समातिन पुगे । छैटौं विकेटका लागि पन्त र सुन्दरले १ सय १३ रनको उत्कृष्ट शतकीय साझेदारी गरेपछि भारतले अग्रता लिएको थियो । स्पिनर वासिन्टन सुन्दर १ सय ७४ बलमा १० चौका र १ छक्का सहित ९६ रनमा अविजित रहे ।
ओपनर रोहित शर्मा १ सय ४४ बलमा ७ चौका सहित ४९ रनमा एलबिडब्लू आउट भए । रोहितलाई बेन स्टोक्सले एलबिडब्लू आउट गरेका थिए । चेतेश्वर पुजारा १७, अजिक्या रहाणे २७ र रविचन्द्रन आश्विन १३ रनमा आउट भए । सुभमन गिल र कप्तान विराट कोहली शून्यमा आउट भएका थिए । अक्षर पटेल ४३ रनमा आउट भए । इंग्ल्यान्डका बेन स्टोक्सले सर्वाधिक ४ विकेट लिए । जेम्स एन्डरसनले ३ रज्याक लीचले २ विकेट लिए ।
त्यसअघि नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस जितेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्ड पहिलो इनिङमा ७५.५ ओभरमा २ सय ५ रनमा अल आउट भएको थियो । इंग्ल्यान्डका अलराउन्डर बेन स्टोक्सले १ सय २१ बलमा ६ चौका र २ छक्का सहित सर्वाधिक ५५ रनको योगदान दिए । तल्लोक्रमका ब्याट्सम्यान ड्यान लरेन्सले ७४ बलमा ८ चौका सहित ४६ रन जोडे । जोनी बेयरस्टो २८ र ओली पोप २९ रनमा आउट भए । अन्य ब्याट्सम्यानको प्रर्दशन सम्झन लायक रहेन ।
स्पिनर अक्षर पटेलले छैटौं ओभरको दोस्रो बलमै सिब्लेलाई २ रनमा बोल्ड आउट गर्दै भारतलाई पहिलो सफलता दिलाएका थिए । अक्षरकै बलमा ठूलो सट खेल्ने धुनमा ज्याक क्रली ९ रनमा मोहम्मद सिराजबाट समातिन पुगे ।
१३ औं ओभरको पहिलो बलमा कप्ता जो रुटलाई मोहम्मद सिराजले ५ रनमा एलबिडब्लू आउट गर्दा इंग्ल्यान्ड ३०–३ को अवस्थामा पुगेको थियो । चौथो विकेटका लागि बेयरस्टो र स्टोक्सले ४८ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । बेयरस्टोलाई सिराजले एलबिडब्लू आउट गर्दै उक्त साझेदारी तोडे ।
बेयरस्टोले ६७ बलमा ६ चौका प्रहार गरे । पाँचौं विकेटका लागि स्टोक्सले ओली पोपसँग मिलेर ४३ रनको साझेदारी गरे । पोपलाई रविचन्द्रन आश्विनले सुभमन गिलबाट क्याच गराए । पोपले ८७ बल खेल्दै २ चौका प्रहार गरे ।
स्टोक्सलाई वासिन्टन सुन्दरले ४७ औं ओभरमा एलबिडब्लू आउट गरेपछि इंग्ल्यान्डको ठूलो योगफलको सम्भावना टाढिएको थियो । छैटौं विकेटका लागि पोपले लरेन्ससँग ४५ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । तर त्यसपछिका ब्याट्सम्यान मैदानमा टिक्न नसक्दा समस्तैमा समेटिएको हो ।
भारतका स्पिनर अक्षर पटेलले सर्वाधिक ४ विकेट लिए । रविचन्द्रन आश्विनले ३ र मोहम्मद सिराजले २ विकेट लिए । वासिन्टन सुन्दरको नाममा १ विकेट रह्यो ।
भारत पहिलो खेलमा २ सय २७ रनले पराजित भएको थियो । भारत दोस्रो खेलमा ३ सय १७ रन र तेस्रो खेलमा १० विकेटले विजयी भएको थियो । विश्व टेष्ट च्याम्पियनसिपको फाइनल आगमी जुनमा लर्ड्समा हुने छ । फाइनलमा भारत र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुने छ ।
April 1, 2025
एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलवार भएको खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्यो । लखनउले दिएको १ सय ७२ रनको लक्ष्य पञ्जाबले १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । पञ्जाबको जितमा ओपनर ओपनर […]
April 1, 2025
एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्सलाई मध्यम लक्ष्य दिएको छ । लखनउमा जारी खेलमा घरेलु टोलीले पञ्जाबविरुद्ध १ सय ७२ रनको लक्ष्य तयार गरेको हो । लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रनको योगफल तयार […]
April 1, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा पञ्जाब किंग्सले लखनउ सुपर जायन्ट्सविरुद्ध टस जितेको छ । लखनउको घरेलु मैदान ऐकना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम टस जितेर पञ्जाबका कप्तान श्रेयस अय्यरले बलिङ रोजेका हुन् । पञ्जाब लगातार दोस्रो जितको खोजीमा रहेको छ । पञ्जाबले पहिलो खेलमा गुजरात टाइटन्सलाई उसकै मैदान अहमदाबादमा पराजित गरेको थियो । पञ्जाब २ अंकका […]