4 years ago
March 6, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले बागमती प्रदेशमाथि २ रनको अविश्वसनिय जित निकाल्दै काठमाडौं मेयर कप–२०७७ एकदिवसिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
जितको लागि ७३ रनको सामान्य विजयी लक्ष्य बागमती २७.२ ओभरमा ७० रनमा अल आउट भएपछि पुलिसले अविश्वसनिय जित हात पारेको हो । एक समय १८ ओभरमा ५३–३ को बलियो अवस्थामा रहेको बागमती त्यसपछि नाटकीय रुपमा विकेट पतन भएपछि झिनो अन्तरको हार बेहोरेको हो । बागमतीले अन्तिम १७ रन जोड्न ७ विकेट गुमाएको थियो ।
बागमतीका कप्तान ज्ञानेन्द्र मल्लले ४५ बलमा २ चौका र १ छक्का सहित सर्वाधिक २२ रनको योगदान दिए । बागमतीका ९ खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । तीव्र गतिका बलर राशिद खानले बिपिन आचार्यलाई ८ रनमा बोल्ड आउट गर्दै जित पक्का गरे । आदिल खान १०, पृथु बास्कोटा ९, ईशान पान्डे ७, आकाश थापा ४, पारस खड्का सोनु देवकोटा, नन्दन यादव र रामनरेश गिरी शून्यमा आउट भए ।
पुलिसको जितमा नायक बनेका दीपेन्द्र सिंह ऐरीले ८ ओभरमा २ मेडन सहित २४ रन खर्चेर ४ विकेट लिए । स्पिनर ललित नारायण राजवंशीले ८ ओभरमा २ मेडन सहित २२ रन खर्चेर ३ विकेट लिए । सागर ढकालले २ र राशिद खानले १ विकेट लिए ।
त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको पुलिस २५.२ ओभरमा ७२ रनमा अल आउट भएको थियो । पुलिसका कप्तान मन्जित श्रेष्ठले सर्वाधिक १५ रन बनाए । बागमतीको घातक बलिङ सामू विभागीय टोली पुलिसका ७ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
तीव्र गतिका बलर नन्दन यादवले चौथो ओभरको पहिलो बलमा ओपनर कुशल भुर्तेललाई कप्तान ज्ञानेन्द्र मल्लबाट २ रनमा क्याच गराउँदै पहिलो सफलता दिलाए । नवौं ओभरको पहिलो बलमा सुनिल धमला १० रनमा रन आउट हुन पुगे । धमलाले २७ बलमा १ चौका प्रहार गरे । धमला रन आउट हुनु पलिसको लागि सर्वाधिक घातक बन्यो । धमला आउट भएसँगै पुलिसका कुनैपनि ब्याट्सम्यान क्रिजमा धेरै समय टिक्न सकेनन् ।
दशौं ओभरको पाँचौं बलमा नन्दनले अमित श्रेष्ठलाई ३ रनमा एलबिडब्लू आउट गरे । नन्दनले १२ औं ओभरको दोस्रो बलमा दीपेन्द्रसिंह ऐरीलाई शून्यमा बोल्ड आउट गरेपछि पुलिस ४–१९ को अवस्थामा पुगेको थियो ।
१८ औं ओभरको दोस्रो बलमा स्पिनर सोनु देवकोटाले दीलिप नाथलाई १० रनमा ईशान पान्डेबाट क्याच आउट गराए । योगेन्द्र कार्की ६ रनमा क्याच आउट हुँदा पुलिस ४९–६ को कमजोर अवस्थामा पुगेको थियो । अनिल शाहलाई अरियो पौडेलले १० रनमा पारस खड्काबाट क्याच गराउँदा पुलिस २१ ओभरमा ६०–७ को अवस्थामा पुग्यो । राशिद खान र ललित नारायण राजवंशी १–१ रनमा आउट भए ।
पुलिसका स्पिनर अरियो पौडेलले ४ ओभरमा १ मेडन सहित ७ रन खर्चेर ४ विकेट लिए । तीव्र गतिका बलर नन्दन यादवले ६.२ ओभरमा १ मेडन सहित १९ रन खर्चेर ३ विकेट लिए । सोनु देवकोटाको नाममा १ विकेट रह्यो ।
पुलिसले दोस्रो खेल आइतबार टियु मैदानमा नेपाल एपिएफ क्लबसँग खेल्ने छ । आइतबारनै बागमती प्रदेशले मुलपानी मैदानमा काठमाडौं मेयर ११ सँग प्रतिस्पर्धा गर्ने छ ।
April 1, 2025
एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलवार भएको खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्यो । लखनउले दिएको १ सय ७२ रनको लक्ष्य पञ्जाबले १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । पञ्जाबको जितमा ओपनर ओपनर […]
April 1, 2025
एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्सलाई मध्यम लक्ष्य दिएको छ । लखनउमा जारी खेलमा घरेलु टोलीले पञ्जाबविरुद्ध १ सय ७२ रनको लक्ष्य तयार गरेको हो । लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रनको योगफल तयार […]
April 1, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा पञ्जाब किंग्सले लखनउ सुपर जायन्ट्सविरुद्ध टस जितेको छ । लखनउको घरेलु मैदान ऐकना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम टस जितेर पञ्जाबका कप्तान श्रेयस अय्यरले बलिङ रोजेका हुन् । पञ्जाब लगातार दोस्रो जितको खोजीमा रहेको छ । पञ्जाबले पहिलो खेलमा गुजरात टाइटन्सलाई उसकै मैदान अहमदाबादमा पराजित गरेको थियो । पञ्जाब २ अंकका […]