default_image

4 years ago

March 6, 2021

रोहितको अर्धशतकमा एपिएफलाई प्रतिस्पर्धात्मक लक्ष्य

61 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याट्सम्यान रोहित कुमार पौडेलको अर्धशतकको सहयोगमा त्रिभुवन आर्मी क्लबले काठमाडौं मेयर कप–२०७७ को उद्धघाटन खेलमा नेपाल एपिएफ क्लबलाई २ सय ३६ रनको लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आर्मी ५० ओभरमा २ सय ३५ रनमा अल आउट भयो । आर्मीका युवा ब्याट्सम्यान रोहित कुमार पौडेलले ७८ बलमा ३ चौका सहित सर्वाधिक ५६ रनको योगदान दिए ।

आर्मीका ओपनर लोकेश बम र सोमपाल कामीले पहिलो विकेटका लागि १४.५ ओभरमा ६१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । सोमपाललाई अनुभवी स्पिनर वसन्त रेग्मीले आसिफ शेखबाट २८ रनमा क्याच गराउँदै साझेदारी तोडेका थिए । सोमपालले ५३ बलमा २ चौका र २ छक्का प्रहार गरे । लोकेश २० औं ओभरको अन्तिम बलमा ठूलो सट खेल्नेक्रममा सुमित महर्जनबाट बाउन्ड्री नजिकै समातिन पुगे । लोकेशले ५१ बलमा ४ चौका प्रहार गरे ।

भिम सार्की ३५ बलमा २ चौका सहित १८ रनमा क्याच आउट भए । भिम आउट भएपछि मैदान छिरेका कप्तान विनोद भण्डारीले ४२ बलमा १ चौका र ३ छक्का सहित ४२ रनमा आउट भए । विनोदलाई ३९ औं ओभरको चौथो बलमा भुवन कार्कीले बोल्ड आउट गरे ।

तल्लोक्रमका ब्याट्सम्यानले भने ठूलो इनिङ खेल्न सकेनन् । कुशल मल्ल ११, राजेश पुलामी मगर १७, करण केसी २ र विक्रम सोब ४ रनमा आउट भए ।

एपिएफका तीव्र गतिका बलर अभिनाश बोहराले १० ओभरमा ४१ रन खर्चेर ३ विकेट लिए । अमर सिंह राउटेलाले १० ओभरमा १ मेडन सहित ३९ रन खर्चेर २ विकेट लिए । स्पिनर भुवन कार्कीले १० ओभरमा ६४ रन खर्चेर २ विकेट लिए । कमलसिंह ऐरी र वसन्त रेग्मीले १–१ विकेट लिए ।

April 1, 2025

पञ्जाबको लगातार दोस्रो जित

एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलवार भएको खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्यो । लखनउले दिएको १ सय ७२ रनको लक्ष्य पञ्जाबले १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । पञ्जाबको जितमा ओपनर ओपनर […]

April 1, 2025

पञ्जाबविरुद्ध लखनउको मध्यम लक्ष्य

एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्सलाई मध्यम लक्ष्य दिएको छ । लखनउमा जारी खेलमा घरेलु टोलीले पञ्जाबविरुद्ध १ सय ७२ रनको लक्ष्य तयार गरेको हो । लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रनको योगफल तयार […]

April 1, 2025

पञ्जाबले टस जित्यो

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा पञ्जाब किंग्सले लखनउ सुपर जायन्ट्सविरुद्ध टस जितेको छ । लखनउको घरेलु मैदान ऐकना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम टस जितेर पञ्जाबका कप्तान श्रेयस अय्यरले बलिङ रोजेका हुन् ।  पञ्जाब लगातार दोस्रो जितको खोजीमा रहेको छ । पञ्जाबले पहिलो खेलमा गुजरात टाइटन्सलाई उसकै मैदान अहमदाबादमा पराजित गरेको थियो । पञ्जाब २ अंकका […]

Success

Thank you for your time.