default_image

4 years ago

March 6, 2021

पुलिस ७२ रनमै अल आउट!

261 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुदं) – स्पिनर अरियो पौडेल र नन्दन यादवको उत्कृष्ट बलिङसँगै नेपाल पुलिस क्लबले काठमाडौं मेयर कप–२०७७ मा बागमती प्रदेशलाई ७३ रनको लक्ष्य दिएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको पुलिस २५.२ ओभरमा ७२ रनमै अल आउट भयो । पुलिसका कप्तान मन्जित श्रेष्ठले सर्वाधिक १५ रन बनाए । बागमतीको घातक बलिङ सामू विभागीय टोली पुलिसका ७ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

तीव्र गतिका बलर नन्दन यादवले चौथो ओभरको पहिलो बलमा ओपनर कुशल भुर्तेललाई कप्तान ज्ञानेन्द्र मल्लबाट २ रनमा क्याच गराउँदै पहिलो सफलता दिलाए । नवौं ओभरको पहिलो बलमा सुनिल धमला १० रनमा रन आउट हुन पुगे । धमलाले २७ बलमा १ चौका प्रहार गरे । धमला रन आउट हुनु पलिसको लागि सर्वाधिक घातक बन्यो । धमला आउट भएसँगै पुलिसका कुनैपनि ब्याट्सम्यान क्रिजमा धेरै समय टिक्न सकेनन् ।

दशौं ओभरको पाँचौं बलमा नन्दनले अमित श्रेष्ठलाई ३ रनमा एलबिडब्लू आउट गरे । नन्दनले १२ औं ओभरको दोस्रो बलमा दीपेन्द्रसिंह ऐरीलाई शून्यमा बोल्ड आउट गरेपछि पुलिस ४–१९ को अवस्थामा पुगेको थियो ।

१८ औं ओभरको दोस्रो बलमा स्पिनर सोनु देवकोटाले दीलिप नाथलाई १० रनमा ईशान पान्डेबाट क्याच आउट गराए । योगेन्द्र कार्की ६ रनमा क्याच आउट हुँदा पुलिस ४९–६ को कमजोर अवस्थामा पुगेको थियो । अनिल शाहलाई अरियो पौडेलले १० रनमा पारस खड्काबाट क्याच गराउँदा पुलिस २१ ओभरमा ६०–७ को अवस्थामा पुग्यो । राशिद खान र ललित नारायण राजवंशी १–१ रनमा आउट भयो ।

पुलिसका स्पिनर अरियो पौडेलले ४ ओभरमा १ मेडन सहित ७ रन खर्चेर ४ विकेट लिए । तीव्र गतिका बलर नन्दन यादवले ६.२ ओभरमा १ मेडन सहित १९ रन खर्चेर ३ विकेट लिए । सोनु देवकोटाको नाममा १ विकेट रह्यो ।

April 1, 2025

पञ्जाबको लगातार दोस्रो जित

एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलवार भएको खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्यो । लखनउले दिएको १ सय ७२ रनको लक्ष्य पञ्जाबले १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । पञ्जाबको जितमा ओपनर ओपनर […]

April 1, 2025

पञ्जाबविरुद्ध लखनउको मध्यम लक्ष्य

एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्सलाई मध्यम लक्ष्य दिएको छ । लखनउमा जारी खेलमा घरेलु टोलीले पञ्जाबविरुद्ध १ सय ७२ रनको लक्ष्य तयार गरेको हो । लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रनको योगफल तयार […]

April 1, 2025

पञ्जाबले टस जित्यो

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा पञ्जाब किंग्सले लखनउ सुपर जायन्ट्सविरुद्ध टस जितेको छ । लखनउको घरेलु मैदान ऐकना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम टस जितेर पञ्जाबका कप्तान श्रेयस अय्यरले बलिङ रोजेका हुन् ।  पञ्जाब लगातार दोस्रो जितको खोजीमा रहेको छ । पञ्जाबले पहिलो खेलमा गुजरात टाइटन्सलाई उसकै मैदान अहमदाबादमा पराजित गरेको थियो । पञ्जाब २ अंकका […]

Success

Thank you for your time.