default_image

4 years ago

March 6, 2021

एपिएफविरुद्ध आर्मीको मध्यम सुरुवात

62 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं मेयर कप–२०७७ को उद्धघाटन खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल एपिएफ क्लबविरुद्ध मध्यम सुरुवात गरेको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको आर्मीले २५ ओभरमा २ विकेट गुमाउँदै ९१ रन बनाएको छ । आर्मीका युवा ब्याट्सम्यान भिम सार्की १६ र रोहित कुमार पौडेल ६ रनमा अविजित छन् ।

आर्मीले ओपनिङ तीव्र गतिका बलर सोमपाल कामी र युवा आक्रामक ब्याट्सम्यान लोकेश बमलाई गराएको थियो । लोकेश र सोमपालले पहिलो विकेटका लागि १४.५ ओभरमा ६१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । सोमपाललाई अनुभवी स्पिनर वसन्त रेग्मीले आसिफ शेखबाट २८ रनमा क्याच गराउँदै साझेदारी तोडेका थिए । सोमपालले ५३ बलमा २ चौका र २ छक्का प्रहार गरे ।

लोकेश २० औं ओभरको अन्तिम बलमा ठूलो सट खेल्नेक्रममा सुमित महर्जनबाट बाउन्ड्री नजिकै समातिन पुगे । दुवै ओपनर आउट भएसँगै एपिएफ खेलमा फर्किन खोजेको छ । लोकेशले ५१ बलमा ४ चौका प्रहार गरे ।

April 1, 2025

पञ्जाबको लगातार दोस्रो जित

एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलवार भएको खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्यो । लखनउले दिएको १ सय ७२ रनको लक्ष्य पञ्जाबले १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । पञ्जाबको जितमा ओपनर ओपनर […]

April 1, 2025

पञ्जाबविरुद्ध लखनउको मध्यम लक्ष्य

एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्सलाई मध्यम लक्ष्य दिएको छ । लखनउमा जारी खेलमा घरेलु टोलीले पञ्जाबविरुद्ध १ सय ७२ रनको लक्ष्य तयार गरेको हो । लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रनको योगफल तयार […]

April 1, 2025

पञ्जाबले टस जित्यो

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा पञ्जाब किंग्सले लखनउ सुपर जायन्ट्सविरुद्ध टस जितेको छ । लखनउको घरेलु मैदान ऐकना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम टस जितेर पञ्जाबका कप्तान श्रेयस अय्यरले बलिङ रोजेका हुन् ।  पञ्जाब लगातार दोस्रो जितको खोजीमा रहेको छ । पञ्जाबले पहिलो खेलमा गुजरात टाइटन्सलाई उसकै मैदान अहमदाबादमा पराजित गरेको थियो । पञ्जाब २ अंकका […]

Success

Thank you for your time.