4 years ago
March 6, 2021
एजेन्सी – श्रीलंकाले दोस्रो टि२० आई खेलमा वेस्टइन्डिजलाई ४३ रनले पराजित गरेको छ । शनिबार विहान सम्पन्न खेलमा श्रीलंकाले सहज जित निकाल्दै तीन टि२० आई सिरिज १–१ को बराबरीमा पुर्याएको छ ।
जितको लागि १ सय ६१ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज १८.४ ओभरमा १ सय १७ रनमा अल आउट भयो । वेस्टइन्डिजका तल्लोक्रमका ओबेद म्याकोयले २३ र ओपनर लेन्डन सिमन्सले २१ रन बनाए । क्रिस गेल १६, निकोलस पुरन ८, काइरन पोलार्ड १३ र फकियन एलेन १२ रन बनाए ।
वेस्टइन्डिजलाई सस्तैमा समेट्न श्रीलंका स्पिनर वानिन्दु हसरंगाले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । अर्का स्पिनर लक्शान संदाकनले ३.४ ओभरमा १० रन खर्चेर ३ विकेट लिए । दुश्मन्था चामेराले २ विकेट लिए ।
त्यसअघि एन्टिगुआमा टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६० रन बनाएको थियो । श्रीलंका ओपनर दनुष्का गुणथिलाकाले ४२ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ५६ रनको योगदान दिए ।
अर्का ओपनर पाथुम निसान्काले २३ बलमा ४ चौका र १ छक्का सहित ३७ रन बनाए । कप्तान एन्जिलो म्याथ्युजले १३, एशेन बान्डाराले २१ र वानिन्दुले १९ रन बनाए । वेस्टइन्डिजका ड्वेन ब्राभोले २, ओबेद म्याकोय र जेसन होल्डरले १–१ विकेट लिए ।
पहिलो खेलमा वेस्टइन्डिज ४ विकेटले विजयी भएको थियो । तेस्रो खेल सोामबार बिहान हुने छ ।
April 1, 2025
एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलवार भएको खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्यो । लखनउले दिएको १ सय ७२ रनको लक्ष्य पञ्जाबले १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । पञ्जाबको जितमा ओपनर ओपनर […]
April 1, 2025
एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्सलाई मध्यम लक्ष्य दिएको छ । लखनउमा जारी खेलमा घरेलु टोलीले पञ्जाबविरुद्ध १ सय ७२ रनको लक्ष्य तयार गरेको हो । लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रनको योगफल तयार […]
April 1, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा पञ्जाब किंग्सले लखनउ सुपर जायन्ट्सविरुद्ध टस जितेको छ । लखनउको घरेलु मैदान ऐकना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम टस जितेर पञ्जाबका कप्तान श्रेयस अय्यरले बलिङ रोजेका हुन् । पञ्जाब लगातार दोस्रो जितको खोजीमा रहेको छ । पञ्जाबले पहिलो खेलमा गुजरात टाइटन्सलाई उसकै मैदान अहमदाबादमा पराजित गरेको थियो । पञ्जाब २ अंकका […]