4 years ago
March 6, 2021
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं मेयर कप–२०७७ एकदिवसिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदै छ । पाँच टोली सहभागी प्रतियोगिता उद्धघाटन खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल टियु मैदानमा ९:३० सुरु हुनेछ ।
आजनै मुलपानी मैदानमा बागमती प्रदेश र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने छ । राष्ट्रिय टोलीका खेलाडीको बाहुल्यता भएको यी चार टोलीको प्रर्दशन उच्च हुने अनुमान गरिएको छ ।
अघिल्लो महिना चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता फाइनलमा एपिएफलाई हराउँदै आर्मीले उपाधि जितेको थियो । आर्मीको कप्तानी विनोद भण्डारी र एपिएफको शरद भेषावकरले गर्ने छन् । आर्मीको टोलीमा आफ्ना प्रमुख तीन अलराउन्डर सोमपाल कामी, करण केसी र कुशल मल्ल टोलीमा फर्किदा झनै मजबुत बनेको छ ।
प्रधानमन्त्री कपको उपाधि र तीन प्रमुख खेलाडीको पूनरागमनले आर्मीको मनोबल उच्च छ । आर्मीलाई आफ्नो प्लेइङ ११ छान्ननै कठिन पर्ने देखिन्छ । प्रधानमन्त्री कपमा उत्कृष्ट प्रर्दशन गरेका तीव्र गतिका बलर जितेन्द्र मुखिया, विक्रम सोब मध्य एकले मौका पाउने सम्भावना छ ।
कुशल मल्लले ओपनिङ गर्ने सम्भावना छ । आर्मीले अनिल कुमार मण्डल वा राजु रिजाल मध्य एकलाई मौका दिने छ । विनोद भण्डारी र लोकेश बमले शीर्षक्रममा ब्याटिङ गर्न सक्छन् । युवा ब्याट्सम्यान रोहित कुमार पौडेल पछिल्लो समय खराब लयबाट गुज्रि रहेका छन् । उनलाई यस प्रतियोगितामा उच्च प्रर्दशन गर्न आवश्यक देखिन्छ । स्पिनरमा साहब आलम र सुशन भारीको जोडी पहिलो रोजाईमा खेल्ने छन् । यी स्पिनरले घरेलु क्रिकेटमा लगातार उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् ।
एपिएफले आफ्नो टोलीमा प्रधानमन्त्री कपबाट एकमात्र परिवर्तन गरेको छ । ओपनर रित गौतम चोटका कारण टोली बाहिर रहँदा यज्ञमान कुमाल आएका छन् । एपिएफको ओपनिङ सुबास खकुरेल र आसिफ शेखले गर्ने छन् । आसिफ राम्रो लयमा छन् । राम्रो सुरुवात गरि रहेका आसिफलाई ठूलो इनिङ खेल्न आवश्यक देखिन्छ । शरद भेषावकर शीर्षक्रम सम्हाल्दा सुमित मर्हजन, सन्दीप जोराले मध्यक्रम सम्हाल्ने छन् । एपिएफको तीव्र गतिको बलरमा अभिनाश बोहरा र कमलसिंह ऐरी प्रमुख हतियार हुन् । स्पिनरमा बसन्त रेग्मी र भुवन कार्की छन् ।
त्यस्तै मुलपानीमा पुलिस र बागमती प्रदेश भिड्ने छन् । पुलिसको मन्जित श्रेष्ठ र बागमतीको ज्ञानेन्द्र मल्लले कप्तानी गर्ने छन् । पुलिसका खेलाडीलाई जिम्मेवारीका साथ ठूलो इनिङ खेल्न आवश्यक देखिन्छ । अनिल शाह, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल र सुनिल धमला ब्याटिङ हतियार हुन् । धमला बागमतीका खेलाडीलाई टाउको दुखाई बन्न सक्छन् । आरिफ शेख भने चोटका कारण टोलीमा छैनन् । पुलिसको तीव्र गतिको बलिङ युनिट भने केहि कमजोर छ । प्रदेश २ बाट घरेलु क्रिकेट खेल्ने गुल्सन झा लाई पुलिसले पहिलो पटक समेटेको छ । तीव्र गतिको बलरमा गुल्सन र राशिद खान छन् । स्पिनरमा सागर ढकाल र ललित नारायण राजवंशी छन् ।
बागमतीका मुख्य हतियार पारस खड्का हुन् । पारसको प्रर्दशन निकै महत्वपूर्ण हुन्छ । प्रधानमन्त्री कप क्रिकेटमा बागमतीले पुलिसमाथि सहज जित निकालेको थियो । बागमतीका उपकप्तान पृथु बास्कोटा राम्रो लयमा छन् । ज्ञानेन्द्र मल्ललाई राम्रो प्रर्दशन गर्न आवश्यक छ । तीव्र गतिका बलरमा रामनरेश गिरी, गौतम केसी, दीपेश श्रेष्ठ, नन्दन यादव छन् । प्रधानमन्त्री कपमा नरहेका सोनु तामाङ र सोनु देवकोटा पनि बागमतीको टोलीमा छन् ।
April 1, 2025
एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलवार भएको खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्यो । लखनउले दिएको १ सय ७२ रनको लक्ष्य पञ्जाबले १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । पञ्जाबको जितमा ओपनर ओपनर […]
April 1, 2025
एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्सलाई मध्यम लक्ष्य दिएको छ । लखनउमा जारी खेलमा घरेलु टोलीले पञ्जाबविरुद्ध १ सय ७२ रनको लक्ष्य तयार गरेको हो । लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रनको योगफल तयार […]
April 1, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा पञ्जाब किंग्सले लखनउ सुपर जायन्ट्सविरुद्ध टस जितेको छ । लखनउको घरेलु मैदान ऐकना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम टस जितेर पञ्जाबका कप्तान श्रेयस अय्यरले बलिङ रोजेका हुन् । पञ्जाब लगातार दोस्रो जितको खोजीमा रहेको छ । पञ्जाबले पहिलो खेलमा गुजरात टाइटन्सलाई उसकै मैदान अहमदाबादमा पराजित गरेको थियो । पञ्जाब २ अंकका […]