4 years ago
March 5, 2021
एजेन्सी – युवा विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तको सानदार शतकसँगै भारतले इंग्ल्यान्डविरुद्ध चौथो टेष्टको पहिलो इनिङमा ८९ रनको अग्रता लिएको छ ।
दोस्रो दिनको समाप्तिमा भारत पहिलो इनिङमा ९४ ओभरमा ७ विकेट गुमाउँदै २ सय ९४ रन बनाएको छ । भारतका स्पिनर वासिन्टन सुन्दर १ सय १७ बलमा ८ चौका सहित ६० रन र अक्षर पटेल ११ रनमा अविजित छन् ।
ऋषभ पन्त १ सय १८ बलमा १३ चौका र २ छक्का सहित १ सय १ रनमा क्याच आउट भए । पन्तले इंग्ल्यान्डका कप्तान जो रुटलाई छक्का प्रहार गर्दै आफ्नो टेष्ट करिअरको तेस्रो शतक पूरा गरेका थिए । पन्त जेम्स एन्डरसनको ८५ औं ओभरको पहिलो बलमा रुटबाट समातिन पुगे । छैटौं विकेटका लागि पन्त र सुन्दरले १ सय १३ रनको उत्कृष्ट शतकीय साझेदारी गरेपछि भारतले अग्रता लिन सफल भएको हो ।
ओपनर रोहित शर्मा १ सय ४४ बलमा ७ चौका सहित ४९ रनमा एलबिडब्लू आउट भए । रोहितलाई बेन स्टोक्सले एलबिडब्लू आउट गरेका थिए । चेतेश्वर पुजारा १७, अजिक्या रहाणे २७ र रविचन्द्रन आश्विन १३ रनमा आउट भए । सुभमन गिल र कप्तान विराट कोहली शून्यमा आउट भएका थिए । इंग्ल्यान्डका जेम्स एन्डरसन, ज्याक लीच र बेन स्टोक्सले २–२ विकेट लिए ।
त्यसअघि नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस जितेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्ड पहिलो इनिङमा ७५.५ ओभरमा २ सय ५ रनमा अल आउट भएको थियो । इंग्ल्यान्डका अलराउन्डर बेन स्टोक्सले १ सय २१ बलमा ६ चौका र २ छक्का सहित सर्वाधिक ५५ रनको योगदान दिए । तल्लोक्रमका ब्याट्सम्यान ड्यान लरेन्सले ७४ बलमा ८ चौका सहित ४६ रन जोडे । जोनी बेयरस्टो २८ र ओली पोप २९ रनमा आउट भए । अन्य ब्याट्सम्यानको प्रर्दशन सम्झन लायक रहेन ।
स्पिनर अक्षर पटेलले छैटौं ओभरको दोस्रो बलमै सिब्लेलाई २ रनमा बोल्ड आउट गर्दै भारतलाई पहिलो सफलता दिलाएका थिए । अक्षरकै बलमा ठूलो सट खेल्ने धुनमा ज्याक क्रली ९ रनमा मोहम्मद सिराजबाट समातिन पुगे ।
१३ औं ओभरको पहिलो बलमा कप्ता जो रुटलाई मोहम्मद सिराजले ५ रनमा एलबिडब्लू आउट गर्दा इंग्ल्यान्ड ३०–३ को अवस्थामा पुगेको थियो । चौथो विकेटका लागि बेयरस्टो र स्टोक्सले ४८ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । बेयरस्टोलाई सिराजले एलबिडब्लू आउट गर्दै उक्त साझेदारी तोडे ।
बेयरस्टोले ६७ बलमा ६ चौका प्रहार गरे । पाँचौं विकेटका लागि स्टोक्सले ओली पोपसँग मिलेर ४३ रनको साझेदारी गरे । पोपलाई रविचन्द्रन आश्विनले सुभमन गिलबाट क्याच गराए । पोपले ८७ बल खेल्दै २ चौका प्रहार गरे ।
स्टोक्सलाई वासिन्टन सुन्दरले ४७ औं ओभरमा एलबिडब्लू आउट गरेपछि इंग्ल्यान्डको ठूलो योगफलको सम्भावना टाढिएको थियो । छैटौं विकेटका लागि पोपले लरेन्ससँग ४५ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । तर त्यसपछिका ब्याट्सम्यान मैदानमा टिक्न नसक्दा समस्तैमा समेटिएको हो ।
भारतका स्पिनर अक्षर पटेलले सर्वाधिक ४ विकेट लिए । रविचन्द्रन आश्विनले ३ र मोहम्मद सिराजले २ विकेट लिए । वासिन्टन सुन्दरको नाममा १ विकेट रह्यो । चार टेष्ट खेलको सिरिजमा भारतले २–१ को अग्रता लिएको छ ।
April 1, 2025
एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलवार भएको खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्यो । लखनउले दिएको १ सय ७२ रनको लक्ष्य पञ्जाबले १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । पञ्जाबको जितमा ओपनर ओपनर […]
April 1, 2025
एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्सलाई मध्यम लक्ष्य दिएको छ । लखनउमा जारी खेलमा घरेलु टोलीले पञ्जाबविरुद्ध १ सय ७२ रनको लक्ष्य तयार गरेको हो । लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रनको योगफल तयार […]
April 1, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा पञ्जाब किंग्सले लखनउ सुपर जायन्ट्सविरुद्ध टस जितेको छ । लखनउको घरेलु मैदान ऐकना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम टस जितेर पञ्जाबका कप्तान श्रेयस अय्यरले बलिङ रोजेका हुन् । पञ्जाब लगातार दोस्रो जितको खोजीमा रहेको छ । पञ्जाबले पहिलो खेलमा गुजरात टाइटन्सलाई उसकै मैदान अहमदाबादमा पराजित गरेको थियो । पञ्जाब २ अंकका […]