4 years ago
March 5, 2021
एजेन्सी – न्युजिल्यान्डसँगको चौथो टि२० आई खेलमा अष्ट्रेलिया ५० रनले विजयी भएको छ । योसँगै पाँच टि२० आई सिरिज २–२ को बराबरी अवस्थामा पुगेको छ ।
जितका लागि १ सय ५७ रनको विजयी पछ्याएको घरेलु टोली न्युजिल्यान्ड १८.५ ओभरमा १ सय ६ रनमा अल आउट भयो । न्युजिल्यान्डका तल्लोक्रमका काइल जामिसनले १८ बलमा ५ चौका सहित सर्वाधिक ३० रनको योगदान दिए । टिम सिफर्टले १९ र देभन कन्वे १७ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
कप्तान केन विलियम्सन ८, मार्टिन गुप्टिल ७, ग्लेन फिलिप्स १, जेम्स निसम र मिचेल सान्टनर ३–३ रनमा आउट भए । अष्ट्रेलिया तीव्र गतिका बलर केन रिचर्डसनले २.५ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । एस्टन अगर, एडम जाम्पा र ग्लेन म्याक्सवेलले २–२ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५६ रन बनाएको थियो । अष्ट्रेलिया कप्तान आरोन फिन्च ५५ बलमा ५ चौका र ४ छक्का सहित ७९ रनमा अविजित रहे । म्याथ्यु वेड १४, जोश फिलिपे १३, ग्लेन म्याक्सवेल १८ र मार्कस स्टोइनिस १९ रनमा आउट भए । न्युजिल्यान्डका स्पिनर ईश सोधीले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । ट्रेन्ट बोल्टले २ र मिचेल सान्टनरले १ विकेट लिए ।
पहिलो र दोस्रो टि२० खेलमा न्युजिल्यान्ड ५३ रन र ४ रनले विजयी भएको थियो । तेस्रो खेलमा अष्ट्रेलिया ६४ रनले विजयी भएको थियो । पाँचौं तथा निर्णाक खेल आइतबार हुने छ ।
April 1, 2025
एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलवार भएको खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्यो । लखनउले दिएको १ सय ७२ रनको लक्ष्य पञ्जाबले १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । पञ्जाबको जितमा ओपनर ओपनर […]
April 1, 2025
एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्सलाई मध्यम लक्ष्य दिएको छ । लखनउमा जारी खेलमा घरेलु टोलीले पञ्जाबविरुद्ध १ सय ७२ रनको लक्ष्य तयार गरेको हो । लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रनको योगफल तयार […]
April 1, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा पञ्जाब किंग्सले लखनउ सुपर जायन्ट्सविरुद्ध टस जितेको छ । लखनउको घरेलु मैदान ऐकना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम टस जितेर पञ्जाबका कप्तान श्रेयस अय्यरले बलिङ रोजेका हुन् । पञ्जाब लगातार दोस्रो जितको खोजीमा रहेको छ । पञ्जाबले पहिलो खेलमा गुजरात टाइटन्सलाई उसकै मैदान अहमदाबादमा पराजित गरेको थियो । पञ्जाब २ अंकका […]